डा. बालकृष्ण शर्माले डन नेपालमा आएको खबरलाई यसरी प्रक्रिया दिनुभयो

डन नेपाल वेबसाइटमा प्रकाशित समाचारः चर्च अफ स्कटल्याण्डले वाम गठबन्धनलाई दियो ९५ कोरोड चुनावी खर्च यस्तो छ खतरनाक डिल [https://donnepal.com/…/%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%…/…

भनिने खबरले मेरो ध्यान आकर्षण गरेको छ । यस समाचारमा उल्लिखित यो पैसाको डिल र नेपालको ख्रीष्टियानिटीलाई जोडेको कुराप्रति म खेद प्रकट गर्न चाहन्छु । यदि चर्च अफ स्कटल्याण्डले चुनावी उद्देश्यका लागि यो रकम सम्बन्धित पार्टीहरूलाई दिएको हो भने चर्च अफ स्कटल्याइण्डले गम्भिर भूल गरेको छ र ख्रीष्टियानको हैसियतले त्यो डिलप्रति मेरो असहमति र खेद छ । यदि यसरी पैसा दिएको होइन भने यो समाचार लेख्ने डन नेपाललाई कार्यवाही गरिनुपर्छ र यस्तो भ्रमात्मक समाचार लेखी ख्रीष्टियानहरुलाई पनि यसमा मुछेकोमा नेपालका ख्रीष्टियानहरुसँग माफ माग्नुपर्छ । कसैलाई पैसा दिएर हामीलाई धर्म निरपेक्षता चाहिएको छैन । यो त मानव अधिकारकारको एक अभिन्न अङ्ग हो । ख्रीष्टियान लगायत सम्पूर्ण धर्मालम्बीहरुले आफ्नो धार्मिक आस्थालाई अभ्यास गर्न पाउने पूर्ण स्वतन्त्रता छ ।यदि चर्च अफ स्कटल्याण्डलाई आरोप लगाइ यो खबर लेखिएको हो भने चर्च अफ स्कटल्याण्डले कार्यवाही गरी आफ्नो पक्षमा सफाइ दिनुपर्छ । सत्य तथ्य के हो नेपाल सरकारले यस विषयमा हामीलाई सही जानकारी दिनुपर्छ । नेपालका ख्रीष्टियानहरुलाई कसैले दया गरेर धर्म निरपेक्षता दिनु आवश्यक छैन । अठारौं सताब्दीदेखि नेपालमा रहेको चर्च रहनेछ र अझै यो तीब्र रुपमा बढ्नेछ । पञ्चायत कालमा चर्च माथि दिएको सतावटले चर्च घटेन तर चिन्ह र आश्चर्यकर्मद्वारा बढ्दैगयो । अहिले हामीले पाएको स्वतन्त्रता परमेश्वरले दिनुभएको हो र हामी परमेश्वरमा जहिले पनि स्वतन्त्र छौँ । त्यसैले यस खबरको विषयमा सत्य तथ्य हामीलाई चाहिएको छ । अनावश्यक किसिमले गलत नियत लिएर ख्रीष्टियानहरुको अपमान गर्नका लागि कसैसँग पनि अधिकार छैन । येशू ख्रीष्टमा विश्वास गर्न पाउने हाम्रो आस्थामाथि कसैले प्रश्न गर्न पाउने अधिकार पनि छैन । प्रत्येक व्यक्तिले आफूले चाहेको कुरामा आस्था राख्नसक्छ । चर्क अफ स्कटल्याण्डलाई मेरो अनुरोध छ कि तपाईंले के गर्नु भयो वा भएन इमानदारीसाथ आफ्नो भनाइ नेपाली जनताका सामु सार्ववजनिक गरिदिनुहोस् भन्ने हाम्रा अनुरोध छ । धन्यवाद ।

Related Articles

Back to top button