व्यवस्था र अनुग्रह (भाग–२)

किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रुप होइन, तर तिनको छाया मात्र हो (हिब्रू १०ः१) पुरानो करारमा, इस्राएलीहरूको जीवनमा घटेको सबै घटनाहरू मण्डलीको आत्मिक जीवनमा घटने घटनाहरूको शरीरिक तस्बिर हुन् ।
पुरानो करारमा मानिसहरू व्यवस्थाको नियम भित्र थिए र ती नियमहरू आउनेवाला उत्तम कुराको छाया हो भनेर हिब्रूका लेखक भन्छन् ।
हामी छायामा होइन तर अस्तित्वमा विश्वास गर्छाैं । व्यवस्थाको नियम धेरै मात्रमा एउटा व्यक्तिको बानी व्यवहार माथि केन्द्रित
छ । यसले धर्मी ठहरिनुको निम्ति एउटा सम्पूर्ण सुचि तयार पार्दछ अनि यसको सर्त यो राखिएको छ कि यदि ती नियमहरूमा सबै पालन गरेर एउटामा मात्र चुक्यो भने त्यो सबै कुरामा दोषी ठहर्छ (याकुब २ः१०) ।
अनुग्रह (Grace) भनेको के हो ?
ग्रीक भाषामा अनुग्रहलाई ‘खरिश’ (Kharish) शव्द प्रयोग गरिएको छ ।
अंग्रेजीमा बल Merited favour भन्ने अर्थ लाग्ने यो ‘अनुग्रह’ शव्दले, कृपा वा दयाको योग्यता नभएको व्यक्तिले त्यो कृपा वा दया पाउनु हो ।
अनुग्रह (Grace) वास्तवमा दया (kind), कृपा (Mercy) भन्दा पनि माथिल्लो स्तरको वास्ता हो । अनुग्रहको परिभाषा दिनलाई यहाँ एउटा घटनाबाट उदाहरण प्रस्तुत गर्दछु । कुनै एउटा परिवारमा वृद्ध आमा–बाबाको एउटै छोरा हुन्छ । तर एकदिन एकजना दुष्ट व्यक्तिले बिनाकारण उनीहरूको त्यो छोराको हत्या गरिदिन्छ ।
बिचार गर्नुहोस…
ती वृद्ध आमा(बाबाले त्यो दुष्ट व्यक्तिलाई के गर्छन् होला ??? उनीहरूको अगाडि तीनवटा विकल्प छ । पहिलो, उनीहरूले पुलिस र कानुनको सहारा लिन्छन् र त्यस दुष्ट व्यक्तिलाई झ्यालखानामा हालिदिन्छन् । दोस्रो, उनीहरूले त्यस हत्यारासँग आÇनो छोराको निम्ति बदला लिन्छन् । तेस्रो,‌ उनीहरूले आÇनोे छोराको हत्यागर्ने दुष्ट मान्छेलाई क्षमा गरिदिन्छन् । प्राय सबैजनाले यस्तो परिस्थितिमा यी तीन मध्येमा कुनै एउटा विकल्प अपनाउँछन् । तर ती वृद्ध आमा–बाबाले के गर्छन्, थाह छ ??? उनीहरूले आफ्नो छोराको हत्या गर्ने त्यो दुष्ट व्यक्तिलाई आफ्नो घरमा ल्याउँछन्, आफ्नै छोरालाई जस्तै त्यस व्यक्तिलाई माया गर्छन् त्यति मात्र होइन उनीहरूले त्यस व्यक्तिलाई
आफ्नो छोराको स्थानमा राख्छन्, छोराको जे जति कुराहरू थियो त्यो सबै उनीहरूले त्यस व्यक्तिलाई नै दिए र आफ्नो छोराको नाउँमा भएको सबै सम्पत्ति पनि त्यहि व्यक्तिलाई दिए…
कसैले यस्तो गर्नसक्छ ???
सायद हामी सबैको उत्तर यहि हुन्छ, ‘हामी कदापि यस्तो गर्न सक्दैनौं ।’ सायद हामीले गर्न सकेको ठूलो कुरा क्षमा हुन सक्छ तर ती बृद्ध आमा–बाबाले आफ्नो छोराको हत्या गर्ने व्यत्तिलाई क्षमा भन्दा धेरै माथिको त्यो कृपा र आफ्नोपन देखाए जुन कुराको त्यो व्यक्ति कदापि योग्य थिएन अनि त्यसलाई अनुग्रह् भन्न सकिन्छ ।
परमेश्वरले हामीलाई जुन अनुग्रह दिनुभएको छ त्यो अनुग्रह त्यो दुष्ट हत्यारालाई बृद्ध आमा–बाबाले दिएको माया र वास्ता हो । अवश्य हामी त्यसो गर्न सक्दैनौं तर प्रभु येशूले गर्नुभयो ।
हाल्लेलुयाह ¤
सुसमचारको पुस्तकहरूमा हे¥यौ भने थाह लाग्छ, प्रभु येशूले सबैजनालाई आफ्नो महान् अनुग्रहको देखाउनु भयो । उहाँले कतै पनि व्यवस्थाको आधारमा न्याय गर्नुभएको छैन जब कि विरोधीहरूले हरेक पल्ट उहाँलाई व्यवस्थाको आधारमा परिक्षा गर्न खोजेका छन् ।
उदाहरणस्वरुप हामी हेर्न सक्छौ, व्यभिचारमा‌ पक्राउ परिएकी स्त्री (यूहन्ना ८) । त्यस घटनामा मानिसहरूले व्यवस्थाको आधारमा त्यो स्त्रीलाई न्याय गर्न खोजिरहेका थिए । अनि व्यवस्थाको नियमअनुसार त्यो स्त्री मर्नु पथ्र्यो किनभने त्यो स्त्री व्यभिचार गर्दागर्दै पक्राऊ परेकी थिई र यस्तो अपराधको निम्ति व्यवस्थाको नियमअनुसार, शहर बाहिर लगेर ढुंगाले हानेर मार्नु पथ्र्यो (लेवि २०ः१०, व्य। २२ः२२–२४) ।
तर उक्त घटनामा त्यो स्त्री बाँचेकी छ कसरी ??? केवल उहाँको अनुग्रहले मात्र । हामी यस्ता थुप्रै उदाहरणहरू प्रभु येशूको
सेवामा पाउछौ ।
हामी अनुग्रहमा जिउदै छौं की व्यवस्थामा ??? यो एउटा जटिल प्रशन हो । यदि व्यवस्थालाई प्रभु येशूले पुरा गरिदिनुभयो र हाम्रो निम्ति अनुग्रहको ढोका खोलिएको छ भने किन चाहिँ यो विषयलाई मुद्धा बनाएको भने वर्तमान समयमा पनि धेरै
मण्डलीमा मानिसहरू अनुग्रहमा होइन तर व्यवस्थाभित्र बाँचिरहेका छन् । प्रभु येशूले भन्नुभएको, उडन्ता पुत्रको दृष्टान्तमा हामी यसको उदाहरण पाउछौं । त्यस दृष्टान्तमा, कान्छा भाई अनुग्रहमा जीउने मानिसको एउटा तस्बिर हो र जेठा भाई व्यवस्थामा जीउने मानिसको तस्बिर हो । अनुग्रही पिताले दुवैजना छोरालाई आफ्नो कृपा देखाउनु भएको थियो । कान्छा छोराले धेरै अधर्म गरेता पनि पिताको अनुग्रहमा तिनले त्यही स्थान पाउन सक्यो जसको उ योग्य थिएन । तर जेठा छोरा सधँै आफ्नो पितासँग थियो हेर्दा उ देखिन्छ तर अयोग्य भाईले पिताको अनुग्रह पाउदा दाज्यु इष्र्याले भरियो । दुःखको कुरा उसले पिताको आज्ञा पालन गरिरहेको थियो, काम गरिरहेको थियो तर त्यो सब उसले पिताको ध्यान आकर्षण गर्न, खुसी तुल्याउन र‌ आफ्नोपन कमाउनको निम्ति मात्र गरिरहेको थियो यसैकारण उसले आफुलाई भाईसँग तुलना गरेर भन्यो, “मैले‌ त सधै तपाईको सेवा गरिरहेको छु कहिले आज्ञा उल्लङ्गन गरिन तर तपाईले मलाई आफ्नो मित्रहरूसँग आनन्द मनाउन एउटा बाख्राको पाठो पनि कहिल्यै दिनु भएन तर तपाईको सम्पत्ति वेश्याहरूसित उडाउने यो तपाईको छोरो आउँदा चाहिँ तपाईंले पालिराखेको मोटो बाछा त्यसको निम्ति मार्नुभयो”(लूका १५ः२९) ।
आज मण्डलीमा यही दुई प्रकारको मनोवृति भएका मानिसहरूलाई पाउदछौं । यदि हामी जेठा छोराको जस्तो सोच लिएर काम गर्छौं भने हामी ती इस्राएलीहरू जस्तै छौ जोहरूले र्धािमकतालाई कामबाट पाउन खोजे जब की अन्यजातिहरूले त्यो र्धािमकतालाई विश्वासद्वारा अनुग्रहबाट पाए । (रोमी १०ः३०)
म एक अगुवा भएको कारण यो ठान्दछु की मण्डलीमा नियम र परम्पराको तालिका झुण्डाएर हामी मान्छेलाई बदलाउन सक्दैनौं । संसारमा त्यही परम्परा, यो गर त्यो नगर, यो खा त्यो नखा इत्यादिबाट मान्छेको बानी व्यवहारलाई मात्र न्याय गर्न थाल्यौ भने मान्छे मण्डलीमा आएर पनि परिवर्तन हुन सक्दैन । यो सबै त एउटा छाया मात्र हो तर हामी अस्तित्वमा‌ जीउनुहो भने मान्छेको समस्याको जरालाई केलाउनु पर्छ ।
मलाई लाग्छ समस्या चाहिँ मान्छेको आदत वा बानी होइन तर समस्याचाहिँ उनीहरूले उहाँको अनुग्रहमा जीउन नपाउनु हो (हिब्रू १२ः१५) । हामीले मानिसहरूलाई मण्डलीको नियम, सिद्धान्त र परम्परा होइन तर येशू दिनु सक्नुपर्छ । मानिसको चरित्रलाई बद्लाउने क्षमता नियम कानुन (व्यवस्था) मा होइन तर येशूको अनुग्रहमा छ । यसको एउटा ज्वलन्त उदाहरण जक्कै हो । जक्कैलाई मानिसहरूको आलोचना‌ र दुरव्यवहारले धेरै कठोर बनाएको थियो । तिनको चरित्रलाई व्यवस्थाको नियम र समाजको परम्पराले बदलाउन सकेको थिएन । तर एक दिन प्रभु येशू जक्कैको घरमा‌ आउनुभयो । बाइबलमा हामीलाई यो घटना थाह छ ।‌ त्यहाँ येशूले जक्कैको चरित्रलाई बदलाउन कुनै लामो धर्मको प्रवचन दिएर वा व्यवस्थाको डर देखाएर न्याय गर्नु भएन । तर जक्कैको समस्या जहाँ थियो त्यही नै येशूले जक्कैलाई भेट्नुभयो । वास्तवमा जक्कैको हृदयले जुन कुरा खोजिरहेको थियो त्यही कुरा येशूले जक्कैलाई दिनुभयो । त्योचाहिँ उहाँको अनुग्रह थियो । अचम्मको कुरा जक्कैले आफ्नो गल्ती स्वीकार ग¥यो र उसले लुटेका सबै धनहरू चारगुणा फिर्ता गर्ने र आफ्नो सम्पत्तिको आधा भाग नै गरीवहरूलाई दिने प्रतिज्ञा ग¥यो । जुन कुरा येशूले गर्नु भनेर आज्ञा गरेको होइन तर उहाँको अनुग्रहले जक्कैमा त्यो परिवर्तन आएको
थियो (लूका १९ः१–१०) ।
हाल्लेलुयाह ¤ हिब्रूका लेखक भन्छन्, “…साहससँग हामी परमेश्वरको अनुग्रहको सिंहासन‌ नजीक जाऔं” (हिब्रू ४ः१६) । हाम्रो परमेश्वर अधर्मको दण्ड दिने न्यायी परमेश्वर मात्र हुनुहुन्न तर उहाँ हामीलाई अनुग्रह गर्ने परमेश्वर पनि हुनुहुन्छ (योएल २ः१३) । आमिन

–पाष्टर बिमल छेत्री
रिम्बिक, दार्जिलिंग

Related Articles

Back to top button