मेरो आँखाबाट आँसु झर्यो, रून मन लाग्यो, र रोएँ…

म धनराज घिमिरे हुँ । म भुटानिज् नेपाली हुँ । हाल म अष्टेलियमा स्थायीरूपमा वसोवास गर्छु । मेरो श्रीमती र ३ जना छोरीहरू
छन् । म तपार्र्इंंसँग प्रभु पाउनु भन्दा अगाडिको मेरो जीवन कस्तो थियो ? यो पुस्तकमार्पmत बताउन चाहन्छु । मेरो जीवन प्रभु नपाउदा साँच्चै नै अस्त—व्यस्त नै थियो । भनाँै कहाली लाग्दो नै थियो । म अत्याधिक लागूपदार्थ सेवन गर्थें । मलाई लागू पदार्थ सेवन नगरी म बस्न सक्दिन थिएँ, किनकि मलाई डर लाग्थ्यो । जब म लागू पदार्थ खान्थें, तब मलाई डर हट्थ्यो साथै आनन्द लाग्थ्यो ।

कति संस्थाहरू (UNICER, TPO, HAPPY NEPAL) ले Counseling पनि गरे र पनि केही भएन । २ पटक रिह्यापमा पनि बसें, त्यहाँ बसिन्जेल सम्म ठीक हुन्थें ।
फेरि घरमा आयो, कि म नखाइ नसक्ने हुन्थें । म रातको ११ बजे होस् या १२ बजे होस् बेहोस् अवस्थामा सुतेको ठाउँबाट उठेर हिड्थें । मलाई मर्न मन लाग्थ्यो, कति पटक त डोरी बोकेर मर्न हिडें । मेरो स्वयम् र कसैको पनि माया लाग्दैनथ्यो । म लाचार भएर हिड्थें । मेरो आÇनै जीवनदेखि मलाई वाक्क लाग्थ्यो । जे कुरा मेरो अगाडि आए पनि मलाई घृणा लाग्थ्यो ।
केही पनि राम्रो लाग्दैनथ्यो, तर मेरी श्रीमती जमुनाले डोरी खोसेर राखिन् । म त्यस्तो लागू पदार्थ खाने दुःख दिने नराम्रो श्रीमान््् भएता पनि मेरो श्रीमती कहिल्यै रिसाउने, झर्किने, गन्गनाउने गरिनन् । मेरो वास्ता गरि नै रहिन् । मलाई प्रेम गरि नै रहिन् …š¤

मलाई I.O.M बाट हप्तैपिछे औषधीहरू दिन्थें, तर त्यो औषधीले मलाई केही हँुदैनथ्यो । त्यो लागूपदार्थ मैले खानै पर्ने, मेरो बाँच्ने एकमात्र साहरा थियो । मैले प्रभुलाई नपाएको भए मेरो जीवनमा पूर्ण विराम लागिसक्थ्यो होला । प्रभुको कस्तो महान् योजना
रहेछ । अहिले म सम्झिन्छु, त्यस समयमा प्रभु कति दुखित हुनु भएको थियो । मेरो खातिर कति रूनुभयो होला …¤

एकदिनको कुरो हो यही बेलडा∙ीे फेत पेन्टिकोष्टल मण्डलीको पास्टर जेम्स राईका मगरसँग भेटभयो, उहाँले घरमा लग्नुभयो । त्यहाँबाट म हिँड्नै लागेको थिए, तर पास्टरनी आमाले मलाई भन्नुभयो, “भाइ एकछिन तातो पानी त खाएर जानुहोस् ।” त्यसपछि म बसें ।

मलाई पाष्टर बुबाले सुसमाचार सुनाउनुभयो, र एक्कासि कताकता आशा पलाएर आयो । कहिल्यै नसुनेको सुसमाचार सुन्न पाएँ । येशूको बारेमा भन्नुभयो, “उहाँमा उद्धार, मुक्ति, शान्ति, आनन्द, प्रशस्त र अन्नत जीवन छ ।”

त्यसपछि मेरो आँखाबाट आँसु झर्यो, रून मन लाग्यो, र रोएँ…। मलाई प्रेम र वास्ता गर्ने कोही पनि छैन, भनेर सोचेको थिएँ, तर सुसमाचार सुनेपछि त मेरो मनमा अर्कै अनुभव भयो । मलाई पनि माया गर्ने कोही रहेछ । मलाई जीवन दिने कोही रहेछ, जस्तो लाग्यो । त्यसपछि पास्टर बुबाले मलाई सोध्नुभयो, “भाइ `! के तपार्इंं प्रभुलाई ग्रहण गर्नुहुन्छ ?” मैले भने, “गर्छु …।” त्यसै बेला मैले प्रभुलाई “मेरो प्रभु र मेरो मुक्तिदाता” भनी व्यक्तिगतरूपमा स्वीकार गरें ।

म घर फर्के । खुशी हुँदै मैले मेरी श्रीमती जमुनालाई यो कुराहरू सबै बताएँ । उनले मलाई विश्वासै गरिनन् र उनले भनीन्, “तपार्इंं चुपचाप बस्नुहोस् न ।” साँझमा, पास्टर बुबाको फोन नम्बर सम्झें । जमुनालाई फोन गरेर बोलाउन लगाएँ । तुरून्तै पास्टर बुबा र उहाँको श्रीमती मेरो घरमा आउनु भयो र मेरो लागि प्रार्थना गरिदिनु भयो । पास्टर बुबाले भन्नुभयो, “भाइ ¤ अब तपार्इंंले कुनै पनि औषधीहरू खानु पर्दैन ।” साँच्चै नै जस्तो पास्टर बुबाले भन्नु भएको थियो । त्यो दिनदेखि यता मैले त्यो कुनै पनि औषधी खानु परेको छैन । क्ष्।इ।ः बाट दिएको सबै औषधीहरू फालिदिएँ ।

मेरो वर्षाैं वर्षको बोझ र भारीहरू त्यो दिनदेखि हटेर गयो । त्यो जिन्सीहरू जुन मेरो बाँच्नको लागि साहरा थियो । अहिले त्यो मलाई हेर्न पनि मन लाग्दैन । त्यो बन्धनबाट मलाई प्रभुले छुटकारा दिनुभएको छ । मलाई प्रभुले शुद्व पार्नु भएको छ । म पहिला अशुद्व थिएँ । समाजले घृणा गर्थे । आफन्तले मन पराउँदैनथ्यो । एक नराम्रो, र एक खराब व्यक्तिमा चुनिएको थिएँ । मानिसहरू मलाई देख्यो, कि मुन्टो बटार्थे ।

अहिले प्रभु येशूले मेरो सारा बोझहरू उठाउनु भएको छ । मेरो पापहरू सबै क्षमा गरिदिनु भएको छ । मलाई नयाँ र अनन्त जीवन दिनुभएको छ । यसरी मेरो जीवनमा परिवर्तन आयो । अहिले म सम्झँदा जसरी झुसिल्कीराबाट एउटा सुन्दर पुतली बन्छ, त्यस्तै मेरो जीवन पनि त्यो झुसिल्कीरालाई कसैले मन पराउँदैन । त्यो किरासँग सबै डराउँछन् । त्यस्तै नै मेरो जीवन थियो, तर अहिले म पुतली जस्तै भएको छु । मलाई सबैले मन पराउँछन् । मान्छन्, आदर र सम्मान गर्छन् । अहिले प्रभुले मलाई मूल्यवान् बनाउनुभयो ।

अहिले म साँच्चै नै खुशी छु । प्रभु येशूलाई सारा ह्दयदेखि नै धन्यवाद दिन चाहन्छु, कि मेरो परिवारमा पनि खुशी छाएको छ । पहिला त बिचरी उनी पनि मेरो खातिर कति चिन्तामा थिइन् । छोरीहरू पनि चिन्तामा हुन्थे ।

हामी निरन्तर मण्डली जान थाल्यांै । केही महीनापछि नै बप्तिस्मा पनि लियौं । नियमित सङ्कतिहरूमा सहभागिता हुन्छौं । मैले टै«नि·हरू र सेमिनारहरूमा सहभागिता हुने मौका पाइसकेको छु । अहिले त सेमिनार र कार्यक्रमको बारेमा सुन्नासाथ जान मन लाग्छ, र
जान्छु ।

प्रभुले मेरो जीवनमा धेरै भन्दा धेरै आशिष्हरू दिनु भएको छ । म गन्न पनि
सक्दिन । कहिल्यै काही यसो बसेर सोच्छु, त्यो पहिलाको मेरो जीवनलाई फर्केर हेर्छु ।
परमेश्वरको प्रेमलाई महशुस गर्दछु । उहाँको अनुग्रह मेरो निम्ति प्रयाप्त छ । प्रभु येशूलाई धेरै धन्यवाद होस् ।

Related Articles

Back to top button