ख्रीष्टमस र परमेश्वरको प्रेम

– पा. पीटर कमलेश्वर सिंह

 

डिसेम्बर २५ का दिन विश्वव्यापी रूपमा ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ । नेपालको परिपेक्षमा मण्डलीको आरम्भसँगै हर्षोल्लासका साथ यहाँ पनि प्रत्येक वर्ष अरु देशहरूमा जस्तै ख्रीष्टमस मानउन आरम्भ भएको हो । समय बित्दै जाँदा ख्रीष्टमस मनाउने चलन पनि व्यापक हुँदै गईरहेको छ र वर्तमानमा यो मण्डली वा विश्वासी समुदायमा मात्रै सिमित रहेको छैन । प्रभु येशूमा व्यक्तिगतरूपमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस मनाई रहेका देखिन्छन् । विभिन्न तारे होटलहरुमा यो प्रचलन पहिले देखिनै थियो । पश्चिमी देशहरूमा त अक्टोबर महिना देखिनै ख्रीष्टमसको चहलपहल आरम्भ भईसकेको हुन्छ । मुख्य व्यापारिक केन्द्रहरू विशेष किसिमले सजाइएका हुन्छन् र स्कूल कलेजहरूमा लामो बिदा दिइएको हुन्छ । सैयौं वर्षदेखि चलिआएको प्रचलनअनुसार यो विशेष चाडको रूपमा मनाइन्छ । कति स्थानमा अत्यधिक मदिरा सेवनले गर्दा ख्रीष्टमसको दिन वर्षको सर्र्वािधक दुर्घटना हुने दिनमा पनि परिणत हुने गरेको छ ।

मानिसको स्वभावअनुसार सबैकुरा संसारिक दृष्टीकोणले हेर्ने बानी रहेकोले ख्रीष्टमसलाई पनि एउटा चाडको रूप दिने र सो अवसरमा खान, पीन गर्दै मोजमज्जा गरेर बिताउने प्रचलन बढ्दै गईरहेको देखिन्छ । प्रभु येशूको जन्म परमेश्वरको इच्छा र योजनाअनुसार भए पनि यस अवसरलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा कुरीतिले स्थान पाउंदै गईरहेकोले यसको वास्तविक महत्व हराउँदै गईरहेको भान हुन्छ । यसैकारण यस लेखावटमा प्रभु येशू ख्रीष्टको जन्मको उद्देश्य केलाउने प्रयास गरिएको छ ।

पृष्टभूमि

प्रभु येशूको जन्म आज भन्दा २००० वर्ष अघि इस्राएल देशको यरूशलेम शहरनजिकै बेतलेहेम गाउँमा रहेको एउटा गोठभित्र भएको थियो । बाइबल धर्मशास्त्रको नयाँ नियममा मत्ती रचित सुसमाचार र लूका रचित सुसमाचारका पुस्तकहरूमा उहाँको जन्मको विस्तृत विवरण दिइएका छन् ।

पुरानो नियमको अन्तिम पुस्तक, मलाकी अगमवक्ताको पुस्तक लेखिए पछि नयाँ नियमको पहिलो पुस्तक मत्ती रचित सुसमाचारको आरम्भ सम्मको ४०० वर्षको अन्तरालमा इस्राएल जाति वा यहूदीहरूको बीचमा परमेश्वरको कुनै पनि लिखित वा मौखिक सन्देश प्राप्त भएन । पुरानो नियमका ठूला साना अगमवक्ताद्वारा मसीह वा ख्रीष्टको आगमनसम्बन्धि गरिएका विभिन्न अगमवाणीहरू पूर्ण हुने आशा गरेर परमेश्वरका लोगहरू पर्खि बसेका थिए । यसकारण एक मात्र जीवित परमेश्वरमा विश्वास गर्ने यहूदी जातिमा यो एउटा ठूलो आत्मिक सुखापनको समय थियो ।

जातिगत आधारमा मानव जातिलाई दुई श्रेणीमा वर्गीकरण गरिन्छ । यहूदी र गैर यहूदी (व्भधक ७ न्भलतष्भिक) वा अन्य जाति । गैरयहूदी वा अन्यजाति समुदायमा इतिहास आÇनै गतिले अगाडि बढीरहेको थियो । एसिरियन र त्यसपछि बेबिलोनको शासनको उत्थान र पतनपछि रोमी साम्राज्यको उदय भयो र यूरोपका साथै एसियाको अधिकांश देशमा रोमले शासन गरीरहेको थियो । यसै बीच बुद्ध जन्मेका ५०० वर्ष बितिसकेको र अधिकांश एसियन देशहरूमा बौद्ध धर्मको प्रचार प्रसार भईसकेको थियो । आखिरमा परमेश्वरले आÇना अगमवक्ताहरूद्वारा बोल्नु भएको वचन र गर्नु भएका प्रतिज्ञाहरू पूर्ण हुने समय आइपुगेको थियो ।

प्रभु येशूको जन्मको उद्देश्य

येशूको जन्मको उद्देश्यलाई हामीले विभिन्न दृष्टिकोणले हेर्न सक्छौँ । तर सवभन्दा उपयुक्त दृष्टिकोण परमेश्वरको दृष्टिकोण हुन्छ किनभने यस योजनाको योजनाकार उहाँ स्वयम् नै हुनुहुन्छ । उहाँको दृष्टिकोण उहाँको वचन अर्थात बाइबल धर्मशास्त्रमा उल्लेखित छ । हामी लूका रचित सुसमाचारको केही पदहरू हेर्ने छौँ । स्वर्गदूतले तिनीहरूलाई भने, ‘‘नडराउ किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरूलाई चिन्हचाहिँ यो हुनेछ । तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौँ ।”’’
तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ,
तिनीहरूलाई शान्ति (लुका २ः१०–१४) ।

स्वर्गदूतहरू परमेश्वरका विशेष दूतहरू हुन् जसको काम कर्तव्य मध्ये परमेश्वरको विशेष सन्देश मानिसलाई दिने हो । यसकारण बालकको रूपमा येशूको जन्म हुँदा स्वर्गदूतहरूको सक्रियतामा निकै वृद्धि भएको देखिन्छ र माथि उल्लेखित पदहरूमा परमेश्वरले गोठालाहरूलाई येशूको जन्मको उद्देश्यसहितको समाचार सुनाउन स्वर्गदूतहरुलाई पठाउनु भएको थियो ।

उपरोक्त पदहरूको विश्लेषण गर्दा हामी निम्नलेखित विशेष कुराहरू उल्लेख भएको भेट्टाउँछौं ।

१. सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ ।
२. यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ ।
३. पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलापमा (शान्ति) आउनेछन् ।

१. सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ ।

मुक्ति भनेको के हो? यस तथ्यलाई बुझ्यौँ भने मुक्तिदाताको महत्व र आवश्यकता बुझ्न पनि सजिलो हुन्छ । सृष्टिको आरम्भमा पहिलो व्यक्ति आदम र उनकी श्रीमतीको रूपमा आदमकै कर·बाट बनाइएकी पहिली स्त्री हव्वाले परमेश्वरको आज्ञा उल्लंघन गरेको कारण पाप गरे र मृत्युको अधिनमा परे । यसको फलस्वरूप सम्पूर्ण मानव जातिमा (जो आदमका सन्तान ), पाप र मृत्यु व्याप्त भयो । रोमी ५ः१२ मा उल्लेख गरिए अनुसार, ‘‘एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु ।’’ यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो”। यसैले मानिसको रूपमा पाप गर्ने हाम्रो स्वभाव भएको छ । हामीले पाप गरेको कारण पापी ठहर्याइएका होइनौँ तर पापी स्वभाव भएको कारण पाप गर्न बाध्य हुन्छौँ । परमेश्वरको इच्छा सम्पूर्ण मानव जातिको लागि के हो भने प्रभु येशूमा विश्वास गरेर हामीले गरेका पापहरूबाट क्षमा पाउनु र पाप स्वभावबाट पनि मुक्त हुन सकौं । यसैकारण प्रभु येशू यस संसारमा उद्धारकर्ता वा मुक्तिदाताको रूपमा आउनु भएको हो । जो उहाँले आÇनो मृत्युद्वारा पूर्ण गर्नु भयो । जस्तो कि बाइबल धर्मशास्त्रमा लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५ः८)। पापको कारणले परमेश्वरबाट टाढिएको मानव जाति प्रभु येशूको जन्म र मृत्युको कारण परमेश्वरसित मिलापमा आउन सम्भव भएको छ । मानव जातिको लागि यही आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरू आएका थिए ।

२. यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ ।

सृष्टिको मुख्य योजनाकारको रूपमा मानिसको लागि आरम्भमा परमेश्वरको योजना थियो, मानिसलाई आÇनै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून”। यसैकारण परमेश्वरले मानिसलाई आÇनै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । (उत्पत्ति १ ः२६–२७)
र मानिसलाई सोही अनुरूप सृष्टि गरिएको कुरा उपरोक्त पदहरूमा उल्लेख गरीएको छ । यहाँनिर दुष्ट या शैतानको उल्लेख्य भूमिका
छ । किनभने परमेश्वरले दिनु भएका आज्ञाहरू तोडेर मानिसलाई पाप र मृत्युको अधिनतामा ल्याउन उसैले छल गरेको छ । यो घटना विस्तारमा हेरे राम्रो हुन्थ्यो तर यस लेखोटमा सम्भव देखिंदैन । यसमा महत्वपूर्ण कुरा के छ भने पापको कारण मानवजाति र परमेश्वरको बीचमा भय र अविश्वासको खाडल खन्न शैतान सफल भएको देखिन्छ । तर परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जो आरम्भबाट नै अन्तसम्म हेर्न सक्नु हुन्छ र उहाँको सिद्ध योजना उहाँलाई नै थाहा छ । शैतानलाई वा मानिसलाई हैन । परमेश्वर पवित्र हुनुहुन्छ र मानिसलाई पनि पवित्र पार्न उहाँको इच्छा हो । पवित्रता भनेको यस्तो अवस्था हो जहाँ पापको अस्तित्व हुँदैन, र हामी सबैलाई उहाँले पापरहित बनाउने इच्छा गर्नु भएको छ । यसको साथ साथै परमेश्वर सिद्ध पनि हुनुहुन्छ । सिद्धता भनेको पवित्रता भन्दा पनि माथिल्लो अवस्था हो,जहाँ पाप के हो? सो थाहा पाएर स्वेच्छाले पापलाई यसको सबै आकर्षणसहित जरादेखि नै निर्मुल गरीएको हुन्छ । परमेश्वरको इच्छा हामी पवित्र मात्र हैन तर सिद्ध पनि हौँ भन्ने हो ।
प्रभु येशूको जन्म र क्रूसको मृत्युको कारणले मानिसको लागि पापको क्षमा पाउन र पाप स्वभाव निर्मूल पार्न सम्भव भएको छ । यो सिद्धताको आरम्भ हो र येशूमा विश्वास गरी आज्ञाकारी र समर्पित जीवनद्वारा क्रमिक रूपमा सिद्धतातर्फ अघि बढ्दै गरिन्छ । प्रभु येशूको जन्मले स्वर्गमा परमेश्वरको इच्छा पूर्ण भए जस्तै यस पृथ्वीमा पनि उहाँको इच्छा पूर्ण हुने सम्भव भएकोले परमेश्वरको महिमा भएको छ ।

३. पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलापमा शान्ति आउने छन् ।

‘‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आÇना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्’’ (यूहन्ना ३ः१६)”। उपरोक्त पदमा मानव जातिको लागि रहेको परमेश्वरको प्रेम र त्यसको फलस्वरुप येशूलाई यस संसारमा वलिदान हुनका लागि दिइएको कुरा उल्लेख छ । उद्देश्य के छ भने उहाँ येशूमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् अर्थात नर्क जान नपरोस् तर अनन्त जीवन पाओस् । नर्क जानु भनेको परमेश्वरदेखि टाढा जानु हो । अनन्त जीवन पाउनु भनेको मृत्युमाथि विजय पाउनु हो र सधै भरिको लागि परमेश्वरको उपस्थितिमा वा स्वर्गमा बस्नु हो । यो नै परमेश्वरँंग मिलाप हो । यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, (२कोरिन्थी ५ः१८) । यसप्रकार सृष्टिको आरम्भमा पहिलो मानिस आदमद्वारा आरम्भ भएको पाप र त्यसको फलस्वरुप व्याप्त भएको मृत्यु र अलगावको खाडल दोश्रो मानिस येशूद्वारा नष्ट गरी पापको क्षमा, पाप स्वभावलाई निर्मूल गर्न र परमेश्वरसित मिलाप या शान्ति सम्भव भएको छ ।

सारांश

शउपरोक्त पंक्तिहरूमा धर्मको कुरा गरिएको छैन । प्रभु येशू कुनै धर्मको प्रवर्तक हुनु हुन्न । उहाँले परमेश्वरको राज्यको प्रचार गर्नु भएको हो । आÇनो व्यक्तिगत जीवनको पवित्रता र आश्चर्य कर्महरूद्वारा परमेश्वरको राज्य र त्यसको सामथ्र्यको प्रदर्शन गर्नुभयो । उहाँ मानव जातिको पापमोचनको लागि मानवरूप लिएर जन्म लिनु भएको र सबै पाप आफूमाथि लिएर क्रूसको मृत्यु मर्नु भएको र तेश्रो दिनमा बौरी उठ्नु भएको येशू अहिले प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजाको रुपमा परमेश्वरको दाहिने बाहुलीमा विराजमा् हुनुहुन्छ । उहाँ एक दिन फेरि आउन हुन्छ तर त्यो दोश्रो आगमन उद्धारको लागि हैन, न्यायको लागि हुनेछ । बाइबल धर्मशास्त्रमा लेखिए अनुसारको उद्धारको समय अहिल्यै हो । एकमात्र परमेश्वर, मानव र परमेश्वरबीचको एक मात्र उद्धारकर्ता येशूमा विश्वास गरेर मुक्ति पाउने समय अहिल्यै हो ।

Related Articles

Back to top button