चिल्ड्रेन खिस्टमस कन्सर्ट २०१७ आयोजना

प्रकाश पाख्रिन

 

चिल्ड्रेन मिनिस्ट्री पार्टनरस नेटवर्क नेपालको आयोजनामा चिल्ड्रेन खिस्टमस कन्सर्ट २०१७ यहि  डिसेम्बर १६ तारिख शनिबारका दिन एक कार्यक्रम गरि भव्यताका साथ सुस्सम्पन्न गरेको छ | स्तुति प्रसंसा मण्डली सातदोबाटोमा भएको उक्त कन्सर्टमा विभिन्न  बाल गृह, मण्डली र स्कुलका बालबालिकाहरुले नृत्य तथा कोरियोग्राफी प्रस्तुत गर्नु भएको थियो | बालबालिकाहरुको माझ्र निकै नै लोकप्रिय खुशले खिस्टमसको बारेमा बतानु भएको थियो | कार्यक्रामलाई लिभिंग बप्तिस मण्डलीका आशिस लिम्बु र झराना गहतराजले कार्यक्रमलाई संचालन गर्नु भएको थियो | कार्यक्रममा रिच आउट मिनिस्ट्री रोमले सुरु देखि अन्तिमसम्म बिभिन्न गीत संगित प्रस्तुत गर्नु भइ कार्यक्रमलाई धेरै नै आशिसमय किसिमले अगुवाई गर्नु भएको थियो |

चिल्ड्रेन मिनिस्ट्री पार्टनरस नेटवर्क नेपाल बालबालिकाहरुको माझ काम गर्ने  संघ सस्था, संघठन एवं बाल संगतिहरुको भेटघाट तथा बालबालिकाहरुको निम्ति प्रार्थना संगति गर्ने एउटा साझा संजाल हो | यस संजालमा रहेका जति पनि संघ सस्था, संघठन एवं बाल संगतिहरु छन् संगै मिलेर सयुक्त रुपमा बालबालिकाहरुको माझमा काम गर्नु नै रहेको छ | कम्तिमा पनि बर्समा दुइ वटा कार्यक्रम सयुक्ता रुपमा मिलेर बालबालिकाहरुको निम्ति प्रार्थना सभा र ख्रिस्टमस कार्यक्रम गर्ने रहेको कुरा बताउनु हुन्छ यस संझालका संयोजक शान्ता कुमार भण्डारी  |

यस बर्सको ख्रिस्टमस कन्सर्टमा निकै नै उत्साह जनक रुपमा विभिन्न बालगृह, संघ सस्था,मण्डलीहरुका बालबालिकाको बाग्लो उपस्तित रहेको थियो | कन्सर्टमा करिब ५०० सय जना भन्दा बादि बालबालिका तथा अभिभावकहरुको उपस्तित रहेको थियो |

पास्टर साबस्तियन लेप्चाको सुरुको प्रार्थनाद्वार सुरु भएको उक्ता ख्रिस्टमस कन्सर्टलाई बेनी कार्कीले अन्तिम प्रार्थना गर्नु भुइ अन्तिममा रोमले म्युजिकल कन्सर्ट गरिएको थियो |

 

Related Articles

Back to top button