तनहुँ ख्रीष्टियन समाजले रक्तदान कार्यक्रम आयोजना

दमौली खबर सम्वाददाता पुस ३, दमौली । तनहुँ ख्रीष्टियन समाजको आयोजनामा दमौलीमा सञ्चालित रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । दमौली मालपोत लाइननजिकै आयोजना गरिएको रक्तदानको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभएको थियो । उनले रक्तदान पुण्यको काम भएको भन्दै यसका लागि अग्रसरता लिएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभएको थियो । क्रिसमस पर्वको अवसर पारेर शुभकामना साटासाट गर्दै रगतको अभाव हटाउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका ओमराज परियारले बताउनु भयो । आयोजक संस्थाका युवा संयोजक सुमन श्रेष्ठले दिउँसोसम्ममा उत्साहजनक सहभागीता भएको बताए । आफ्नो समुदायको महान पर्वमा सामाजिक क्रियाकलाप गर्ने उद्देश्यका साथ रक्तदान गरिएको उनको ठम्याइछ ।

Related Articles

Back to top button