सुर्खेतमा ख्रिष्टमसको भब्य र्याली आयोजना

सुर्खेतमा ख्रिष्टमस र्याली भब्यताका साथ सम्पन्न भएको छ । इसाई समाज सुर्खेत द्वारा आयोजित उत्त ख्रिष्टमस र्यालीमा सुर्खेत जिल्लाभरी रहेका मण्डलिहरुले सहभागिता जनाएका थिए । र्याली बुलबुले गेट बाट सुरु भई मङ्गलगडि चोक हुँदै घण्टाघरमा गएर ख्रिष्टमस शुभकामना कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सञ्चालन पा: ज्ञानु गुरुङले गर्नुभएको थियो । कार्यक्रमको सुरुको प्रार्थना पा: गुमान सिंह बस्यालले गर्नुभएको थियो । कार्यक्रममा स्वागतको मन्तव्य इसाई समाज सुर्खेतका सहध्यक्ष साथै रेभ: पाष्टर नवीन दर्लामिले दिनुभएको थियो । त्यसैगरी सभाको अध्यक्ष रेभ:पाष्टर तथा इसाइ समाज सुर्खेतका अध्यक्ष पदम गैरे हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अथिती तथा बक्ता रेभ: पास्टर तथा इसाई समाज सुर्खेतका सल्लाहकार सोलोमन गुरुङ हुनुहुन्थ्यो । उत्त कार्यक्रमा  हजारौभन्दा बढी जनसभाको उपस्तिथि रहेको थियो ।

 

 

 

Related Articles

Back to top button