ख्रीष्टमसको विदा अब निरन्तररुपमा दिनेछौं – प्रचण्ड

काठमाडौं, पुस ३,
राष्ट्रिय मण्डली संगति नेपाल (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त आयोजनामा पुतलीसडकस्थित वेथशालोम पुतलीसडक चर्चमा क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना भएको छ । कार्यक्रम एनसिएसका संस्थापक डा. तीर्थ थापा र कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले संचालन गर्नुभएको थियो ।

कार्य्रक्रममा राष्ट्रिय मण्डली संगति नेपालका अध्यक्ष पास्टर हनोक तामाङले सम्पूर्ण इसाई समुदायको तर्फबाट ध्यानाकर्षण पत्र वाचन गर्नुभएको थियो भने नेपाल ख्रीष्टियान समाजका अध्यक्ष पास्टर वर्णबास श्रेष्ठले ख्रीष्टमससम्बन्धीत बाइबलबाट प्रवचन दिनुभएको थियो । पास्टर देवकुमार क्षेत्रीले आराधना स्तुति प्रशंसामा अगुवाई गर्नुभएको थियो ।
सो कार्यक्रम वामपंन्थीका नेताहरुलाई आमन्त्रित गरेको थियो । माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड, विना विभागीय मन्त्री मन्त्री जनार्दन शर्मा, महेश बस्नेत, लोकमणी ढकालले बोल्नु भएको थियो । भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले ख्रीष्ट जन्मोत्सवको अवसरमा बोल्ने क्रममा भक्तपुरमा क्रिश्चियनहरूको लागि समाधिस्थलको पहल गरिदिने बताउनु भयो । मन्त्री शर्माले मन्तब्य राख्नुभएको थियो ।

कार्य्रक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभालाई सम्वोदन गर्नुभएको थियो । ढिला गरि आउनु भएको प्रचण्डले भने, “धर्म निरपेक्षताको सवालमा कम्युनिष्टहरूको र वामापन्थीहरूको एउटा सिद्धान्तको मामिला हो । राज्यले कुनै पनि धर्मलाई काखा र पाखा नलिहोस्, समान व्यवहार गरिनु पर्दछ यो हाम्रो सिद्धान्तले नै भन्दछ । येशू ख्रीष्ट पनि विद्रोह गर्नु भयो, हामी पनि त्यही स्वभावका हौं । भावनात्मक रुपमा केही न केही समान छ । म केन्द्रियस्तरमा क्रिष्टियनहरुको मुद्दालाई उठाउने छु । धर्मनिरपेक्षता सविधानमा राख्न लामो लडाइँ लडेर राखेको हो तर यसको परिभाषामा क्रुटि छ । समयमा अनुसार संविधानलाई गतिशिल र सापेक्ष दस्तावेत बनाएका छौं । यो परिमार्जित र संसोधन हुँदै जान्छ । बामको बहुमत आएको छ । तपाईंहरुको मागहरुको संविधानमा, ऐन र कानुनमा हुनेछ । यसमा हाम्रो सरकारको जोड हुनेछ । १ वर्षको लागि पाएको क्रिष्टमसको विदा अब निरन्तररुपमा दिनेछौं । सबैलाई क्रिष्टमसको शुभकामना छ ।”

एनसिएफ नेपाल सल्लाहकार डा. सिमोन पाण्डेले नयाँ बन्ने सरकार, नेता र देशको निम्ति प्रार्थना गर्नुभएको थियो भने नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले धन्यवाद र अन्तिम प्रार्थना गर्नुभएको थियो ।

Related Articles

Back to top button