नवलपुर चर्च समुदायले ख्रीष्टमस र्याली तथा खुल्ला रक्तदान कार्यक्रमको अायोजना

नवलपुर चर्च समुदायको अायोजना २०७४ पुस ३ गते कावासोती नवलपुरमा ख्रीष्टमस र्याली तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरियो । र्याली दुम्किवासदेखि कावासोती र गैंडाकोटदेखि कावासोतीसम्म मोटरसाइकल, बस गरेर र्याली निकालीएको थियो । गैंडाकोट नगर पालिकाका मेयर छत्रराज पौडेलले रिवन काटेर र्यालीको उद्घघाटन गर्नुभएको थियो। कार्यक्रमको संयोजक पास्टर प्रकाश रसाइलीले गर्नुभएको थियो । कार्यक्रममा गीत, नृत्य प्रस्तुत गरिएको थियो । पास्टर भिमलाल तामाङले परमेश्वरको वचन बाँड्नु भएको थियो ।कार्यक्रममा नवलपुरका गायक निर्दोष जीवनले अाफ्नो गीतद्वारा मनोरञ्जन प्रदान गर्नुभएको थियो । २००० मानिसहरुको सहभागीता रहेको कार्यक्रममा रिभाईवल अाराधना झुण्डले अाराधना अगुवाइ गरेका थिए ।

Related Articles

Back to top button