ख्रीष्टमसमा ख्रीष्टलाइ प्राथमिकता

— केफास महर्जन
Dec 25 अर्थात पुस १० गते संसारभर ख्रीष्टमस डे भनेर चिनिन्छ । Christmas (ख्रीष्टमस) भन्ने शब्द Christ’s Mass बाट आएको हो जसको शाब्दिक अर्थ ख्रीष्टको समूह हुदछ । ख्रीष्टमस वास्तवमा येशू ख्रीष्टको अलौकिक जन्मको सम्झनामा गरिने उत्सव हो । कसरी येशू ख्रीष्ट कन्य मरियमबाट पवित्र आत्माको अद्दितिय शत्तिबाट हामि मानिस जातिको लागि यस संसारमा आउनुभयो भन्ने कुरा याद राख्नुपर्छ । ख्रीष्टमसमा ख्रीष्टलाई प्राथमिकता बनाउनुपर्दछ । आज धेरै मानिसहरुले यो कुरा भुलेका छन् र ख्रीष्टष्टमस मानिसहरुको लागि फेसन जस्तो भएको छ । रातो सेतो लुगा लगाएर ख्रीष्टमस टी्र मा झिलिमिली बत्ती बाल्ने सान्टा क्लसले उपहार ल्याउने इत्यादी गर्ने परम्परा जस्तै भएको छ । ख्रीष्टमसमा ख्रीष्टलाई प्रथमिकतामा राख्न के गर्नु पर्छ, ती केही कुरा हामी हेर्ने छैं ।

सधै मण्डली जानुहोस 
चर्च ख्रीष्टमसको एक दिन मात्र जान होइन तर येशूले दिनुभएको मुक्तिलाइ सम्झनुपर्दछ । हामिले येशूलाइ चूनेका थिएनौ तर उहाँले हामिलाइ चुन्नुभएको थियोर हामो्र पापबाट क्षमा दिनुभएको थियो ।उहाको प्रेमलाइ सम्झेर एक अर्कासँग संग संगति गर्न र उहाँलाइ अझ नजिकबाट चिन्न निरन्तर चर्च जाने गर्नपर्छ ।(हिबु्र १०ः२५)

उपहार 
जसरी परमेश्वरले आफ्नो पुत्र येशू हामि मानिसहरुको लागि उपहार स्वरुप दिनुभयो, त्यसरी नै हामिले पनि एकले अर्कालाइ उपहार दिनुपर्दछ । अझ झन बढी नहुने अनि खाचोमा परेका हरुलाइ दिनुपर्दछ ।ख्रीष्टमसलाइ उपहा।को उत्सव भन्न सकिन्छ र हामिलाइ परमेश्वरले दिएको अमूल्य उपहारलाई सम्झनुपर्दछ । (यूहन्ना ३ः१६)

अनुग्रहको सु समाचार प्रचार 
येशू ख्रीष्ट को हुनुहुन्छ र यस संसारमा किन आउनुभयो त्यसको बारेमा मानिसहरुलाइ बताउनुपर्दछ । कसरी उहाले मानिसहरुको पाप क्षमाको लागि संसारमा आइ हामि माथि अनुग्रह गर्नुभयो भन्ने कुराको जानकारी दिनुपर्छ । ख्रीष्टमसमा मात्र नभइ यो कुराको प्रचार सधै गर्नुपर्दछ । ख्रीष्टमसकोे दिनमा यो कुरा सबैले थाहा पाउनु पर्दछ । (मर्कुस १६ः१५)

ख्रीष्टमस टी र झिलिमिली बत्ति 
आज ख्रीष्टमसको दिनमा ख्रीष्टमस टी सजाउने अनि झिलिमिली बत्ति बालिने गरिन्छ । अझ धेरै ठाउँमा ख्रीष्टमस आउनु भन्दा पहिला पनि यस्तो गर्ने गरिन्छ । त्यो ठिक छ , तर येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ, त्यो कुरा मनमा राख्नु पर्दछ । संसारको लहलहैमा लागेर, त्यहाँ गरिने कुराहरु गर्ने मात्र नभइ , महत्वपूण कुरा चै हामिले येशूलााइ हेर्नु पर्छ । (यूहन्ना ८ः१२)

रातो सेतो पहिरन 
रातो सेतो पहिरन लगाए्र रेड वाइन Red Wine खाएर हरियो रुखको छेउमा बसेर फोटो खिच्नु ख्रीष्टमस होइन । बाहिरी पहिरन होइन तर ह्दय सफा पार्नु चै ख्रीष्टमस हो । बाहिरी पहिरन हेर्ने उहाँ मानिस हुनुहुन्न, उहाँ त हामो्र भित्री स्वाभाव हेर्ने परमेश्वर हुनुहुन्छ । (१ शमूएल १६ः७)

परमेश्वरलाइ धन्यवाद दिनुपर्छ 
आफुले आफुलाइ नम्र बनाएर मुक्ति दिन आउनुहुने येशूलाइ सम्झेर परमेश्वरलाइ धन्यवाद दिनुपर्छ जसरी येशूले आफुले आफुलाइ नम्र बनाएर हामो्र लागि यस संसारमा आउनुभयो । येशूको निम्ती धन्यवाद नदिइकन मनाइएकोख्रीष्टमस अपूरो हुदछ । (१ थेसलोनिकी १ः२)

लियोनार्दोदा भिन्चीले येशूले दिनुभएको अन्तिम भोजको चित्र बनाउदै गर्दा उनको सहायकले भनेका थिए, “येशूले पक्रनुभएको कचौरा रामो्र अनि चहकिलो छ ।” त्यतिनै बेला उनले त्यो कचौरामा मधुरो रङ्ग लगाउदै भने, “हामिले अरु वस्तुलाइ होइन, येशूलाइ हेर्नुपर्छ ।” साच्चै नै आज हामिले ख्रीष्टमसमा ख्रीष्टलाइ हेर्नुपर्छ जो ख््राीष्ट हुनुहुन्छ । आज दुखलाग्दो कुरा , धेरै ख्रीष्टयनहरु पनि संसारको रमाइलोमा भुलेर ख्रीष्टमसको साचोँ अर्थ भुलेका छन् । येशूलाइ पा्रथमिकता नबनाइ वस्तुहरुलाइ पा्रथमिकता दिइरहेका छन् । यो ख्रीष्टमसमा हामि सबैले येशूलाइ हेर्न सकौं र उहाँलाइ पहिलो स्थानमा राख्ने प्रयास गरौँ अनि ख्रीष्टमसको साचो अर्थ बुझि यसको खुसियाली मनाउन सकौं । सबैलाइ वडादिनख्रीष्टष्टमसको शुभकामना ।

Related Articles

Back to top button