बृहत ख्रीष्टमस -याली तथा शुभकामना कार्यक्रम सम्पन्न

महाप्रतिवाद समाचारदाता
इटहरी । डिसेम्बर २५ तारिख अर्थात् पुष १० गते विश्वभर संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव भव्यताका साथ मनाइदैछ । सोही अवसरमा नेपालमा पनि ख्रिष्टियन धर्मावलम्बीहरुले गत एक महिना अघि देखि नै शुभकामना आदन प्रदान कार्यक्रम गर्दै आएका छन् ।
पुष ५ गते इटहरी इसाई समाजले बृहत ¥यालीसहित बजार परिक्रमा गरी ख्रीष्टमस शुभकामना सभा इटहरी चौकमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त ¥याली तथा सभामा राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सिवि गहतराज प्रमुख अतिथि रहेका थिए ।
सभामा इटहरी नागरिक समाजका निवर्तमान अध्यक्ष दानियल सुब्बाले ख्रीष्टमस सन्देश प्रचार गरेका थिए भने सभाको सञ्चालन इटहरी इसाई समाजका निवर्तमान अध्यक्ष मनोज श्रेष्ठले गरेका थिए । सभामा हजारौं इसाईहरुको सहभागिता थियो भने सोही संख्यामा ¥यालीमा सहभागि थिए ।
सभामा जनजागरण पार्टी नेपालका महासचिव बिपी खनाल, फ्रिडम पर अल नेपालका सचिव खगेन्द्र ओली, वैदिक दर्शन अध्ययन केन्द्रका अध्यक्ष पदम अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता ज्वाला, नेपाल ख्रिष्टिय समाजका उपाध्यक्ष तथा पूर्वाञ्चल इसाई समाजका अध्यक्ष कुवेर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बक्ताहरुले नेपाली इसाईहरुले हालसम्म पनि राज्यबाट अन्याय खेपीरहनु परेको भन्दै सबै नागरिक सरह समान अधिकार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । ख्रिष्टमस पर्व प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा मनाईने उत्सव भएकाले पर्व मनाउन स्वतन्त्रपूर्वक पाउनुपर्ने माग गरेका छन् । प्रमुख अतिथि गहतराजले भने राज्यको गृह प्रशासन सञ्चालन गर्न सक्ने क्षमता इसाईहरुमा रहेको दाबी गरे ।
ख्रीष्टमस पर्वको अवसरमा प्रभु येशू ख्रीष्ट सारा मानिस जातिका मुक्तिदाता हुन भनि सु–सन्देश प्रवाह गर्न तथा इसाईहरुको हक, हित र अधिकारका सवालमा राज्यसत्ताको समेत ध्यान आकृष्ट गराउन ¥याली तथा सभाको आयोजना गरिएको इटहरी इसाई समाजमा अध्यक्ष राजेश भण्डारीले बताएका छन् ।

Related Articles

Back to top button