डा.तिर्थ थापाले भन्नुहुन्छ- ‘ हामी एकसाथ भेला हुन नछोडौं ‘

कुमारसिंह विष्ट । ०४ पुस । काठमाडौ । नेपाली इसाई समुदायका विद्धान व्यक्तित्व तथा सामाजिक अभियान्ता डा.तिर्थ थापाले नेपाली इसाई अगुवाहरुलाई निरन्तर संगति र भेला हुन सुझाउनु भएको छ । नेसनल चर्चेज फेलोसिप अफ नेपाल(एनसीएफ नेपाल) ले यही पुस ४ गते मंगलबार राजधानीको हिमालयन होटलमा आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा डा.थापाले सो कुरा बताउनु भएको हो ।
उहाँले नयाँ वर्ष २०१८ सालमा परमेश्वरले हामी नेपाली इसाई अगुवाहरुबाट देश नेपालमा नयाँ काम गर्न लाग्नु भएको हुँदा हामी एकसाथ भेला हुन नछोडौ भनी सुझाउनु भएको हो ।
उहाँले परमेश्वरलाई पनि संगतिको चाहाना र मानिससँगको संगतिको आवश्यकता रहेको भन्दै हामी अगुवाहरु संगसंगै हुर्कने र वृद्धि हुने कुरामा अगुवाहरुबीचमा आयोजना हुने संगति तथा कार्यक्रमले सहायाता पुग्ने भएकोले इसाई अगुवाहरु निरन्तर भेटभाट र संगतिमा जुट्न आग्रह गर्नुभयो ।
डा.थापाले कार्यक्रममा उपस्थित अधिकांश पास्टरअगुवाहरुलाई लक्षित गर्दै भन्नुभयो– ‘जब हामी एकापसमा भेटेर संगति गर्छौ हाम्रो बीचमा भएका तितोपना सफा गर्नमा परमेश्वरले सहायता गर्नुहुन्छ’ । उहाँले अगाडि थप्नुभयो–‘हाम्रा ह्दयमा भएका मैलाहरु धुने एउटमात्र माध्यम नै संगति भएको भन्दै पास्टरअगुवाहरु बीचमा कुनैनकुनै वाहानामा निरन्तर संगति हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले परमेश्वरसंगको संगतिले गर्दा एकअर्काको गल्तीलाई क्षमा दिने, स्वीकार गर्ने र संगसंगै सहयात्रा गर्न सहयोग पुग्ने बताउनु भयो ।
मानव विकास तथा सामुदायिक सेवा नामक गैर सरकारी संस्थाका संस्थापकसमेत रहनुभएका डा.थापाले केही महिनाअघिदेखि मात्र त्यस संस्थाबाट स्वच्छिक अवकास लिइसक्नु भएको छ । उहाँले नेपालभरका लाखौ करोडौं मानिसहरुसँग संगति गर्ने त्यो अभिलाषा हामी अगुवाहरुबीचमा हुने न्यानो संगतिबाट प्रारम्भ हुने कुरामा आफू निश्चित भएको दावी गर्नुभयो ।
एनसीफ नेपालले आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा राजधानीका अधिकांस चर्च, सम्प्रदाय, चर्च समूह र मिनिष्ट्रिका प्रमुख अगुवाहरुको सहभागीता रहेको थियो । पास्टर हनोक तामाङ एनसीएफ नेपालको अध्यक्ष पदमा निर्वाचित हुनुभएपछि एनसीएफ नेपाल (उहाँको नेतृत्व) र एनसीएस नेपालले यही पुस ३ गते राजधानीको वेथशालोम चर्चमा राष्ट्रका शिर्ष नेताहरुको सहभागीतामा क्रिसमस कार्यक्रम सम्पन्न भइसकेको पछि यही पुस ४ गते एनसीएफ नेपालले राजधानीको हिमालाय होटलमा काठमडौंमा मेन लाइन चर्चका पास्टरअगुवाहरुलाई वोलाई क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
पछिल्लो समय एनसीएस र एनसीएफ नेपालले नेपाली इसाई इतिहासमा संयुक्त आयोजनामा क्रिसमस कार्यक्रम सम्पन्न गरेपछि नेपाली इसाई अगुवाहरु एकीकृत हुन लागेको आभाष गर्न थालिएको छ ।

Related Articles

Back to top button