खुशीको संसारको १० औं बार्षिक उत्सव आयोजना

डिसेम्बर, २१, २०१७

बिश्वास थापा

१५ वर्ष लामो समयदेखि ख्रीष्टियन मिडिया सामाग्रीहरु पस्किदै आइरहेको प्रमिस मिडियाले १० वर्ष अघि शुरु गरेको खुशीको संसार नामक टेलिभिजन कार्यक्रमको १० बार्षिक उत्सव सातदोवाटोस्थित नेपाल थ्योलोजिकल कलेजमा एक भब्य कार्यक्रम आयोजना गरेको थियो ।
सो बालबालिकासम्बन्धित कार्यक्रम सन् २००७ देखि संचालन भएको थियो भने प्रार्थनासहित सो कार्यक्रम संचालन भएपछि तत्कालिन समयमा सरकार र मिडियाले धर्म प्रचारको आरोप लागेको थियो । त्यसपछि कार्यक्रमको स्वरुप परिवर्तन गरि आजसम्म नेपाल टेलिभिजनमा प्रत्येक बुधबार साँझ ५ः०५ बजे आइरहेको छ । सो कार्यक्रम नेपाल टेलिभिजनको उत्कृष्ट कार्यक्रममा पर्न सफल भएको जानकारी सो मिडियाका प्रमुख बेनि कार्कीले जानकारी गराउनु भएको थियो ।

यस कार्यक्रमको खुस पात्र यो कार्यक्रमको सबैभन्दा आकर्षक हुन । सो पात्रमा जया नेपालीले भुमिका निर्वाह गरि रहनुभएको छ । हालसम्म आइपुग्दा ११५ भागसम्म प्रसारण भइसकेको जानकारी वचन पत्रिकालाई प्राप्त भएको छ भने ३ लाख बालबालिकाले प्रत्यक्ष विभिन्न प्रकारले लाभ दिएका छन् । त्यस्तै सो कार्यक्रम ३० लाख बालबालिकाले हेर्ने प्रमिस प्रोडक्सन्सको भनाई रहेको छ ।

सो कार्यक्रम लव लाइट सोसाइटी र सोफिया होमका बालबालिकाहरुले नृत्य गर्नुभएको थियो भने शुख र कृपा सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले दिएको शुभकामना सन्देश भिडियोबाट देखाएको थियो, त्यस्तै सो मिडियाले के के गरियो भनेर भिडियोमा पनि देखाइएको थियो ।

प्रमुख अतिथि डा. बालकृष्ण शर्मा हुनुहुन्थ्यो । उहाँले दशक स्मारिका बिमोजन गर्नुभएको थियो । उहाँले विभिन्न कलाकारहरु, कर्मचारीहरु, बोर्ड सदस्यहरु, स्यमसेवक लगायत प्रमिस प्रोडक्सन्स् प्रा. ली. सम्बन्धित व्यक्तिहरु प्रमाण पत्र र मायाको चिनो सम्मानस्वरुप प्रदान गरिएको भने डा. शर्माले भने ख्रीष्टिमसको शुभकाना सन्देश बाँड्नु भएको थियो ।

अन्तिममा शान्ता भण्डारीले धन्यवाद दिनुभएको थियो भने अन्तिम प्रार्थना नारायण खड्काले गरि समापन भएको थियो । समापनपछि सो मिडियाले प्रिति भोजको आयोजनासमेत गरेका थियो ।

Related Articles

Back to top button