दाङका चर्चहरुमा ठक्दै हिड्ने तीन जना समातिए

हरि जिज्ञासु
घोराही ÷ पुस ७÷ आफ्नो नाम मरियम, मार्था र योशेफ बताउँने तीजना हिजों तुलसीपुर चोकमा पत्ता लागेका छन् ।
उनीहरुले आफूहरुको घर कहिले दार्जिङ कहिले भारतको गुहाटि बताउँदै कुनै व्यक्तिले आफूहरुलाई नेपाल जागिर लगाइदिन्छु भनेर नेपाल ल्याइ आफूहरुको पैँसा लुटेर भागेको आरोप लगाउँदै अब घर जाने भाडा आफूसँग नभएको भन्दै चर्च र मण्डलीका सदस्यहरुका घर घरमा गएर माग्दै हिडिरहेको फेला परेका हुने्
उनीहरुले प्रेरितिय चर्च घोराहीमा गएर पास्टर नरेन्द्र बराललाई आफ्नो घर दार्जिङ बताउँदै आफूहरु अफ्ठेरामा परेको गुणासो व्यक्त गरी घर पुगेपछि पैसा आई.एम ए. गरिदिने सर्तमा रु १८००० र प्रातापी चर्चमा गएर सिता शाह बाट ४००० मागेका थिए । यति मागेपछि नेपाल क्याम्पस क्रुसेड फर क्राइष्ट घोराहीको अफिसमा गएर मिलन रोकाय सँग सहयोग माग्दै गर्दा उनीहरुले घर दार्जिङ बताएपछि मिलन रोकायले पास्टर नरेन्द्र बरालसँग तपाईको ठाउँतीरको मान्छेहरु म सँग सहयोग माग्न आएका थिए भनेर गर्दा । सबै ठाउँमा माग्दै हिंडेकाले संकास्पद भएपछि उनहरुलाई घोराही तुलसीपुर चोकमा भेटर पुलिस बोलाउँछु भनेपछि उनीहरुले आफूले गल्ति गरेको स्वीकार गरेका थिए । त्यतिखेर पास्टर नरेन्द्र बरालबाट लिएको १८००० हजार र सीता शाह बाट लिएको ४००० फीर्ता दिएका थिए ।

Related Articles

Back to top button