धरानमा ख्रीष्टमस बधाई तथा शुभकामना अादान प्रदान कार्यक्रम आयोजना

धरानकाे सैनिक भवनमा ख्रीष्टमस बधाई तथा शुभकामना अादान प्रदान कार्यक्रम भव्यताकाे रुपमा सम्पन भएकाे छ। साे कार्यक्रममा सुनसरी क्षेत्र नं.१का नवनिर्वाचितप्रतिनिधि सभाका सांसद क. जयकुमार राईले धार्मिक अास्थामा वन्देज लगाउने विभेदकारी संविधान र कानुनलाई समय सापेक्ष संशाेधन गरी मानवले ईच्छाएकाे धर्म स्वतन्त्रता पुर्वक मान्न पाउने र सबै जातजाति र धर्म संस्कृतिको सम्मान,संरक्षण र बिकासकाेलागी अाफुले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।त्यसैगरी सुनसरी प्रदेश सभा१ (क) का नवनिर्वाचित क.प्रदिप भण्डारीले ईशाइहरुकाे समस्याको रुपमा रहेकाे समाधी स्थललाई दिर्घकालिन रुपमा समाधान गरि, इशाईहरुकाे निम्ति पनि समानरुपमा बजेट बिनियाेजन गर्न स्थानिय सरकारसंग पहल गर्ने बताउनु भयाे।उहांले ईशाइ समुदायलाई अाफुलाई मत दिई विजय गराएकाेमा धन्यवाद दिदै ईशाइहरुकाे समस्या इशाई अगुवाहरुसंगै बसी समाधान गर्ने प्रतिबद्धता गर्नुभयाे। इशाईहरुकाे तर्फबाट राष्ट्रिय मण्डली संगतिका केन्द्रीय सह सचिव पाष्टर हिमाल राई(जाेसेफ)ले इशाईहरुकाे समस्या इशाईहरुकाे मात्र नभएर राष्ट्रकै समस्या भएकोले राष्ट्रिय स्तरबाटै दिर्घकालिनरुपमा समाधान गर्न अाग्रह गर्नुभयाे। “हामी निर्वाचनमा हामीसंग नेताहरुले गरेका वाचा पूरा गरेकाे देख्न चाहन्छाै” भन्दै निर्वाचित जनप्रतिनिधिहरुलाई वाचा नभुल्न अनुराेध गर्नुभयाे। कार्यक्रममा अायाेजक समिति काे संयाेजक रेभ. जिवनदिप सुब्बा र रेभ. कुबेर गुरुङले नवनिर्वाचित जनप्रतिनिधिहरु र इशाई समुदायको धराेहरकाे रुपमा रहनुभएका अादरणीय वयोवृद्ध इम्मानुएल कृपा चर्चका रेभ. बिर बहादुर राई लाई दाेसल्ला अाेढाई सम्मान गर्नुभएको थियाे। कार्यक्रममा घरेलु खाना बजार,नृत्यका साथै हिसप मिनिष्ट्री कालेम्पाेङकाे बेजाेड प्रस्तुति रहेकाे थियाे। धरानका सबै चर्चहरुकाे सहभागितामा ख्रीष्टमस उत्सव २०७४ मुल अायाेजक समिति निर्माण गरिएको थियाे। कार्यक्रम पा. महेन्द्र जङ्ग साम्पाङ र ए. रमेश राईले संचालन गरेका थिए।

Related Articles

Back to top button