महिला पा. हेमकुमारी लिम्बु स्वर्गीय घरमा

विश्वास थापा
डिसेम्बर २२, २०१७

नेपालमा महिला भएर सेवकाइ गर्न गाह्रो छ नै त्यसमाथि पनि पाष्टरीय सेवकाइ गर्नु अति नै गाह्रो छ । हो, त्यही गाह्रो पाष्टरीय सेवकाइमा पा. हेमकुमारी लिम्बु लाग्नुभयो । उहाँ धनकुटा जिल्ला चतरमा जन्मनु भएको थियो ।

लिम्बुमा श्रीमान्सहित छोरीहरु रहेका छन् । पहिलो छोरी बितेपछि फेरी अर्को छोरीको अन्तिम अवस्थामा पुगेपछि पाष्टर लिम्बुले प्रभुमा विश्वास गर्नुभएको थियो ।
लामो समयदेखि मुटुको रोगले ग्रस्त उहाँ कयौं पटक अस्पतालको आकस्मिक कक्षमा पु¥याउनु पर्दथ्यो । पछिल्लो समयमा उहाँको निम्ति सामाजिक समाचारबाहिर आएपछि उहाँको निम्ति प्रार्थनासहित सहयोग पनि प्राप्त भएको थियो ।

ललितपुरको थेयोलोजी जीसस् कलेजबाट २ वर्षको बाइबलबाट बि.टि.एचपछि २०५८ सालबाट ललितपुरको नखिपोटमा अनुग्रहको तम्बु” मण्डली स्थापना गरी चर्चमा स्थापना कालदेखि नै पाष्टरीय सेवकाइमा लाग्नु भएको थियो । महिला पाष्टरमा उहाँ पहिलो पुस्तामा हुनुहुन्थ्यो । उहाँले महिला पाष्टर र अगुवाहरुको उत्साहको निम्ति संगति गर्दै आइरहनु भएको थियो ।

भौतिक शरिरबाट हिजो शुक्रबार( डिसेम्बर २२ तारिख) को दिन प्रभुमा विश्राम लिनुभयो । उहाँको पार्थिव शरिरलाई आजै अन्तिम विदाइ गर्न एक कार्यक्रम आयोजना गरिएको थियो । उहाँप्रति हार्दिक सम्वेदना प्रकट गर्दछौं ।

 

 

Related Articles

Back to top button