धर्म निरपेक्षताका पक्षमा बोल्ने आफू पहिलो रहेको : कृष्ण महरा

हरि जिज्ञासु
घोराही पुस /८
बलिदान ए.जी. मण्डली गोग्लीले अायाेजना गरेकाे शुभकामना आदनप्रदान कार्यक्रममा उप प्रधान मन्त्री कृष्ण बहादुर महराले मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा आफूलाई जिताएकोमा धन्यवाद व्यक्त गर्दै ख्रीष्टमसको अवसरमा सम्पूर्ण बलिदान ए.जी चर्च परिवारलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
महराले २०६३ सालमा आफू बार्ताको लागि काठमाण्डौं जाँदा आफ्नो पार्टीबाट धर्म निरपेक्षताको पक्षमा आवाज उठाउने पहिलो व्यक्ति आफू भएको भन्दै धर्म एउटै नभएर फरक फरक रहेको बताउँनु भएको छ ।
यसैगरी शुभकामना आदप्रदान कार्यक्रममा घोराही उपमहानगर पालिका वडा नं.१७ बाट वडाध्यक्ष खुशीराम चौधरी, सदस्य तुलप्रसाद घिमिरे, वडा नं. ३ बाट वडाध्यक्ष माधप प्रसाद चौधरी, महिला सदस्य शुसिला परियार सदस्य सुमन रोका र वडा नं. ४ वडाध्यक्ष भीम बहादुर सार्की, सचिव पुनराम गिरी, सदस्य सशीधर पन्त , सदस्य लिला वि.क, सदस्य रजनी चौधरी, सदस्य भीम बहादुर कवर लगायत डाँफे बन उपभोक्ता समितिका अध्यक्ष पर्सुराम नेपालीको आथित्यता रहेको थियो ।
अतिथिहरुले ख्रीष्टमस शुभकामना मन्तव्य राख्नेक्रममा इसाई समुदायको लागि चिन्ताको विषय रहेको समाधी स्थलको बारेमा आफूहरुले भरपूर सहयोग गर्ने र अब आफ्नो वडामा रहेका इसाई समुदायले यसको विषयमा चिन्ता नगर्ने आह्वान गर्नुभएको छ । सबै जाति, भाषा, धर्म, र संस्कृतिको सुरक्षा गर्नु राज्यको दायित्व भएकोले अब इसाई समुदायको लागि वडा कार्यालयबाट बजेट छुट्याउँने बताउँनुभएको छ ।

Related Articles

Back to top button