सम्पन्न भयो ख्रीष्टमस कार्यक्रम, उप प्रधान मन्त्री लगायत राज्यका जिम्मेवारी व्यक्तिहरुले ख्रीष्टमसको शुभकामना दिए

–हरि जिज्ञासु
घोराही पुस १० मानिसको पाप क्षामा गर्नका लागि जन्मनुभएका प्रभु येशू ख्रीष्टको जन्मदिनको अवसरमा २५ डिसेम्बर अर्थात पुस १० गते संसार भरिनै भव्यताका साथ मनाइने ख्रीष्ट जन्मोत्सव दाङको पश्चिम हापुरे देखि पूर्व भालुवाङ सम्म रहेका चर्चहरुले फरक फरक कार्यक्रमका सथमा मनाएका छन् ।
येशू ख्रीष्टको जन्मोत्सवको उपलक्षमा शुभकामना आदनप्रदानको लागि राज्यका जिम्मेवारी व्यक्तिहरुलाई निमन्त्रणा गरि शुभकामना आदनप्रदान गरिएको छ । ईम्मानुयल चर्च घोराहीले आयोजना गरेको ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमा उप प्रधान मन्त्री कृष्ण बहादुर महरा सहभागी भई शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रेरितिय चर्च घोराही र अनुग्रह सुसमाचार चर्च घोराहीमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी सहभागी भई शुभकामना व्यक्त गर्नुभएको छ ।
धेरै चर्चहरुले आफ्नै मण्डली भवनमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेतापनि बलिदान ए.जी. मण्डली दाङले भने होटेल विङग्रेलीमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । दाङमा रहेको बलिदान ए.जी. मण्डली घोराही, बलिदान ए.जी मण्डली गोग्ली, रामपुर, धर्ना, लमही , नारायणपुर लगाएतका बलिदान ए.जी. मण्डलीका सदस्यहरुले संयुक्तरुपमा ख्रीष्टमस शुभकामना आदप्रदान कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रम संयोजक पास्टर सन्त घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पास्टर भूपाल पुन, राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक सम्पादक सरद अधिकारी, लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । ख्रीष्टमसको लागि वक्ता धनगडी चर्चका पास्टर तिलक महरा रहनुभएको थियो भने ख्रीष्टमसको अवसरमा बलिदान ए.जी चर्च दाङका सस्थापक पास्टर जंग चौधरीले बलिदान चर्चको इतिहास प्रस्तुत गर्नुभएको थियो ।
शुभकामना आदप्रदान कार्यक्रममा बलिदान चर्चका सबै शाखा चर्चहरुका जवानहरुले विभिन नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सहजिकरण बलिदान चर्च धर्नाका पास्टर चन्द्र बुढा मगरले गर्नुभएको थियो ।

Related Articles

Back to top button