पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा इसाईहरुलाई शुभकामना

मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्म दिन ख्रीष्टमस वडादिनको अवसरमा चितवन इसाई समाजले अायोजना गरेको शुभकामना अादान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा पुस १० गतेका दिन सम्पूर्ण इसाईहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।अगामी दिनहरुमा राज्यले देशका सम्पूर्ण इसाई समुदायलाई उच्च सम्मान गर्ने, ख्रीष्टमस बिदालाई निरन्तरता दिने, हक अधिकार प्रदान गर्ने, बाधा अवरोध हटाउने व्यवस्था राज्यले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष रेभ:विष्णु परियारले प्रचण्डलाई ख्रीष्टमस टोपी लगाएर, केक खुवाएर साथै चितवन क्षेत्र नम्बर ३ बाट अत्यधिक बहुमत ल्याएर विजयी भएकोमा सम्मान पत्रद्वारा सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा नेता अमिक शेरचन, देवी ज्ञवाली, प्रदेश सभा निर्वाचित रामलाल महत्तो, बद्री तिमिल्सिना समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा रेभ:हरिकुमार खातीले शुभकामना मन्तव्य दिनुभएको थियो । पास्टर रमेश पाण्डेले सन्चालन गर्नुभएको थियो । शुरुको प्रार्थना पास्टर मान बहादुर बस्यालले गर्नुभएको थियो । अन्तिम प्रार्थना फादर पूर्ण बहादुर लामाले गर्नुभएको थियो। कार्यक्रम भरतपुर बप्तिस चर्चमा गरिएको थियो ।

Related Articles

Back to top button