ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालले ख्रिस्टमस सुभाकामना आदान प्रदान

प्रकाश पाख्रिन

यस वर्ष बिभिन्न संघ संस्था, मण्डली र ब्याक्तिले समाजमा रहेका विभिन्न व्यक्तित्वहरुलाई निम्तो दिई ख्रिस्ट जन्मोउत्सबलाई संगै मिलेर निकै नै हर्सोउल्सासका साथ मनाएको देखिन्छ | सबैले आफ्नो क्षेत्रमा रहेका समुदाय, समूहसंग संगै बसेर यसरी ख्रिस्ट जन्मोउत्सब मनाउदै ख्रिस्टमसको बारेको बताउनु धेरै नै असल कुरा हो भन्ने कुरामा सायद कुनै विवाद नहोला | यसै कुरालाई मध्य नजर गर्दै ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालले राष्ट्रिय स्तरमा रहेका विभिन्न खेलकुद क्षेत्रमा रहेका विभिन्न खेलाडी तथा खेलसंग सम्बधित संघ संस्था तथा व्यक्तित्वहरुको बिचमा होटेल हिमालयनमा ख्रिस्टमस सुभाकामना आदान प्रदान तथा रात्री भोज कार्यक्रम सुसम्पन्न गरिएको छ | कार्यक्रम डिसेम्बर २७ तारिख भएको थियो |

कार्यक्रममा ललितपुर महानगरपालिका उपमेयर गीता सत्यालको समेत उपस्तित रहेको उक्त सुभाकामना आदान प्रदान कार्यक्रममा खेलसंग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको बाग्लो उपस्तित रहेको थियो | राष्ट्रिय पूर्व फुटबल खेलाडी निराजन खडका,हरि खडका, जुडोका फुपू लामु शेर्पा,तेक्वान्डोका पुर्बा खेलाडी दिपक बिस्ट, करातेका दिपक श्रेष्ठ, एथेलेट्सका कान्छीमाया कोजुर हैर कुमार रिमाल, ब्याटमिनटनका नंग्सल तामांगलगायतका खेलाडीहरुको उपस्तित रहेको थियो | यस बाहेक अन्य खेल बक्सिंग, इस्क्वास, व्हिल चेयर क्रिकेट, साइकलिंग, र पौडीसंग सम्बधित प्रधिनिती खेलाडीहरु समेत उपस्तित रहेको थियो | यसको साथ साथै अन्य खेलकुदसंग सम्बन्धित अन्तरास्ट्रिय प्ल्येरस एसोसेसन, नेपाल बक्सिंग संघ, व्हील चेयर एसोसेसन, एम्बसडर फुटबल नेपाल लगायत संघ संस्थाकाप्रधिनिधिहरुको उपस्तित रहेको थियो |

उपस्तित खेलाडीहरु मध्ये फुटबल खेल तर्फबाट निराजन खडका र बिराज महर्जनले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो | नेपाल व्हिल चेयर क्रिकेट टिमका क्याप्टेन हिमाल अर्यालले पनि आफ्नो सुभकामना मन्तब्य राख्नु हुदै हामी नेपाली खेलाडीहरुलाई सरकरले भने जस्तो सुबिधा नदिए पनि पुजीगत र क्षेत्रगत हिसाबले शक्तिसम्पन्न भारत र बंगालदेश लगायतका देशहरुलाई हाम्रो बहादुरी देखाई धेरै व्हिल चेयर क्रिकेटर बास्केट बलमा जित हासिल गर्दै आइरहेको कुरा राख्नु भएको थियो |  गएको मंसिर अन्तर्राष्ट्रिय ह्वीलचेयर त्रिकोणात्मक क्रिकेट  जुन नेपालमा भएको थियो जसमा मेरै कप्तानीमा पचास रनले बंगलादेश र भारतलाई इतिहासिक जित हासिल हाम्रो टिमले गरको थियो जुन जित हामीले हासिल गरेका छौ र  हामी जस्तो अपांगता भएको व्यक्तिहरुले यसरी विजय हासिल गर्न सक्नु र नेपालको झन्डा फर्फराउन सक्नु भनेको हाम्रो लागि असम्भव कुरा हो तर यी सबै विजय दिनु हुने हाम्रा सृस्टिकर्ता पर्मेस्वोरले दिनु भएको हो भन्ने कुरा राख्नु भएको थियो |यसै गरि पूर्व राष्ट्रिय फुटबल खेलाडी नीराजन खड्काले पनि आफ्नो ख्रिस्टय जीवन गवाही सबै उपस्तितहरुको माझ सुनाउनु भएको थियो | कार्यक्रममा बोल्नु हुदै निराजन खडका जीवनमा धेरै समय नर्कको खाल्डो खन्दैगरेको, साँचो आफ्नो भागवान को रहेछ भनेर धेरै खोजि नीति गरेको र यो जीवन कुनै बिंग व्यंग सिदान्त अनुसार नभएर एक जना सृस्तीकर्ता हुनुहुन्छ जसले हामीलाई चलाउनु हुन्छ र अन्त्यमा ख्रिस्टमा नै साँचो मुक्तिदाता पाए भनेर आफ्नो जीवन गवाही बड्नु भएको थियो |

ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपालको तर्फबाटसंस्थाका बर्तामान उपध्याक्ष चुक बहादुर राना र सस्थापक अध्यक्ष श्याम काजि आवालेले सुभकामना राख्नु भएको थियो | शुभकामना मन्तब्य राख्ने क्रममा एम्बसडर फुटबल नेपालका कार्यकारी निर्देशक रोमी तन्दुकारले हालमा एम्बसडर फुटबल नेपालले फुटबल खेलको मध्यमद्वार समाजमा भएका बालबालिकाहरुलाई सकारात्मक र सृजनातम्क सोच बिकाश गर्दै समाजको रुपान्तरण गर्दै आगाडी बढ्दै गरेको कुरा राख्नु भएको थियो | कार्यक्रममा नेपाल बप्तिस्त मण्डली परिषदका उपध्याक्ष पास्टर राजेन्द्र मल्लले धर्मशात्रबाट ख्रिस्टमसको संदेश दिदै उपस्तित खेलाडीहरुलाई उत्साह दिनु भएको थियो | संस्थाका सचिब डेबिड सुनुवारले कार्यक्रमलाई संचालन गर्नु भएको थियो र संगीतकार तथा गीतकार आमोस तामांगले ख्रिस्टमसका केहि गितहरु गाएर सुनाउनु भएको थियो | संस्थाका अध्यक्ष पास्टर पिर्थ बहादुर राईले सम्पूर्ण आमात्रित खेलाडी र संघ संस्थाहरुलाई धन्यबाद दिनु भए पछि एम्बसडर फुटबल नेपालका अध्यक्ष पास्टर द्वारिका श्रेष्टको अन्तिम प्रार्थना पछि रात्री भोजमा सामेल हुनु भएको थियो | स्मरण रहोस ख्रिस्टियन स्पोर्ट्स फेलोशिप नेपाल बिगत दुई दशक देखि नेपालमा विभिन्न खेलकुदको मध्यमबाट समाज र राष्ट्रमा भएका खेलाडी र व्यक्तिहरुलाई ख्रिस्टको प्रेममा रुपन्तरण गर्नमा अग्रसर रहदै आइरहेको छ र विभिन्न प्रतियोगीत्मक खेलहरु समेत आयोजना गरिदै आइरहेका छन् |

 

Related Articles

Back to top button