हामी धेरैजनामा एउटा गलत भ्रम छ, यो भ्रम चिर्न समय लाग्छ

 

सिमियोनले उठाउनुभएको विषय गम्भिर विषय हो । यस्ता विषयहरुमा यहाँ सहमत र असहमतका कमेन्ट्सहरु आउनु स्वाभाविक हो । यहाँ क्रुस भएको पुल्पिटमा प्रचण्ड उभिएकाले उनको पक्षमा वा विषक्षमा मेरो मत होइन । किनकि सबै पार्टीका सबै नेताहरु पुल्पिटमा उभिएका छन् ।
हामीले यी सबै कुराहरुको उत्तर बाइबलमा खोज्नु पर्दछ । हामी धेरैजनामा एउटा गलत भ्रम छ, यो भ्रम चिर्न समय लाग्छ । ख्रीष्टको मण्डली भनेको भवन हो कि जीवन ? हामी काठ र माटोले बनेको भवन, काठका क्रुस र पुल्पिटलाई पवित्र देखिरहेका छौं । बाइबलअनुसार ख्रीष्टको मण्डली तपाइ हामी हौं, हाम्रो जीवन हो । परमेश्वरले बनाउनु भएका संसारका बस्तुहरुलाई केन्द्रविन्दु मानेर यो पवित्र छ यहाँ जान हुन्छ त्यहाँ जान हुदैन । यो गर्नु हुन्छ त्यो गर्नु हुदैन । यसो गरे आत्मिक त्यसो गरे संसारिक भन्ने नियम केहि अतिबादी ख्रीष्टियनहरुले बनाएको हो । मैले पढेको बाइबलमा येशूले यस्ता नियमहरु सिकाएको भेटेको छैन । पुरानो नियमका ब्यवस्थाहरुलाई अघि सार्नुहुन्छ होला कति साथिहरुले यो विषयमा वहस गर्नु परे पनि ठिक छ । अव हामीले विभाजनको चस्मा फुकालेर ख्रीष्टको आँखाले हेरौं । भवन र पुल्पिटलाई पवित्र बनाउनुको सट्टा हाम्रो मन र ह्रदयलाई पवित्र वनाउने तर्फ लागौं । म चाहीँ अति पवित्र र प्रचण्ड, माधव नेपाल वा गगन थापाहरु चाहिँ अपवित्र होइनन् । तसर्थ पवित्र पुल्पिटमा को उभियो र कस्ले के भन्यो भन्ने कुरा भन्दा सय गुना बढि खतराचाँही नेपाली ख्रीष्टियनहरुमा राजनीतिको प्रभाव हो । ख्रीष्टका विचार र बाइबलका शिक्षा भन्दा उनीहरुका सिदान्त र विचारले हाम्रो मनमा प्रभाव जमाउन थाल्यो भने त्यो चाहिँ गलत हो । भुलचुक माफ पाउँ । – थिर कोइराला

सिमियोन रोक्काको लेख यस्तो छ –

यती बेला हाम्रा मण्डलीहरुमा बिस्तारवादले ठाउँ पाएको हो या अति उद्दारवादले, मेसो पाउनै सकिरहेको छैन । अन्य अर्थ नलाग्दा मण्डली पर्मेस्वरको आराधना गर्ने आराधकहरु आराधनाको निम्ती भेला हुने थलो हो जहाँ एउटा यस्तो स्थान हुन्छ जसलाई सबैले आदर्णीय मान्दछ, पुल्पिट ! काठ, प्लाई, स्टिल, महँगो सस्तो वा अति साधारण नै किन नहोस तर पुल्पिटको असाधारण महत्व छ जहाँबाट पर्मेश्वरको अभिशिक्त जन पाष्टर भनिने ब्यक्तित्वले पर्मेश्वरको पबित्र धर्मशास्त्रबाट प्रभुको वचन प्रचार गर्छ र त्यसलाई सुन्ने र मनन गर्नेहरुले आफ्नो जीवनलाई सत्यता र धार्मिकताको मार्ग तिर डोर्याउने गर्छ ।
तपाईको के छ मलाई थाहा भएन तर मेरो आफ्नो मण्डलीमा बप्तिस्मा नलिएकाहरु समेत पुल्पिटमा जान हुन्न भनिन्थ्यो । भनिन्थ्यो भन्ने शब्द प्रयोग गरिरहदा गलत अर्थ नलागे महिनावारी भएका, गलत काम गरेका, कसैलाई मन दुखाएका, झगडा भएका र मिलाप न आएका, पापको पश्चाताप नगरेका, अनुशासनमा परेका, अपराधिक कृयाकलापमा संलग्न भएका यस्तै यस्तै ब्यक्तीहरुलाई पुल्पिट दिइन्न । सम्भव त यो मेरो मात्र बुझाई होइन, अधिकांस मण्डलीहरुमा अभ्यास गर्दै आएको कुरा हो । तर अहिले यति बेला मण्डलीमा पुल्पिट राजनैतीक देवताहरुलाई दिन थालिएको छ जो अपराधिक गतिबिधीमा संलग्न छन, भष्टचार र गलत कामहरुमा संलग्न छन । जो हजारौको रगतको बगाएर माथि उठी आएका छन । जो झुटा अश्वासन र झुटा कुरा गर्न सिपालु छन । त्यस्ता नेता देखी राजनेताहरुले समेत पुल्पेटबाट बोलेको सुनेर ताली बजाउने, त्यसैलाई यस्ले यस्तो भन्यो उस्तो भन्यो भनेर पमप्लेट र फोटो बनाएर फेसबुक र युट्यबमा तहल्का मचाउने जस्ता कृयाकलाप भइरहेका छन । जती नै राम्रो बोले पनि, भिडमा बोल्दा, जमातमा अगाडि बाट बोल्दा, स्टेज वा मन्चबाट बोल्दा फरक कुरा तर मण्डलीको पुल्पिटबाट झुटा अश्वासनका कुरा बोल्नु के राम्रो कुरा हो र ? मण्डलीको पुल्पिट के राजनैतिक झुटा अश्वासनका निम्ती हो ?
मण्डलीको पुल्पिट कस्कालागी ? पर्मेश्वरको अभिशिक्त जनका लागि हो या राजनैतीक देवताहरुका लागि ? आजकल मण्डलीमा राजनैतीक देवताहरुले ठाउँ पाउन थालेका छन । हाम्रा इसाईहरुका गोठालाहरुले नै राजनैतिक प्रायोजनका लागि मण्डलीको पुल्पिटको प्रयोग गर्न थालेका छन ।
प्रमुख अतिथी बनाएर राजनैतीक पहुचका ब्यतित्वलाई पुल्पिट दिएर आफ्नो शिर ठाडो भएका मान्नेहरु यदि पुल्पिटको आदर गर्न आउन्न भने नेत्रीत्व छाडि ब्यक्तिगत र स्वतन्त्रपुर्वक पार्टीमा प्रबेश गर्नुहोस, मण्डलीमा पार्टी प्रबेश नगराउनुहोस ।
मण्डलीको पुल्पिटबाट राजनैतीक बिचारधाराहरु बग्न थालएका छन, पुल्पिटलाई सम्मानीय र आदर्णीय बनाउ भन्ने मेरो पुरातात्विक सोच हुन सक्छ । म भन्दा धेरै बुझ्नेहरुले पर्मेश्वरको पवित्र स्थानको बिषयमा बाइबलिय आधारहरु केलाउन सक्छन । पर्मेश्वर कहाँ कहाँ कसरी बोल्नु भएको थियो र पर्मेस्वरको पवित्र स्थानको बिषयमा बाइबलमा स्पष्ट ब्यक्त गरिएको छ । यशुको बलिदान पश्चात हामी पूर्ण र प्रत्यक्ष्य रुपमा उँहासंगको आराधनामा आमने सामने भएका छौ । हाम्रो हृदय पर्मेश्वरको बासस्थान हो, पुल्पिट पर्मेश्वरको बासस्थान होइन तर पनि पुल्पिटको महत्व छ र यो आदर्णीय छ ।
मेरो बुझाई र बिचार पोखेको हुँ ! बुझाई गलत भए सल्लाह पाउ ।

सिमियोन रोक्का

Related Articles

Back to top button