एन.सि.एफ नेपालको ५८ औं बार्षिक उत्वसको उपलक्ष्यमा धन्यवाद तथा विशेष प्रार्थना सभा सम्पन्न

७ जनवरी २०१८ ललितपुर, एन.सि.एफ. नेपाल स्थापनाकालको ५८औं बर्ष पुराभएको विशेष अवसरमा कुसुन्ती स्थित संस्थाको आफ्नै कार्यालयमा एन.सि.एफ. एन. का केन्द्रिय अध्यक्ष रेभ हनोक तामाङ्ग ज्यूको सभापतिन्वमा धन्यवाद तथा विशेष प्रार्थना सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष प्रार्थना सभा कार्यक्रममा संस्थाका निवर्तामान सह सचिव पा. दिनेश सुनुवार ज्यूले सुरुको प्रार्थना गर्नुभएको थियो भने वर्तमान केन्द्रिय अध्यक्ष रेभ. हनोक तामाङ्ग ज्यूले प्रार्थना सभामा उपस्थित पाष्टर तथ अगुवाजनहरुलाई स्वागत गर्नुभएको थियो । त्यसैगरि अध्यक्ष रेभ. हनोक तामाङ्ग ज्यू र भुपु अध्यक्ष डा. सिमोन पाण्डे ज्यूले संयूक्त रुपमा ५८औं एनीभरसरी केक काट्नु भएको थियो यसै क्रममा एन.सि.एफ. एन.का भुपु महासचिव तथा भुपु अध्यक्षको रुपमा समेत सेवा पुर्याई सक्नुभएको डा. सिमोन पाष्डेज्यूले एन.सि.एफ नेपालको इतिहास लाई स्मरण गराउर्दै नेपालको विभिन्न ठाँउमा छरीएर रहेको विश्वासीहरु लाई एक ठाँउमा भेला गरि संगतिको वातावरण निर्माण गर्ने उदेश्य सहित ७ जनवरी १९६० भक्तपुरमा सम्पन्न भएको ख्रीष्टियन अगुवाहरुको पहिलो भेलाले नेपाल ख्रीष्टियन संगति (एन.सि.एफ.) खडा गरि पाष्टर डेभिड मुखिय ज्यूको नेतृत्वमा ७ सदस्य समिति गठन गरि सुरुगरिएको र १९९० मा पुतलीसड चर्चमा सम्पन्न भएको प्रतिनिधि सम्मेलनको निर्णयले एन.सि.एफ. बाट मण्डलीहरु वीचको संगति विस्तार गर्ने गरि एन.सि.एफ.नेपाल नामकरण गरिएको विषयलाई प्रकाश पार्दै एन.सि.एफ.एन. को सक्षिप्त इतिहास प्रस्तुत गनुभएको थियो । धन्यवाद तथा प्रार्थना सभामा उपस्थित बप्तिस काउन्सीलका उपाध्यक्ष पा.राजेन्द्र मल्ला, एन.सि.एस. का सहअध्यक्ष एवं आईटिनका राष्ट्रिय निर्देशक पा. टंक सुवेदी, एन.सि.एस.का महासचिव डिल्लीराम पौडेल महासंघकका प्रतिनिधि पा. बाबुराम हिमाङ्ग ज्यूले छोटो मन्तव्य राख्र्दै एन.सि.एफ. नेपाल ५८ औं बार्षिकोत्सव एवं प्रार्थना दिवसकको उपलक्ष्यमा धन्यवाद तथा शुभाकामना व्यक्त गनुभएको थियो । यसरी नै एन.सि.एफ. एन.का कोषाध्यक्ष पा. विश्वदेव ज्यूले आफुभन्दा पहिले नै जन्मीसकेको यस जेठो सस्थामा पदधिकारीको रुपमा सेवा पुर्याउने अवसर पाउदा खुशी लागेको र यो संगतिलाई यो स्थिर सम्म ल्याईपुर्याउने आदरनिया अग्रजजनहरु प्रति कृताज्ञात प्रकट गर्नुभएको थियो । एन.सि.एफ नेपालको ५८औं प्रार्थना दिवसको यस अवसरमा धन्यवाद दिर्दै केहीसमय सम्वन्धित विषयवस्तु भित्र रहेर संयुक्त रुपमा प्रार्थना गरिएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष रेभ हनोक ज्यूले एन.सि.एफ.ले गरिमामय इतिहास बोकेर आज ५८ औं बसन्त पार गर्न सफल भएको यो अवसर मा सर्व प्रथम परमेश्वरलाई अनि विभिन्न कष्ट र चुनौतिहरु सामान गर्दै कडा परिश्रमकोसाथ योगदान पुर्याउने अग्रजहरुप्रति समेत आभार प्रकट गर्दै प्रार्थना सभामा उपस्थित सवैजनालाई धन्यवाद ज्ञापन गरि अन्तिम आशिषको प्रार्थना गरेर सभा समापन गर्नु भएको थियो । कार्यक्रमलाई केन्द्रिय समितिका सचिव पा. विर बहादुर ज्यूले कुशलता पुर्वक संचालन गर्नुभएको थियो । (संस्थाले जनवरी ७ तारिकलाई प्रार्थना दिवसको रुपमा मनाउदै आएको छ ।) प्रार्थना दिवसको यस अवसरमा एन.सि.एफ. नेपालको क्षेत्रयि कार्यालयहरुमा पनि क्षेत्रिय समितिको आयोजनामा प्रार्थना सभा सम्पन्न भएको छ ।

Related Articles

Back to top button