नेपाली ख्रीष्टीयान युबा मञ्चको देशब्यापी संजालमा

हामीले कस्को नाउँमा बप्तिस्मा लियौ ? त्रिएक परमेश्वर पिता ,पुत्र र पबित्र आत्माको नाउँमा होइन र ? हामी को माथी बिश्वास गर्दैछौं ? के अब्राहम कि मोसा कि एलिया या दाउद ? हाम्रो बिश्वास एउटै छ , आशा पनि एउटै छ भरोसा पनि उहाँ येशु माथिनै छ । चर्च या सम्प्रदाय को नाउँमा होइन तर सिर येशुको नाउमा हामिलाइ एकताको सुत्रमा आउन किन कहिलेकाही दुष्ट ले अबरोध गरिरहेको छ । दुष्ट को युक्ती चर्च र सम्प्रदाय तहसनहस बनाउने हो । के हामी दुष्ट को शक्तिशाली हतियारधारी सेना त बनिरहेको छैनौ ? आफैंले आफैं लाइ हजारौं चोटी प्रश्न गरौं । प्रार्थना गरौ । पबित्र आत्माको अगुवाइ मागौ । यो देश ले परमेश्वर सङ्ग हिड्ने पुस्ता खोज्दैछ । समुदाय र राष्ट्र को लागी मरिहत्ते गर्ने राष्ट्रभक्ती ब्याक्ती हरु खोज्दै छ ।ख्रीष्टियान युवकहरुसङ्ग नुन र ज्योति को उदाहरण खोज्दैछ ।
साच्चिकै तपाइलाइ केहि कुरा खड्किएको महशुस पबित्र आत्माले गराउनुहुन्छ भने कृपया प्रार्थना सहित आउनुहोस् र नेपाली ख्रीष्टीयान युबा मञ्च को देशब्यापी संजालमा जोडिनुहोस । प्रत्येक जिल्ला र प्रदेश बाट १६ देखी ४५ बर्ष उमेर समुहहरु एउटै प्रभु र परमेश्वरको नाउँमा जोडिदैगर्दा यो देश नेपालमा र नेपाली भाषी बिश्व समुदायमा पबित्र आत्माको भारी अभिसेक खनिने छ । ततपस्चात नेपाल देशले आत्मिक तथा भौतिक आशिष संसारभरी बगाउने छ । जयमसिह ।।

Related Articles

Back to top button