विश्वासीको कुकुर भेटियो भने पनि प्यारो लाग्छ बाबु ।

कथा
– हरि जिज्ञासु

येशू प्रभुलाई सहि तरिकाले बुझेर विश्वास गरे कि, त्यतिकै हचुवा तालमा विश्वास गरे त्यो त मलाई पनि थाहा भएन । यो वर्षको ख्रीष्टमस सकिने वित्तिकै काम विशेषले म गाउँ गएको थिएँ । धेरै वर्षपछि गाउँ गएकोले गाउँ विरानो थियो । ‘कहिले आइस जेठा’ भनेर सोध्ने हरुको संख्या प्रशस्थ थियो । साना भाइ बहिनीहरु चिन्न नसकिने भएका थिए । अच्चम लाग्यो मन मनै भने ‘ यो मान्छेको जीवन पनि कति छिटै परिवर्तन हुँदोरहेछ । हिजो साना थिए । कोही जन्मिएकै थिएनन् । आज यति ठूला भएछन् । म चकित भएँ ।
गाउँ गएपछि शनिबार उतै परेकाले सेवा संगतिमा गएँ । वच्चै देखि हुर्केको र हाँसखेल गरेको मण्डलीमा जाँदा, मण्डली परिवारलाई भेट्दा म निकै खुशी थिएँ । तर उमेरले ८० काटेका उख्यारे बाजेलाई त्यो दिन नदेखेकोले अलि मनमा के–के अपुग भएजस्तो भएको थियो । म गाउँमा हुँदा उनले प्राय संगति छुटाउँदैन्थेँ । मैले बाल संगति चलाउँदा, मण्डलीको केही जिम्मेवारी कुराहरु सम्हाल्दा उनले प्रायजसो हौसला र उत्साह दिने भएकाले उनको र मेरो अलि गहिरो सम्बन्ध थियो । उनलाई चर्चमा नदेखेपछि उनको छोरा जेठा सँग सोधेँ ‘ बाजे खै दाजु ?’ उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिए । ‘ बुवा घरमै छन् भाई । बुढालाई टाढाको यात्रा गर्न अलिकति गाह्रो पर्छ । त्यसैले आज आउन सकेनन ।’ म भोलि दिउँसो बाजेलाई भेट्न आउँछु है दाई भनेर उनलाई जानकारी दिएँ । उनले बाजेको बारेमा बताउँदा मन मनै भने ‘मान्छेको जीवन पनि कस्तो अच्चम हिजो अस्ती जोसिला देखिने उख्यारे बाजे पनि आज त हिड्न नसक्ने भएछन् । ’
अर्को दिन दिउँसो उख्यारे बाजेलाई भेटन् उनकै घरमा गएँ । बुढा उमेरले ८५ काटेका जस्ता देखिन्थेँ । कुनै समयमा चिल्ला देखिने उनका गालाहरु चाउरीएका थिए । सायद चिसो मौसम भएकोले होला उनले नेपाली पहिचान झल्काउने सुरुवाल र धेरै ठाउँमा च्यातिएको एउटा गुम्म परेको जकेट लगाएका थिए । उनको परिवारमा दुई वटा छोरा । जेठो छोराले विवाह गरेर घरमै वस्दारहेछन् । कान्छो चाहिँ मलिसिया गएछन् क्यारा । वुवाहारी र जेठो छोराले घर आँगनै अगाडि दुई वटा दुहुना भैँसी बाँधेका रहेछन् । ती भैँसी घर आँगानै अगाडि बाँधिएको कारण गाउँको रहनसहन प्रष्ठिन्थ्यो । भेडाको उनबाट बनेको कम्मल बिच्छाएर घर आँगन अगाडि संधै जसो बस्दा रहेछन् बुढा । दिउँसो पख छोरा बुहारी मेलापात गएपछि घरमा रहेका चल्ला कुकुखुरा हेर्ने जिम्मा बुढाको रहेछ क्यारा । उनले एउटा रेडियो, साथमा ठूलो अच्छेर गरेको बाइबल । अनि पुरानो चस्मा साथमा उनबाट बनेको जाडो छल्ने टोपी , बुढाले दिनभरी बसेर घाम ताप्दै बाइबल पढ्ने गर्दा रहेछन् । रेडियो सुन्दा रहेछन् । रेडियो सुने अनुसार देश र समाजको लागि प्रार्थना पनि गर्दारहेछन् ।
म उनको घर पुग्ने वित्तिकै उनको घर छेवैमा आरुको रुखमूनि बाँधेको कुकुर बुक्यो । बुढा त्यतिखेर अगाँन अगाडि विस्तारा लगाएर सुतेको रहेछन् क्यारा । कुकुर भुकेको कारण बुढा उठेर कुखुराका चल्ला लिनको लागि काक आएको भनी हा ! हा ! गरी कराउँन थाले । टुल्लुक्क म तिर हेरेपछि बुढा एक्कासी मुस्कुराएर भने
‘ ए ! जेठो पो आएछ त । आइजा –आइजा नाती ?’ म उनी भएतिर गएँ । उनकै छेउमा बसेँ । उनलाई गाउँघरतिरको सबै कुराहरु सोधेँ उनले गाउँकै भाषामा जवाफ दिए । ‘सबै ठीकै छ बाबु । हामी सबै सन्चै छौं । उनले मलाई सहरको अवस्थाबारे सोधे मैले पनि जवाफ दिएँ । उनले देशको राजनीतिबारे उनको थोत्रो रेडियोबाट सुन्दा रहेछन् । नेपाली राजनीति देशको बारे पनि उनले कुरा गरे । म छक्क परेँ उमेरले डाँडा काटिसकेका बुढालाई पनि यति साह्रो देशको चिन्ता रहेछ भनेर ।
आफ्नो प्रभु येशू माथिको श्विासलाई प्रष्ठ्याउँदै बुढाले भने ‘ खै बाबु पहिलेको भन्दा अहिले मान्छेहरुको मन अलि फरक देख्छु । मण्डलीमा पनि र बाहिर पनि । देशले पहिलेको भन्दा अहिले विकासमा फड्को मारेपनि अहिले मान्छेहरुकोमन कुरुप हुँदै गएको देख्छु । खै ! के हो बाबु ! बुढाले फेरि थपे ‘ पहिले हामी दियोलो बालेर संगति गर्न जान्थ्यौं । अहिले त्यस्तो छैन । पहिले विश्वासीहरुको कुकुर भेटिए पनि माया लाग्थ्यो र अहिले पनि लाग्छ । ’ बुढाको कुरा सुनेर मेरो मनमा कता–कता बर्तमान समयमा येशूमा विश्वास गर्ने मान्छेहरुको जीवनमा नजर गए । त्यहाँ आफ्नो भन्ने देखिदैन्थ्यो । सहयोग सहकार्य भन्ने छैन् । एक अर्कालाई दोस्याउँने बाहेक अरु देखिदैन् । विश्वासीको कुकुर भेट्दा माया लाग्ने आकास पातलको फरक जस्तो लाग्यो । म भावुक बने । बाजेलाई जवाफ दिन सकिन् बरु उनीबाट केही कुरा सिकेँ । मान्छे भ्रष्ठ हुँदैछ । त्यो दिन बाजेले मलाई आफ्नै घरमा बस्ने आग्रह गरे म त्यो रात उनकै घरमा सुतेँ । घरिलो संगति बस्यौं । बाजेलाई भेट्दा निकै खुशी लाग्यो । म विहानै नयाँ उर्जा लिएर मेरो घर फर्किएँ । त्यहि उर्जा लिएर गाउँबाट सहर फर्किएँ । आज पनि कहिलेकाहिँ त्यहि उख्यारे बाजेले भनेको कुरा याद आउँछ । “विश्वासीको कुकुर देखेपनि माया लाग्छ बाबाु ।”

Related Articles

Back to top button