२७ वर्ष भएछ र हरेक वर्ष यो उत्सव मनाइँदै आएको छ र यसको निरन्तरता दिनु आवश्यक छ

इस्टर उत्सव एक ऐतिहासिक विजयमा रुपमा मैले यसलाई बुझेको छु । यसले येशू ख्रीष्टले आफ्नो जीवनको बलिदान दिनुभई पुनरूत्थान हुनुभएपछि विशेष अर्थसाथ शुरू भएको उत्सव हो । इस्टरले उत्सवले जहिले पनि पुनर्मिलापको निम्ति येशूले गर्नुभएको कार्यको विजयलाई सम्बोधन गर्छ । नेपालमा लामो समयसम्म ख्रीष्टियान विश्वासमाथि गरिएको राजनीतिक र सामाजिक बन्देजले नेपालका ख्रीष्टियानहरुलाई सन् १९९० अर्थात् २०४६ सालसम्म अति संकटमा राखेको थियो र नेपालको विश्वासीहरू एक भएर त्यस सतावटलाई सामना गरेका थिए । सुसमाचार फैलाउने कुरा भइरहेको थियो । २०४६ सालमा देशमा आएको राजनीति परिवर्तनले नेपाली ख्रीष्टियानहरुलाई केही स्वतन्त्रताको अनुभूति दियो र त्यही अनुभूति आजसम्म हामीसँग छ र भविष्यमा के हुन्छ भन्ने कुरा गहिरो प्रार्थना र धैर्यतासँग सम्बन्धित छ । हामी कुनै पनि परिस्थितिमा येशूको प्रेम र मिलापको सन्देश छरेर र परिवर्तित जीवन देखेर रहनपाउँ भन्ने हाम्रो प्रार्थना छ । ख्रीष्टियान विश्वास भनेको नै मन र व्यवहारको परिवर्तन हो जसले एक व्यक्तिलाई मानव बनाउँछ र परमेश्वरको सन्तानको पहिचान प्रदान गर्छ । २०४६ सालमा पहिलोपल्ट इस्टर उत्सव मनाउँदै सडकमा हिँड्ने मध्ये म पनि एक थिएँ । हामसँग धेरै अग्रजहरु र अन्य प्रभुका जनहरु इस्टरको शान्ति जुलुसमा सहभागी थिए । एकातिर स्वतन्त्र भएको अनुभूति र अर्कोतिर ख्रीष्टको विजयको अनुभूतिले हाम्राो मन र ह्रदयलाई भरेको थियो । २०४६ सालदेखि अहिले २०७४ सालसम्म आइपुग्दा अझ्डै २७ वर्ष भएछ र हरेक वर्ष यो उत्सव मनाइँदै आएको छ र यसको निरन्तरता दिनु आवश्यक छ । अहिले नेपालका विभिन्न शहरमा यी उत्सवहरू मनाइनु कति असल साक्षी हो । अहिले काठमाण्डौँ लगायत अन्य ठाउँमा इस्टरको उत्सव मनाउने सम्बन्धमा कसले नेतृत्व दिने भन्ने बारेमा अलमलको स्थिति देखिएको छ र यो कसैका लागि पनि राम्रो गवाही होइन । एक अर्कालाई आदर गर्दै बौरी उठ्नुभएका ख्रीष्टलाई केन्द्रमा राखी हामी सबै नेपालमा रहेका ख्रीष्टियानहरु मिलेर यो उत्सव मनाऔँ भन्ने मेरो प्रार्थना छ । पहिलो इस्टर जुलुसमा रहेका एक जना सहभागीको यही अनुरोध छ कि यसलाई मिलापमा निरन्तरता दिऊँ र कसैप्रति पनि पुर्वाग्रह नराखी एक अर्कालाई बुझ्दै ख्रीष्टको प्रेममा हामी अगाडि बढौँ । यसद्वारा हामीले ख्रीष्टको मिलाको सन्देश सबैकहाँ लैजानेछौँ । यो कसरी शुरू भयो भन्ने इतिहासलाई नभुलौँ । हामी विवेकशील छौँ र त्यसमा आत्मिक र नैतिक गुण पनि थपौँ । यसैमा हाम्राो परिपक्वता प्रदर्शन हुन्छ । जीवित प्रभु येशूले हामी सबैलाई बुद्धि र शान्ति दिऊन् ।

  • Bal Krishna Sharma

Related Articles

Back to top button