असल छाप

पा. प्रकाश मेघी गुरूङ
पवित्र धर्मशास्त्र बाइबलमा हितोपदेश १३ः२२ ले भन्दछ, “असल मानिसले आÇना नाति–नातिनाहरूका निम्ति पैतृक–सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूमा लागि थोपरिन्छ ।” मलाई लाग्छ यस वचनले भौतिक सम्पत्तिको मात्र कुरा गरिराखेको छैन । यसले सन्ततिहरूको लागि छोडिने एउटा ब्रान्ड नाम जो निकै मूल्यवान हुन्छ त्यस कृतिलाई पनि इंगित गराउँदछ । हामी असल काम गरेर एउटा राम्रो छाप छोडेर जानु पर्दछ र खराब काम वा दुष्टताको काम गरेर आÇनो सन्ततिको लागि कालो दाग वा नराम्रो छाप छोडेर जानु हुदैन । राम्रो काम गरी सकरात्मक छाप छोड्न सकिएमा यसले भावी पुस्तालाई पनि तपाईको नामले चिनाउनेछ । उनीहरू आशिषित् हुनेछन तर नराम्रो काम गरेत भावी सन्ततिलाई ‘त्यसको बाबु बाजे यस्तो खत्तम थिए र यस्ताका सन्तान’ भनी मानिसहरूले चिन्नेछन् ।
बाइबलमा असल छाप छोडेको व्यक्तिहरूलाई आज हजारौ वर्षपछि पनि उदाहरणको रूपमा लिइने गरिएको छ । हाबिलको आज्ञाकारीताको कारण उनको सकरात्मक उदाहरणको रूपमा आज पनि प्रचार गरिन्छ त्यसैगरी कयिनको पनि उदाहरण त लिइन्छ तर एक भाइ हत्यारा र खराब कुरा परमेश्वरलाई चढाउनेको रूपमा । नूहको नाम पनि प्रसिद्ध छ । अब्राहाम पनि विश्वासको कार्यमा लागेको कारण विश्वासको पिता भनी चिनिन्छन् अनि हामी इसाईहरू पनि परमेश्वरमा विश्वास गरेको कारण अब्राहामका सन्तान भनी नाम जोड्दछौं । हाम्रो समाजमा कोहीले राम्रो काम गरेको छ भने साईनो, नाता केलाएर ‘उहाँ त मेरो नातेदार वा चिनजानको मान्छे हो’ भनेर हामी भन्न खोज्दछौं र सिफारिस लिन्छौं । त्यसकारणले पनि असल काम गरेर छोडनुपर्छ । मानिस लोभ, लालच र अनेक तिकडम गरेर आÇनो कामलाई माथि बडाउन चाहन्छ तर बदनाम भएर सम्पत्ति कमाउने, घमण्डी बन्ने यस्तो कार्यले असल छाप छोड्दैन । असल छाप छोड्नलाई मेहनत गर्नुपर्छ । याकूबले इस्राएल नाम पाउनको लागि रातभर स्वर्गदूतसँग कुश्ती खेलेको हामीले पाउँछौं । जो मानिसले मेहनत गर्दछ उसले आÇनो बंशलाई राम्रो छाप छोड्दछ । योसेफ पनि एउटा उदाहरण हो तिनले पनि विश्वास साथ काम गरेको कारण उनी निकै उच्च ओहोदामा पुगेको हामीले देखेका छौं । मान, इज्जत र प्रतिष्ठा कमाउनु पर्दछ खोजेर हुँदैन । मानिसले आदर सम्मान खोज्दछ तर त्यो पाउनलाई उसको व्यवहार र काम कस्तो छ उनैले स्वमूल्यांकन गर्न जरूरी छ ।
नयाँ नियममा येशू, चेलाहरू र पावलको बारेमा सकरात्मक उदाहरण हेर्दछौं । हामी इसाईहरू अहिले नराम्रो उदाहरण दिनुपरेमा ‘यहूदा इस्करयोती जस्तो नबन है’ भनेर भन्दछौं यसको कारण उसको खराप छाप र लोभ थियो । मानिस एक दिन मरेर जान पर्छ । केही नलिई जानुपर्दछ । हामी ख्रीष्टको नाममा भ्रष्टाचार गर्दछौ, ख्रीष्टको नाममा आÇनो फाइदाको लागि माग्दछौं र पाप गर्दछौ । ख्रीष्टको नाम लिएर बदनामी हुन्छौ र सन्तानलाई समेत नराम्रो नाम दिएर जान्छौं । यसमा निक्कै गम्भीर भएर सोच्न जरूरी छ ।
अमेरिकामा धेरै काला दाजुभाइहरू छन् र यस्ता छाप छोडेका छन कि यहाँ केही चोरी भएमा पहिला काला जातिहरूमाझ खोज तलास गरिन्छ । कति मानिसहरू उनीहरूलाई देखेर नै पनि डराउछन् । सबै काला जातिका मानिसहरू खराब छैनन् । यो देशले काला नेताहरू अब्राहाम लिकंन, मार्टिन लुथर, ओबामा जस्ता व्यक्तिहरू पनि पाएका छन् । उनीहरूमा असल मानिसहरू छन् तर पनि उनीहरूका बाजेहरूले नराम्रो काम गरेको कारण उनीहरूलाई दोष लगाउँछन् । कतै पसलमा तोडफोड भएमा ‘कालेहरूले गरे होला’ भनिन्छ । त्यसैले हामी सबले संसार छोड्न भन्दा अगिनै असल छाप छोड्न जरूरी छ । सांसारिक धन, सम्पत्ति र ज्ञान आर्जन गरिएला तर राम्रो छाप छोड्न सकिएन भने त्यसको के लाभ हुन्छ र? मर्दा खेरी असल र धर्मी मानिस मरे भनेर मानिसले भन्न सकोस् । बाइबलमा पुरानो र नयाँ नियममा असल छाप छोडेका व्यक्तिहरू हामी देख्दछौ । नेपालमा पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर असल छाप छोडे । संसारमा जोन क्यालभीन, अब्राहाम लिंकन, महात्मा गान्धी आदिले असल छाप छोडे । धेरै सम्पति जोड्नु भन्दा असल बाटोमा छोराछोरी हिडाउनु जरूरी छ । जति सम्पत्ति कमाए पनि खराब सन्तानले सकिदिन्छ र राम्रो सन्तान छन् भने आफै कमाउँछन् तसर्थ लोभ लालचले कमाएको सम्पत्तिको अर्थ हुदैन । तपाईको असली कमाई भनेको असल बाटो र धार्मिकताको बाटोमा हिडनु हो । तसर्थ भविष्यको सन्तानलाई असल छाप छोडन् जरूरी छ । हामी सबै दुर्गन्धित होइन तर नमुनाको व्यक्ति बन्न जरूरी छ । हाम्रो जीवन चाँहि ६७ औ पुस्तक हो ताकि मानिसले हामीलाई पढ्न सक्छन । तसर्थ असल छाप छोडौं । शानोन एल. एल्डर भन्ने एक जना मानिसले भनेका छन् “तपाईंको नाम चिहानमा होइन, मानिसको ह्दयमा खोप्नुहोस् । विरासत चाहिँ तपार्इंको बारेमा बाँडिने कथाहरू र अरूको ह्दयमा खोपिएको हुन्छ ।” साँच्चै आज तपाईं र मैले एक उदाहरणीय जीवन जिएर मानिसको ह्दयमा हाम्रो नाम खोप्ने गरौ र हाम्रा असल कथाहरू पुस्तादेखि पुस्तासम्म भनिउन् । परमेश्वरले हामीलाई आशिष् दिनुभएको होस् ।

Related Articles

Back to top button