चार्ल्स डार्बिनको‌ अन्तिम समयमा‌ भएको रोचक घटना…

Evolution Theory का पिता चार्ल्स डार्बिन जसलाई Father of Evolution भनिन्छ। उनको जीवनको अन्तिम ‌क्षणहरुमा के भएको थियो वा उनको मृत्यु कसरी भयो सायद धेरैलाई ‌यो विषयमा ‌थाह नहुन सक्छ यसकारण उनको मृत्यु सय्याका‌‌ सत्य घटनालाई‌ दानियल राई द्वारा लिखित पुस्तक “हिमाल‌ झै अचल- सत्य यो ‌अपार” बाट जस्ताको‌ तस्तै प्रस्तुत गर्न‌ चाहान्छु।
विज्ञानवेत्ता डार्बिनद्वारा लिखित ‘जाति-उपजातिको उत्पत्ति (The Origin of Species) नामक किताबले पृथ्वीमा डढेलो‌ लगायो। सम्पूर्ण संसारले यस किताबलाई दुई हातले अँगाल्यो, फलस्वरुप‌ संसारको प्रत्येक स्कूल र कलेजमा‌  डार्बिनको सिधान्त (Theory) पढाइन्छ। तर, डार्बिनको यस ‘जाति- उपजातिको उत्पत्ति’ नामक किताबले बाइबललाई गाड्ने कोशिष गरेको छ। बाइबलको त्थयलसई ‌यस किताबले रद्द‌ गरेको छ। बाइबलले भन्छ, “परमेश्वरले मान्छेको सृष्टि गर्नुभयो।” परमेश्वरले नै पशुहरु पक्षीहरु, किराहरुको‌ पनि सृष्टि गर्नुभयो।”
तर डार्बिनको किताबले भन्छ- “मान्छे, पशु, पक्षीको ‌सृष्टि एक्कासि भएको होइन। सानुभन्दा सानु एउटा मात्र सेल‌(cell)  ले बनिएको अमिबा (amoeba)  जस्तो जीवाणु बिस्तारी- बिस्तारी बद्ली हुँदै धेरै सेलले बनेको ठूलो‌ किरो भयो; फेरी अलिक ठूलो किसिमको जल- थलवासी प्राणी भयो; बिस्तारै परिवर्तित भएर घस्रने जन्तु भयो, त्यसपछि पशु, बाँदर, वन-मान्छे हुँदै मान्छे बनियो।” यसरी सानु प्राणीको‌ विकास हुँदै ठूलो, मान्छेसम्म‌ हुनगएको सिद्धान्त या विचारको जन्म ‘जाति, उपजातिको उत्पत्ति’ नामक किताबबाटै भएको हुनाले चार्ल्स डार्बिन नै ‘विकासवाद सिद्धान्त’ (Evolution Theory) का‌ ‘पिता’ ठहरिए। अहिले जगतले  तिनलाई विकासवादका पिता (Father of Evolution) को नामले सुशोभित गरेको छ। विकासवादको उत्थान, परिवर्तन र अरुहरुको योगको सम्बन्धमा कुरा गर्ने अवश्यकता यहाँ देख्तैनौ।‌ यस्ता तगडा जवान विज्ञानवेता डार्बिनको जीवनको सानु अन्तिम झाँकी प्रोफेसर एनोकको किताब Evolution or Creation बाट दिन चाहान्छु।
“महोदया होप” (Lady Hope)  चार्ल्स डार्बिनलाई भेट्न गइन्। डार्बिन जीवनको अन्तिम ‌क्षणमा‌ पुगिसकेका थिए। महोदया होप भन्छिन् – ‘डार्बिन शय्याग्रस्त भइसकेका‌ थिए! म उनको कोठामा पस्दाहुँदि उनको चेहरा आनन्दले उज्यालो भएको देखा पर्यो। तिनी पलङमा शिरानीको अडेस लगाएर बसेका रहेछन्। तिनले हात उठाएर झ्यालबाट बाहिर देखिने अस्त हुँदै गएको सूर्यको सुनौलो किरणले मनोहर बनाएको हेमन्तको‌ सुन्दरतालाई  देखाए। तिनको अर्को हातमा तिनले निरन्तर पढिरहने पुस्तक बाइबल थियो।
‘के पढ्दैहुनुहुन्छ ?’ मैले‌ सोधे ?
हिब्रु पढदैछु । अझै यही पढ्दैछु। राजसी पुस्तक हो यो, म भन्छु।’ यसो भन्दै तिनले बाइबलको‌ हिब्रु नामक किताबका केही सुनौला अंशहरुमा‌ अौला राख्दै तिनका महत्वपूर्ण कुराहरु मलाई बताए।
मैले पनि उनलाई बाइबलको पहिलो अध्यायमा दिइएको‌ उत्पत्तिको कुरालाई विरोधीहरुले हाँसोमा उडाएको विषयमा उनलाई बताएँ। (डार्बिनकै किताबलाई पढेर‌ ती विरोधीहरुले‌ बाइबलको हाँसो गरेका थिए – लेखक)
यो कुरा सुनी डार्बिनको चेहरामा उदासी ‌छायो। पिडित  हुँदै तिनले मुट्ठी‌ बाँधे, र मलाई भने- “विचार र बुद्धि नपाकेको जवान मान्छे म थिएँ। यो पो होला, उ पो होला भनी विचार पोख्थे, प्रशन गर्थे, खोज गर्थे। म छक्कै पर्छु, किन मेरो‌ त्यो‌ विचार बनको डढेलो झै फैलियो।” केही समय चूप लागेर बसेपछि प्रेमपूर्वक पक्रिराखेको बाइबललाई घरि घरि निहार्दै तिनले परमेश्वरको पवित्रता र बाइबलको श्रेष्ठताको विषयमा दुईचार कुरा गरे, अनि भने- ‘हेर्नुहोस, त्यस बगैंचामा ग्रीष्म ऋतुमा बस्ने‌ मेरो घर छ। त्यसमा ३०- ४० जना मान्छे अँटाउँछन्। भोली दिँउसो म मेरा नोकरहरु, किरायादारहरु र केही छिमेकीहरुलाई बोलाउँला। के तपाईले‌ उनीहरुलाई प्रभुको प्रवचन सुनाइदिनुहुन्छ ?’ “म कें विषयमा प्रवचन दिँऊ उनीहरुलाई ?”
तिनले जोर दिएर भने- ‘प्रभु येशुको विषयमा, र उहाँको उद्धारकको विषयमा। के यो सर्वोत्तम विषय होइन र ? तपाईले आफ्नो सानु बाजा बजाएर प्रभुको स्तुति उनीहरुसँग मिली गर्नुहुनेछ भन्ने अाशा राखेको छु।’ यसो भन्दै गर्दा तिनको‌ चेहरा अति प्रज्वलित भएको थियो, त्यो‌ म कहिल्यै बिर्सन्नँ। तिनले फेरी भने- “हेर्नुहोस, भोलिको सेवा तपाईले तिन बजे लिनुभयो भने यो मेेरो झ्याल खुला रहेको हुनेछ, अनि म पनि तपाईहरुसँग स्तुति गरिरहेको छु भन्ने कुरा तपाईलाई थाहा लाग्नेछ।”
जसले विकासवाद (Evolution) को परिचय संसारलाई दिए, तिनी आफै ज्ञानमा‌ परिपक्व भएपछि यसरी बाइबल र प्रभु ख्रीष्टतर्फ फर्के। तर संसार डार्बिनले‌ रद्द गरेको सिद्धान्तमा‌ झुण्डेर दगुरिरहेछ अाज पनि। विकासवाद आजसम्म पनि एउटा Theory (विचार) मात्र हो,‌ यो Fact (तथ्य, सत्य) ठहरिएको छैन, कहिल्यै ठहरिदैन पनि, किनभने विकासवाद असत्य हो।
अन्तमा‌ दुई शव्द..
चार्ल्स डार्बिनले‌ जुन‌ किताब  “The Origin of Species”  लेखेर ‌गए त्यसको निम्ति तिनले अन्तमा‌ पस्चताप गरे र बाइबलको सत्यतालाई नै तिनले पनि अगाले।
इतिहास यस कुराको‌ शाक्षी छ, संसारमा यस्ता‌ विरोधीहरु कति अाए कति तर परमेश्वरको विरोद्ध काम गर्ने ती मानिसहरुको जीवनको‌ अन्त कहिले‌ पनि राम्रो भएन। यस्ता उदाहरण थुप्रै छ। यस्ता व्यक्तिहरुको‌ विरोध र नचाहिन्दो घमण्डहरुले‌ उनीहरुलाई‌ अन्तमा‌ भयानक ‌कष्टमा‌ पुरायो र‌आज उनिहरुको‌ संसारमा‌ कुनै अस्तित्व पनि छैन तर कति जना यस्ता  व्याक्तिहरु छन् जो हरुको समयमा नै होस फर्कियो‌ र उनीहरुले पस्चताप ‌गरे जस मध्ये चार्ल्स डार्बिन पनि एक हुन।
बाइबल अकाट्य‌ सत्य छ। वैज्ञनिक‌,‌भौगलिक र संसारको‌ हरेक कसीहरुमा‌ यो सत्य प्रमाणित भइसकेको छ। ती विरोधीहरुको‌ आज संसारमा कुनै अस्तित्व छैन तर हजारौं वर्ष देखि परमेश्वरको सत्यता चट्टान सरह स्थिर छ। जस्तै षड्यन्त्र गरेर ख्रीष्टको सत्यतालाई दबाउन चाहेता पनि अनि ‌जस्तै राष्ट्र वा राजनैतिक‌ शक्तिले औ न कुनै कानुन बनाएर विरोध गरेता पनि न ख्रीष्टानहरु सकिएर‌ गएन न त बाइबलको‌ प्रचार प्रसार नै बन्दभयो‌ तर ठिक उल्टा जहाँ जहाँ विरोध र ख्रीष्टानहरुलाई अत्यचार भयो त्यहाँ त्यहाँ झन ख्रीष्टानहरु बढेर गएको‌ इतिहास शाक्षी छ। के यो ‌ख्रीष्टानहरुले ख्रीष्टको सत्यतालाई संरक्षण गरेर राखेको‌ कारणले‌ भएको हो ? कदापी होइन तर युगौं युगदेखी यसको ‌पछाडी उनै सृष्टिकर्ता परमेश्वरको हात छ। जुन प्रकारको‌ सतावट र अत्यचार ख्रीष्टानहरुले‌ आजसम्म सहेर आएको ‌छ यदि ख्रीष्ट, बाइबल र ख्रीष्टान विश्वास झुटो भए त्यस प्रकारको खेदो र सतावटले त उहिले नै ख्रीष्टानहरु निमिट्यान्न हुनुपर्ने‌ हो‌ तर प्रभु येशुको प्रेममा‌ ढुबेका उहाँको ‌जनहरुले त्यस सत्यको‌ निम्ति आफ्नो‌‌ प्राणको आहुति दिन ‌कहिले पछि हटेन। उहाँको निम्ति त्यो ‌सतावट सहनु सौभाग्य सम्झिने यस्ता‌ लाखौ लाखौ ख्रीष्टान सहिदहरुको रगतले उहाको मण्डली झन ‌मौलिन्दै गइरहेको‌ छ अनि‌ मौलि रहने छ। किनभने यो सत्यताको सुरक्षा‌ स्वयम परमप्रभु परमेश्वरले गर्नु भएको‌ हो‌ जाबो ‌मानिसले होइन।
सबै महिमा‌ उनै हाम्रो सत्य‌ परमेश्वरलाई भएको‌होस।
                   आमिन
(पाष्टर बिमल छेत्री, शिलिगुढी)

Related Articles

Back to top button