मलाई जिस्काउन मात्र भएपनि उ किन आउदैन ? (प्रेम दिवसको कथा)

-समयकुमार रम्तेल

भनिन्छ प्रेममा कुनै जात, धर्म, वर्ग, प्रदेश र लिङ्ग हुदैन । प्रेम गर्न कुनै सिमा वा पर्खालले छेक्न सक्दैन पनि भनिन्छ । संसारमा धेरै पुस्तक, पत्रपत्रिका,चलचित्र, गीतहरु प्रेमको विषयमा नै प्रकाशन तथा प्रसारण हुन्छ । मानव जीवनको सार्थकता प्रेमले उत्प्रेरित गरेको हुन्छ । प्रेम दिवसको दिन अर्थात Valentine Day भन्दा हजारौ बर्ष देखि भनौ सृष्टिको युग देखि नै प्रेमले मानव र इवरवीचको सम्वन्धलाई न्यानो बनाएको छ । युहन्ना ३ः१६ अनुसार किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो । ताकि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो उहाँ माथि विश्वास गर्ने कोहि पनि नष्ट नहोस तर त्यसले अनन्त जीवन पाओस् । १३ बर्षको किशोर देखि ९० बर्षको वृद्ध समेतलाई प्रेमको, विवाहको कुराले उनीहरुको ध्यान खिचिहाल्छ । वृद्ध–वृद्धालाई उनीहरु युवा अवस्थाको प्रेम,विवाह र यौन जस्ता विषयहरुको प्रसङ्ग वोल्न दियौ भने उत्साहीत र लजाउदै आफ्नो अनुभव व्यक्त गर्दछन् । किनकि प्रेम र विवाहले मानिसलाई मिठो र सधै ताजा अनुभूति दिइरहेको हुन्छ । त्यसैगरी बाइबल धर्मशास्त्रले पनि परमेश्वरको प्रेम मानिसमाथि कसरी खनिएको छ भन्ने हजारौ प्रमाण दिदछ । किनभने उहाँमा प्रेम छ । अनि यो प्रेमको गहिराई कति छ भनेर नाप्न कठिन छ । बाइबलले बताउँछ कि परमेश्वर प्रेम हुनुहुन्छ । ..परमेश्वर. प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ । १ यूहत्रा ४ः१६ परमेश्वरको विशेषताको मुलसार चाहिँ प्रेम हो । त्यहाँ चाहिँ पूर्ण प्रेम छ । हुनत परमेश्वर एक्लै हुनुहुत्रथ्यो, त्यहाँ त्रिएकत्व भत्रे कुरा हामी पाउँछौं, यस हिसावले परमेश्वरले हामीलाई बनाउन आवस्यक थिएन । तर उहाँको प्रेम हामीमा प्रकट गर्न चाहानुहुन्थ्यो । ..हे याकुवका घराना, ध्यानसित सुन, इस्रायलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेकोछु र तँलाई जन्मैदेखि बोकेकोछु । बुढेसकाल सम्मै बोकेर हिँड्नेछु र तँलाई बचाउनेछु र छुटाउनेछु । यशैया ४६ः३–४ ।
विभिन्न देशका मानिसहरूको भाषा नबुझौंला तर तिनीहरुले हामी प्रति गरेको प्रेम र दया भने बुझ्न सक्छौं । कारण संसारभरीनै प्रेमको भाषा एउटै हुन्छ । जुन भाषालाई आत्माको भाषा भनिन्छ । परमेश्वरले त्यसै आत्माको भाषाबाट धेरै रोगी, लाटा, गुंगा, बैरो, सुस्तमनस्थिती, पागल, भुतात्मा लागेका सवैलाई चङ्गाईदिएको थुप्रै उदाहरणहरू छन् । जसलाई हामी जीवन गवाहीको आवाज भनी ठोकुवा गर्दछौं । विश्वलाई एउटै एकता, शान्ति र न्याय दिन सक्ने भाषा नै प्रेम हो । जुन भाषालाई म आत्मिक संगित र साहित्य बनाउने कोशिसमा छु ।यसपालीको प्रेम दिवसको अवसरमा प्रेमको एउटा कथा केवल तपाईंको लागि ।
प्रेमदिवसको कथा
राजु र कोमल क्लासमेट हुन् । बचपन देखि सँगसँगै हुर्केका उनीहरु पढाइमा पनि खुव प्रतिस्प्रर्धी थिए । कोमल सारै सुन्दरी थिइन् । मिस नेपालमा समेत भाग लिइसकेकी उनी एस.एल.सीटपर हुन् । उनको हाइट, प्रोसनालिटी, बोलीवचन सबैलाई लोभ्याउने खालको थियो । कक्षामा, कलेजमा, मिडियामा र समाजमा जताततै उनको चर्चापरिचर्चा छ । उनी उच्च वर्ग परिवारकी हुन् । घरपरिवार आफन्त र साथीभाइमा पनि प्रिय थिइन् । तर राजु भने निम्न वर्गका थिए । उनको व्यक्तित्व सरल थियो । कोमललाई सधै जसो जिस्काउने गर्दथियो । कोमललाई राजुले जिस्काएको फिटिकै मनपर्दैन थियो । कक्षामा, घरमा र बाटोमा समेत जिस्काउने गर्दा उनलाई राजु प्रति एलर्जी नै भैसकेको थियो । पहिला पहिला नजिकको साथी भएपनि राजुलाई घिणा गर्न लागिन । उत्ता राजुभने कोमलको प्रेममा फसेको थियो । राजुले दिएको उपहार, सहायता, नजिकता र बोल्न खोज्दा समेतकोमल आक्रोसित हुदै रिसाउदै र झोकिदै हिड्न थाल्छिन् । यता राजुभने कोमलको विभिन्न गुण र स्वभावमा पनि रमाउदै कोमलको नजिक हुन खोज्छ । कोमललाई एक दिन नदेख्दा उसलाई रातमा निन्द्रा र दिनमा भोक लाग्दैन थियो । जसरी भएपनि विभिन्न वहानामा कोमललाई भेट्न जान्थ्यो । ईमेल, एसएमएस,च्याट र फेसबुकबाट समेत प्रेमको प्रस्ताव राख्न सहास बटुल्छ । तर पनि सकिरहेको थिएन । मौका खोजिरहेको थियो । ख्रीष्टमस, न्यूयर, बर्थडे, ल्होसार,फ्रेण्डसिप डे विभिन्न अवसरमा शुभकामना र उपहार समेत कोमललाई दिइसकेको थियो । तर पनि राम्रो प्रतिक्रिया नपाएपछि अर्को अवसरको खोजीमा थिए उनी । कोमल प्लस टुको रिजल्टमा प्रथम भएकी खबर पाउने वितिकै राजुले मिठाइ बोकेर कोमलको घरमा पुग्छ । राजु कोमलको ढोका ढकढकाउछ । कोमल श्रृंगारमा व्यस्त थिइन् । किनकी कलेजको विदाई उत्सवमा जाने तयारीमा थिइन् । कोमल ढोका खोल्छिन् । राजुभने कङ¥याचुलेसन डियर भन्दै उनको हातमा उपहार थमाउछ । तर कोमल राजुप्रति सारै रातोपिरो हुदै उपहारलाई डष्टविनमा फालिदिन् । आक्रोसीत हुदै राजुप्रति खनिन थालिन् । मलाई तेरो अनुहार समेत हेर्न मन लाग्दैन ।How dare you. get out from my room ! भन्दै विभिन्न गालि दिदै बाहिर पठाइन् । राजुभने सरी सरी भन्दै वाहिरीए । मेरो कसुर के थियो, म त उनको प्रगतिमा रमाउने मान्छे । म मनपराउछु उनलाई । के मन पराउनु पाप हो र ? यस्तै कुरा सोच्दै बाटोभरी एकसुरले हिड्छ । घरमा पुगेर विछोडको पिडा र प्रेमको आगो निभाउन बाथरुममा नुहाएर । सोफामा पल्टदै रिमोट समाउछ । टिभीमा भोली फेव्ररी १४ तारिख जुन प्रेमदिवश अर्थात भ्यालेनटाइन डेको लागि भनेर ठूलाठूला होटलहरुले तयारी गरेको , बजारमा गुलाफको फूलहरु पनि धमाधम बिक्रि भैरहेको र पिकनिक स्र्पोट पार्कहरु पनि सजीसजावट भैरहेको कुरा टिभीले प्रसारण गरीरहेको थियो । टिभिहेरे पछि उनले भोली म पनि कोमललाई फूल दिनेछु । भनेर सोचे तर कसरी दिउ ? आज नै मेरो सातो गैसक्यो । कोमल त नाम मात्रको कोमल हुन् । मुटु पनि पत्थरले पो बनेको छ की क्याहो ? मनमा यस्तै दोधारका कुरा खेलाउदै रातभरी निदाउन सकेन । भोली पल्ट विहान सबै पसल धायो तर सबै फूलहरु प्लाष्टिकको मात्र बाँकी रहेछन् । त्यही पनि हारालुस गरेर एउटा पनि रहेन । बाटोमा आउदै गर्दा चर्चको पर्खालमा अति सुन्दर गुलाफहरु फुलेको देखेछ । खुशीहुदै प्लाष्टिकको भन्दा त प्राकृतिक फूल नै असल हो भनेर टिप्यो । नयाँ पहिरहन, हल्का मेकप र मिठो परफ्यूम छरी ह्यानसम हुदै कोमलको कोठामा पुग्छ । कोमल ऐनामा व्यस्त थिइन् । विस्तारै अघि बढ्दै कोमलको शीरमा फूल सिउरिदिन्छ । कोमललाई अति सुहाउछ । अनि कोमल ऐना हेर्दै मुस्कुराउछिन् । तर कोमलले यो फूल सिउरिदिने को रहेछ भनेर हेर्दा । कोमलको हसिलो मुहारमा अचानक परिवर्तन छायो । रिसले चुरहुदै फेरी सदाझै गाली गर्न थालिन । तेरो फूल चाहिँदैन भनेर निकाल्न खोज्दा राजुले हतपत्त निकालेर राजु त्यहाँबाट भागे । राजु मनमनै खनिन थाले । जीवनभरीको सपना सिसासरी चक्नाचुर भयो । विछोडका गीत सुनेर र प्रेमकहानी पडेर घायल मनमा मलमपटी लगाउदै बसेका थिए । कोठामा छटपटी रहेका थिए । कोमलको व्यवहारले साहै चोट परेको थियो उनलाई ।
भोली पल्ट, पर्सी पल्ट हुँदै एक हप्ता पछि कोमल सधैं झै ऐना अगाडी गएर यसरी भन्दै थिइन् । मलाई जिस्काउन मात्र भएपनि उ किन आउदैन ? कहाँ गयो होला मलाई जिस्काउने मान्छे ? अब त कोमललाई राजुको जिस्काइ नै प्यारो लाग्न थालेको छ । राजुलाई घिणा गर्दागर्दै पनि कोमलको मन कोमल भएछ । गाली गर्दागर्दै प्रेम सरीसकेछ । माया पलाएछ । प्रेम बसिसकेछ ।
उनले हतारहतार मोबाइल पल्टाइन् । डायल गरिन् । स्वीच अफ थियो । क्यालेण्डर पल्टाइन् । जुन दिन राजुसँग झगडा परेको थियो । त्यो दिन त भ्यालेनटाइन डे को दिन पो रहेछ । बल्ल कोमलले बुझिन् राजुको निस्वार्थ प्रेम । प्रेम दिवशको चिनो गुलाफको फुल । अनि कोमल भन्दैछिन आज — मलाई जिस्काउन मात्र भएपनि उ किन आउदैन ?

Related Articles

Back to top button