नेपाली ख्रीष्टियन युवा मञ्चको राष्ट्रिय भेला सम्पन्न

विश्वास थापा । फेब्रोअरी १३, २०१८ । पछिल्लो समय नेपालभरका युवाहरु एकजुट हुँदैछन् । राष्ट्रियस्तरको तथा स्वतन्त्र प्रकारको कुनै पनि युवाहरुको संघ तथा संस्था नभएकोले पछिल्लो समय नेपाली ख्रीष्टियन युवा मञ्चले गति लिदैछ ।

आज नवजीवन पुनस्र्थापना चर्चमा राष्ट्रिय भेला सम्पन्न भएको छ । सो भेलाका मञ्चका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा विभिन्न युवाहरुको बीचमा युवा पाष्टर रोहित ढकालले परमेश्वरको वचन बाड्नु भएको थियो । येशू प्रभु फुकाउन आउने भएको हो भन्ने विषयमा बोल्नु भएको थियो । सो वचन हेर्नको लागि यस लिकमा क्लिक गर्नुहोस् ।

कुमार अव्राहमले संचालन गर्नुभएको थियो भने समयकुमार रम्तेलले मञ्चको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मञ्चका सह–अध्यक्ष रोशन खतिवडाले स्वागत र मन्तव्य राख्नुभएको थियो ।

खानापछि सातै प्रदेशबाट आउनु भएको युवाहरुलाई समूह समूहमा राखि बृहत छलफल भएको थियो । सो छलफलबाट सातै प्रदेशबाट संयोजक र सहसंयोजक चयन हुनुभएका छन् । प्रदेश नम्बर १ बाट संयोजक दिपेन्द्र आछामी, सह–संयोजक महेस दास साथै संन्तोष बराइली। प्रदेश नम्बर २ बाट संयोजक ललन यादव, सह–संयोजक सरोज घिमिरे सदस्य सद्रक महरा, प्रदेश नम्बर ३ बाट संयोजक समयकुमार रम्तेल, सह–संयोजक चिरिन्जीवि सुनुवार, प्रदेश नम्बर ४ बाट संयोजक अमृत पुन र सह–संयोजक प्रकाश बानियाँ, प्रदेश नम्बर ५ बाट संयोजक सुनिल वि.एम. , सह–संयोजक रामकुमार विश्वकर्मा र सदस्य राजु छिनाल, प्रदेश नम्बर ६ बाट संयोजक राजु छामिछाने , सह–संयोजक बलबहादुर नेपाल साथै सदस्यहरुमा क्रमशः शान्तबहादुर भण्डारी, हरिचन्द्र बोहोरा र नरेशकुमार खड्का प्रदेश नम्बर ७ बाट संयोजक लुकास बोम्जन र सह–संयोजक जोयल तामाङ चयन हुनुभएको छ ।
नेपाली ख्रीष्टियन युवा मञ्च देशभरी फैलिदै भएको र अझ प्रभावकारी रुपमा कार्य गर्नेछ भनेर सो मञ्चका महासचिव तुलसी श्रेष्ठले वचन पत्रिकालाई बताउनु भएको छ ।

Related Articles

Back to top button