पा. रामकृष्ण पन्थको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति

मकवानपुर आवाज गठन २०७४/०७/९ गत्ते बसेको भेलालाई पुर्णता दिदै आज ०७४/११/०९ गत्ते बसेको बैठकले पा. रामकृष्ण पन्थको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरियो, यस समितिले इसाई हक हितको निम्ति आवज उठाउने , आवाज बिहिन इसाई हरुको आवाज बन्ने यो समितिको मुख्य लक्ष्य रहेको छ। विकट र पेलिएर रहेको इसाईहरुको बिचमा मध्यस्थता गर्ने बताएको छ। इसाईहरुलाइ झुटा मुद्दा लागाउने, धम्काउने, आस्था परिवर्तन गर्न दबाब दिने हरुको बिरुद्ध यो मकवानपुरको इसाईको सयुक्त कदम रहेको अध्यक्षले बताउनु भयो।
कार्यक्रममा मकवानपुरका अगुवा पास्टरको सहभागिता रहेको थियो । 
– सहसचिव , सुन्दर दाहाल

Related Articles

Back to top button