सल्यानमा सुरु भएको चंगाई महोत्सव आज सकियो

–हरि जिज्ञासु
फागुन १६ / राष्ट्रिय ख्रीष्टयन महासँग सल्यान शाखा लगायत सल्यानमा रहेका सम्पूर्ण मण्डलीहरुद्वारा हिजो देखि सल्यान खलंगाको टुडीखेल मैदानमा आयोजित दुई दिने चंगाई महोत्सव आज सकिएको छ ।
वि.नि.प्र.प सेवाकाईका संस्थापक तथा राष्ट्रिय अन्तिराष्ट्रिय स्तरका चंगाई बक्ता श्री चेत खरेल रहेको चंगाई महोत्सव उद्घाटको दिन सल्यान जिल्लाका विभिन्न जिम्मेवारी व्यक्तित्वहरुको आथित्यता रहेको थियो ।
मानवीय विचार भन्दा बाहिरको स्वास्थ्य उपचार ईश्वरीय उपचार हो भन्ने नारा सहित विश्वास गर्नुहोस्, निको हुनुहोस्, प्रशंषा गर्नुहो, र प्रचार गर्नुहोस्, भन्ने विषयलाई लिएर धेरै वर्ष अगी वि.नि.प्र.प सेवाकाईले इलामबाट सुरुगरेको सेवाकाईलाई अस्ती १४ गते सल्यान खलंगामा पनि पत्रकार सम्मेलन गरी हिजो उद्घाटन सहित सुरु गरिएको थियो । दुई दिन सम्मको लागि सञ्चालित चंगाई कार्यक्रममा विभिन्न विरामीहरु निको भएका छन् । आँखा नदेख्नेहरु, कान नसुन्नेहरु, हातखुट्टा नचल्नेहरुले प्रार्थनापछि हजारौं मान्छेहरुको सामु आफू निको भएको र चंगाई पाएको बताएका छन् । उनीहरुले आफूले देखेको र सुनेको पनि प्रमाणीत गरेका छन् ।

Related Articles

Back to top button