झुटो र साँचो शिक्षा

सुनेको थिएँ एक समय अमेरिकामा नक्कली नोटको बिगबिगी भयो। त्यति बेला यहाँको एउटा बैंकले आफ्ना कर्मचारीहरूलाई नक्कली नोट कसरी चिन्ने भन्ने विषयमा तालिम दियो। उक्त तालिममा बैंकको काउन्टरमा काम गर्ने सबै कर्मचारीहरूलाई बिटाको बिटा सक्कली नोट घरिघरी गन्न लगाइयो। धेरै पटक सक्कली नोटका बिटाहरू गनिसकेपछि ती कर्मचारीहरूलाई थाहा नदिई सक्कली नोटका बिटाहरूको बीच-बीचमा केही नक्कली नोटहरू घुसाएर फेरी ती नोटका बिटाहरू गन्न लगाइयो। कर्मचारीहरूले नोट गन्दै जाँदा औंलाले छामेरै नक्कली नोटहरू सजिलै छुट्याउन सफल भए किनकि कर्मचारीहरू सक्कली नोट गन्दा-गन्दा हातको औंलाले छामेरै सक्कली नोट चिन्नसक्ने भएका थिए।

नक्कली के हो भनेर चिन्नु छ भने पहिले सक्कली के हो सो राम्ररी जान्न जरुरी छ! अर्कालाई तथानाम गाली गर्नुभन्दा आफ्नो विश्वासीहरूलाई साँचो शिक्षा दिऊँ त्यसपछि विश्वासीहरूले नै झुटा शिक्षा पहिचान गर्नेछन्।

 

  • Nima ghising

Related Articles

Back to top button