अपव्याख्या

क्रूसभित्र डेथ नोट लेखेको पङ्क टिसर्ट लगाएर गिटारको तारमा हल्लिंदै झुम्मिदै मञ्चमा एक युवा गायकले भजनलाई रिमिक्स गर्दा युथ कन्सर्टमा धेरैको कम्मर हल्लिए । हुन त आपूmले दुई बीस काटिसकेकोले युवा भन्न लाज लाग्छ तर देशको राजनीतिमा हेर्ने हो भने दाँत फुक्लेका चार बीस पनि युवा नेतामा गनिंदा भने आपूmलाई राम्रैसँग युवामा दरिन्छ भन्ने मलाई लाग्छ । शायद देश अनुसारको भेष सोचेर नै होला, युथ कन्सर्टमा मलाई पनि निम्तो आयो । परमेश्वरको प्रशंसा गर्नु अहोभाग्य ठानेर मैले पनि आपूmलाई मानसिक र शारीरिक तवरले युवामा परिवर्तन गर्दै पाँच वटा गैंडा माया मारेर कन्सर्ट धाएको थिए । हलमा प्रवेश गर्नासाथ आएको कन्सर्टको चर्को इलेक्ट्रिक बाजाले शुरूमै मेरो होश गुम भएको थियो । तर पनि गैंडाको मायाले हलबाट भाग्न सकिन । धेरै वटा प्रशंसायोग्य गीतहरूको कारण भने आशिषित् पनि भएको थिए । अन्तिममा गाउने युवा गायकले भजनलाई रिमिक्स गर्दा भने कता कता मलाई ऊ सित भेट्न मन लाग्यो । भीडले गर्दा त्यो दिन सम्भव भने भएन । नोटबुकमा उनको नाम र ठेगाना लेखेर म बाहिरिए ।
एकदिन छिमेकी मण्डलीमा वचन प्रचारको सिलसिलामा जाँदा अचानक त्यो युवा गायकसँग मेरो आँखा जुध्यो । उसले आज पनि त्यही डेथ नोटवाला टिसर्ट लगाएर आएको रहेछ । शायद ऊ यो टिसर्टमा आपूmलाई फिट पाउँछ । भजन र स्तुती प्रशंसामा निकै उफ्रेको त्यो युवक वचन प्रचारको समयमा धोको पुग्ने गरी निदायो । अन्तिम आमेनसँगै नमिठासँग हाइ काढ्दै ढाड तन्काउँदै उठ्यो । वचन पश्चात् मैले हतार हतार कतै नहेरी त्यो युवातर्पm बढें । “सा¥है राम्रो गीत गाउँदा रहेछौ ।” मैले बधाइ दिईहालें । ऊ एकछिन त अलमल्ल परे । मैले कन्सर्ट सम्झाएपछि भने भरखर पलाउन शुरू गरेको जुगा मिलाउँदै मुस्काउँदै भन्यो, “गुरूबा, हल्का सङ्गीत जानेको थिए” । वास्तवमा मलाई सानैदेखि सङ्गीतमा रूची पनि थियो । अहिले समयको माग बमोजिम भजनलाई रिमिक्समा ढालेर गाएको हु” । धेरैले राम्रो प्रतिक्रिया जनाएको छ । हजुरले पनि राम्रो भनिदिंदा मलाई हल्का गर्व महसुस भयो ।”
“तर बाबु, हामीले संसारलाई पछ्याइरहेका छौं कि संसारले हामीलाई पछ्याइरहेछ, त्यो चाहिँ विचार पु¥याउनुपर्छ है ।” शायद यो मेरो पछिल्लो वाक्य उसलाई तीतो लागेछ, कपाल कन्याउँदै भन्यो, “यो एक्काईसौं शताब्दी हो गुरूबा । हामीले डेड एक्सपायरवाला भजनहरू गाएर कुनै युवालाई आकर्षित गर्न सक्दैनौं । उनीहरूलाई परमेश्वरमा डो¥याउन सक्दैनौं । यसैले हल्का रिमिक्स गरेर भजनलाई ब्युँताएको हुँ । देख्नुभयो होला नि त्यसबेला युवाहरू कति जोशिलो भएर नाचेका थिए । समय अनुसार चल्नुपर्छ गुरूबा ।” ओठ निचोर्दा दूध आउला जस्तो केटोको तर्कले म पक्क परें । कतै आपूm समयसँगै हिड्न पो नजानेको हो कि । मलाई आपूmले लगाएको लुगा पनि कता कता नमिले जस्तो लाग्यो । के समयले मलाई पनि ग्रन्च जिन्स लगाउन अ¥हाएकै हो त ? चुपचाप केही नबोली म प्रस्थान गरें ।
भित्तामा क्यालेण्डरका पानाहरू पल्टिंदै गए । बिस्तारै मैले त्यो युवा गायकलाई बिर्सिन थालें । कहिलेकाहीं उसको गीत एफ.एम.मा बज्दा भने उसको तर्कले मलाई नराम्ररी चिथोथ्र्यो । मण्डलीमा कपाल पालेर आएका युवाहरूलाई कतै बेकारमा गाली गरेछु कि जस्तो लाग्थ्यो । आधुनिक फेसनमा चुर्लुम्म डुब्दैमा विश्वासको गहिराइ सतही छ भनी निक्र्यौलमा पुग्नु कतै अपरिपक्व निर्णय त होइन ? मेरो हृदयमा द्वन्द्व मच्चिन्थ्यो । के साँच्चै हामी संसारलाई पछ्याइरहेका छौं कि संसारले हामीलाई ? यो प्रश्न पनि पहाड बनी मेरो सामु तेर्सिन आईपुग्थ्यो । यसपछि भने मलाई बाहिरी आवरणमा शब्द खर्चिन मन लागेन । म चुपचाप उनीहरूको फेसनमा आँखा चिम्लिन थालें ।
घरेलु सङ्गतिबाट फर्कदै गर्दा एकदिन झमक साझ परेछ । म हतार हतार घरतर्पm लम्किंदै थिए । बुढीले भरे आउँदा तरकारी ल्याउन नबिर्सनु भनेकोले कालो प्लास्टिकको झोलामा एक मुठा कर्कलो पनि लुकाएर ल्याएको थिए । अचानक भत्केको घरछेउमा डेथ नोटवाला टिसर्टले मेरो ध्यान खिंच्यो । म टक्क उभिए । उही केटो पो रहेछ । तर ऊ त लठ्ठ परेको पो पाँए । म छेउमा गएर उभिए । उसका साथीहरू पर पर भागे । शायद उनीहरू मलाई उसको अभिभावक ठानें । हुन पनि म आत्मिक अभिभावक त पक्कै हुँ । तर ऊ यहाँ आईपुग्नुमा मेरो कतिको दोष छ त ? मैले एक टकसँग उसलाई हेरिरहें । लठ्ठिएको स्वरमा उही बोले, “सरी गुरूबा, हल्का तानेको मात्र हुँ । फेरि नतानी यस्ता साथीहरूलाई कसरी प्रभुमा ल्याउने त ? मैले यिनीहरू सबैलाई प्रचार गरेको छु । शायद एकदिन चर्च पनि आउला । एकदिन म यिनीहरूसँग मिलेर ब्याण्ड पनि खोल्छु । यिनीहरू पनि राम्रो गाउँछन् । त्यसपछि हामी कन्सर्ट आयोजना गर्छौ । गुरूबालाई पनि बोलाउँछौं । आउनुस् है ।” अब भने मलाई घाँटी घाँटीसम्म आयो । वमन होला जस्तो भयो । संसारको चालले विश्वासको जग कतिसम्म कमजोर पार्दोरहेछ, मलाई बुझ्न गा¥हो परेन । यो सम्झाउने सही समय नभएकोले म हतार हतार घरतर्पm नै लागें । तर मैले मनमनै संकल्प भने गरें । अब युवाहरूलाई संसारको रमझमबाट सचेत पार्ने उपयुक्त बेला आएको छ । अब पनि हामीले युवावर्गलाई सही मार्गनिर्देशन गर्न सकेनौं भने र उनीहरूले गरेको अपव्याख्यालाई सही ठान्दै गयौं भने उनीहरूको लेखा प्रभुले हामीसँग माग्नुहुन्छ ।

Related Articles

Back to top button