ख्रीटियान मिडिया सम्मिट २०१८

आदरणीय समस्त नेपाली इसाई संचारकर्मीज्यू
हाम्रा मुक्तिदाता प्रभुमा येशूको उच्च अनि पवित्र नाउँमा न्यानो अभिवादन जयमसिह !

अमेरिकाबाट ख्रीटियान प्ल्याटफर्म र काठमाडौंमा रहेका मिडिया समूहहरू बीचको सहकार्यमा यहि मार्च महिनाको १३ तारिख (फागुन २९ गते) मंगलबारका दिन क्वालिटी फुड (ल्याण्ड, एकान्तकुना, ललितपुरमा दिउँसो १ः३० बजेदेखि बेलुकीको ७ बजेसम्म नेपालमा कार्यरत ख्रीष्टियान मिडियाकर्मीहरूको सहभागितामा ख्रीटियान मिडिया सम्मिट २०१८ आयोजना गरिएको जानकारी गराउन चाहन्छौं ।
मिडिया क्षेत्रबाट परमेश्वरको राज्य बिस्तारको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गरी नै रहेका छौं । अझ प्रभावकारी रुपमा भबिष्यमा अमेरिका र नेपालमा रहनुभएका मिडियाकर्मीहरूका बीचमा के कस्तो सहकार्य गर्न सकिन्छ ? भारत र भुटानमा कार्यरत रहनु भएका ख्रीष्टियन मिडियाकर्मीहरूलाई पनि साथमा लिएर के कस्ता काम गर्न सकिन्छ ? हाम्रो आवश्यकता र खाँचोहरू कसरी उपलब्ध हुन सक्लान् ? मिडियामा रुची भएका तर मिडिया सम्बन्धि तालिम नभएकाहरूलाई हामीले कसरी तालिमका अवसरहरू उपलब्ध गराउन सक्छौँ ? के वार्षिक रुपमा अन्तराष्ट्रिय मिडिया सम्मेलनको आवश्यकता छ ? छ भने कसरी, कहिले र कहाँ गर्न सकिन्छ ? लगायतका विषयमा छलफल गरिने सो सम्मिटमा सहभागी भई छलफलमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

माथि उल्लेखित मिति, समय र स्थानमा उपस्थिति भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । हामी आयोजक समूह पूर्ण रुपमा बिस्वस्त छौं कि तपाईंले हाम्रो अनुरोधलाई सहर्ष स्वीकार्नु हुनेछ ।
धन्यवाद,

 

Related Articles

Back to top button