पास्टरीय जिम्मेवारी हस्तान्तर

लिभिङ ब्याप्टीष्ट चर्चले एक कार्यक्रमको आयोजना गरी चर्चको सेवा गर्न पास्टरीय जिम्मेवारी हस्तान्तर गरेको छ । सो कार्यक्रममा चर्चका पास्टर राजेन्द्र मल्लले पास्टरीय जिम्मेवारी पास्टर जीरमान (जेम्स) राईलाई सुम्पनुभएको छ । स्मरण रहोस सोही चर्चका संस्थापक रेभ. तुलसी राईले पा. राजेन्द्र मल्ललाई पाष्टरीय जिम्मेवारी हस्तान्तर गर्नुभएको थियो । साथै देवानन्द कडरियालाई चर्चको सेवामा सहायता पु¥याउनको निम्ति सहायक पास्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
अब पा. राजेन्द्र मल्ल शाखा चर्चहरूमा र मिसनको क्षेत्रमा सेवरत रहने जानकारी गराउनु भयो । उहाँले लिभिङ ब्याप्टीष्ट चर्चको मुल्य र मान्यतालाई निरन्तरता दिएको उपस्थित पाहुनाहरुलाई बताउनु दिनुभएको थियो । ब्याप्टीष्ट चर्च लगायत नेपाली इसाई समुदायमा विभिन्न क्षेत्रबाट उहाँले योगदान गर्दै आइरहनु भएको छ ।
कार्यक्रमका वचनको सेवकाइ पास्टर प्रकाश सुब्बले गर्नुभएको थियो भने पास्टर बिजय, एनसिएका सहअध्यक्ष पास्टर टंक सुबेदीले शुभकामना दिनुभएको थियो ।
नवनियुक्त पास्टर जीरमान राईले धन्यवाद दिई कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Back to top button