नेपाली ख्रीष्टियन युवा मञ्चको केन्द्रिय बैठक

नेपाली ख्रीष्टियन युवा मञ्चको केन्द्रिय बैठक सम्पन्न भएको छ । सो मञ्चका अध्यक्ष कमल अधिकारी हुनुहन्छ । यस मञ्च पछिल्लो समयमा नेपाली इसाई समुदायमा सक्रिय हुँदैआइरहेको छ ।
७ प्रदेशमा संगठन विस्तार गर्नको लागि प्रदेश प्रतिनिधिहरुसँग समन्वयन गरि प्रादेशिक भेलाको लागि आधिकारीक पत्र पठाउने र मञ्चलाई प्रभावकारी रुपमा प्रदेश लागायत स्थानिय निकायसम्म पु-याउने जानकारी प्राप्त भएको छ ।

सो मञ्चले आउँदो बैशाख १ गतेका दिनमा युवा सम्मेलन तथा शुभकामना आदन प्रदान गर्नेछ । सो कार्यक्रममा आत्मिक जागृतिसम्बन्धमा विभिन्न व्यक्तिहरुले सिकाउने छन् ।

सो मञ्चलाई अन्तराष्ट्रियस्तरमा पु-याउनको लागि कार्य गरिरहेको छ । सो वैठकमा अमेरिका ओहाइओ निकासी पाष्टर अब्राहम दियालीलाई नेपाली ख्रीष्टियन युवा मञ्चको संयोजक (अमेरिका) रुपमा जिम्मेबारी दिने सर्वसम्मतबाट पारित गरिएको महासचिव तुलसी श्रेष्ठले बताउनु भएको छ ।

Related Articles

Back to top button