द प्लेटफर्म कार्यक्रम सम्पन्न

द प्लेटफर्म, वचन पत्रिका, युवा दर्शन र तुरही पत्रिकाको संयुक्त आयोजनामा ‘द प्लेटफर्म’ कार्यक्रम यही मार्च १५ तारिखका दिनमा सम्पन्न भएको छ । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधि गर्ने ख्रीष्टियन अगुवाहरुले आफ्नो जीवन यात्राको बारेमा तितोमिठो अनुभवहरु साट्नु भएको थियो ।

१० जना पाहुनाहरुले १५ मिनेटमा आफ्नो ख्रीष्टियन जीवन गावही समय तोकिएको थियो । जसमा डा. तिर्थ थापा, रेभ. हनोक तामाङ, रेभ. सिवी गहतराज, रेभ. इशुजंग कार्की, रेभ. पा. माधव पौडेल, समाजसेवी दिलशोभा श्रेष्ठ, युवा प्रध्यापक आशिष खड्का, संगीतकर्मी नोएल फिपन, गायक एड्रिन देवान र चलचित्रकर्मी विकाशदत्त दुलालले आ–आफ्ना अनुभव बाँडनु भएको थियो ।
द प्लेटफर्म नामक कार्यक्रमलाई कुमारसिंह विष्टले संचालन गर्नुभएको थियो भने द प्लेटफर्मका संस्थापक अब्राहम दियालीले सो कार्यक्रमको बारेमा उपस्थिति दर्शनहरुलाई कार्यक्रमको औचित्वबारेमा प्रस्टाउनु भएको थियो । उहाँले थप्नुभयो, ‘यी शत्तिशाली गवाहीहरुले मानिसहरुलाई उत्साह र प्रेरणा मिल्ने छ । अरुलाई यि भिडियो खिच्न दिएको छैन कारण वर्षको अन्तमा सबैभन्दा वढी हेरिएका भिडियोले सर्वश्रेष्ठ हुनेछ र पुरस्कृत हुनेछ ।’

१० जना अतिथीहरुलाई सम्मानसमेत गरिएको थियो । केही दिनमै सामाजिक संजालबाट ति खिचिएको भिडियोहरु सार्वजनिक हुने जानकारी प्राप्त भएको छ ।
विश्वास थापाले आउनु सबै पाहुनाहरुलाई धन्यवाद दिइ सो कार्यक्रम भब्यतासाथ सम्पन्न भएको थियो

Related Articles

Back to top button