एसेम्ब्लिज अफ गड नेपाल (ए.जी.एन) को महासभा सम्पन्न

मिति २०७४ फाल्गुन २१ देखि २४ गते सम्म सुनसरी जिल्लाको इटहरीस्थित शालोम ए.जी. आराधना केन्द्रमा ए.जी.एन.को महासभा सम्पन्न भएको छ । जहाँ देशभरीबाटै १२०० मण्डलीहरुबाट पास्टर तथा अगुवाजनहरुको सहभागिता रहेको थियो । उक्त सभामा भारत ए.जी.का सुपरिटेन्ड़ेन्ट रेभ.डा.पास्टर डी. मोहनले वचनको सेवा गर्नुभएको थियो । उक्त भेलाले आगामी ३ वर्षको लागि नयाँ केन्द्रिय कार्य समिति चयन गरेको छ जसमा अत्यधिक बहुमतले कलबरी चर्च धनगढीका वरिष्ठ पास्टर जोसेफ श्रेष्ठलाई निर्वाचित हुनुभएको खबर प्राप्त भएको छ ।

विभिन्न व्यक्तिहरुले सो सभामा शुभकामना दिनुभएको थियो । एनसिएसका महासचिव डिल्लीराम पौडेलले शुभकामना तथा प्रार्थनामा अगुवा गर्नुभएको थियो ।

Related Articles

Back to top button