एकदिने दोश्रो जिल्ला ब्यापी सम्मेलन भव्यताका साथ सम्पन

– भक्तपुर बालकोट स्थित, नारी दिवशको दिन पारेर फागुन २४ गतेका दिन एल्योन ए.जी. मण्डलीमा सोहि मण्डलीका पास्टर तथा दिदी, बहिनि संगतिको समितिद्द्वारा आयोजित एकदिने दोश्रो जिल्ला ब्यापी सम्मेलन भव्यताका साथ सम्पन भएको छ ।

सम्मेलनमा श्रीमान् वा श्रीमती संगै नहुँदा पनि कसरि आँफैलाई यौन पवित्रतामा राख्न सकिन्छ भन्ने बिषयमा सिकाईएको थियो । सो बिषयमा गत बर्ष पनि पास्टर लाजरस थुलुङले सिकाउनु भएको थियो । त्यहि पस्चात यो खालको सेमिनार मण्डलीमा अत्यन्तै आवसेक परेको सहभागीहरुले वचन पत्रिकालाई बताउनु भयो । “… त्यसै कारणले गर्दा हामीले यस बर्ष पनि यो खालको सेमिनार आयोजना गरिएको हो” पाष्टर पासाङ तामाङले भन्नु भयो । सेमिनारमा गएको बर्षमा भाग लिएकाहरुमद्धे ३ जनाले आँफैलाई यौन पवित्रतामा राख्न सकेको बारे आफ्नो गवाही पनि बाँडेका थिए । श्रोतका अनुसार मण्डलीहरुमा श्रीमान् वा श्रीमती संगै नहुँदा केहीको परिवारमा डरलाग्दा कुराहरु घटेको र व्यभिचारमा परेको घटनाहरु पनि भईरहेको छ ।

 

सम्मेलनमा श्रीमान विदेश गएका र श्रीमती देखि टाढा बसेका विवाहित श्रीमान र श्रीमतीहरुको उलेखनीय उपस्थिति थियो  भने सम्मेलनका वक्ता सोहि मण्डलीका पास्टर पासाङ तामाङ हुनुहुन्थ्यो । उक्त सम्मेलन बिहान ११ : ३० देखि दिउसो ३ : ३० बजे सम्म संचालन भएको थियो । कार्यक्रम पश्चात सहभागीहरुले आफुहरुले निकै नै नयाँ कुरा सिकेको र यो खालको सिक्षा भक्तपुरमा मात्र होइन नेपालको ७५ ओटै जिल्लामा हुन आवसेक छ भनेर वचन पत्रिकालाई बताउनु भयो ।

 

Related Articles

Back to top button