इष्टर -यालीको ऐतिहास र यसको महत्व

– Bishwas Thapa

२०४६ साल अघि नेपालका मण्डली र विश्वासीहरु खुलेर सार्वजनिकस्थलमा आउने वातावरण थिएन । विभिन्न तत्वहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका खेलिरहेका थिए । पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली मण्डलीहरु आफ्नो अस्तित्व, पहिचानको निम्ति खुलेर खुल्ला मञ्चमा जम्मा भएको २६ वर्ष भएछ ।
विशुद्ध पुनरुत्थानको शक्तिको प्रचार निम्ति विभिन्न मण्डलीहरुबाट स्वर्फतमा विभिन्न स्थानहरुबाट बुहत शान्ति पदयात्रा गरि खुल्ला मञ्चमा समापन २६ वर्षदेखि निरन्तररुपमा भईरहेको छ । यसको आफ्नै बेग्लै महत्व रहिआएको छ ।

२०४९ बैशाख ७ गते ( १९ अप्रेल १९९२ का दिनमा पहिलो पटक इस्टर ¥याली भएको थियो । विभिन्न भजन र कोरसहित पदयात्रामा विश्वासीहरु जम्मा भई कार्यक्रम सम्पन्न भएको थियो । आजसम्म पनि यो -यालीलाई निरन्तरता पाइरहेको छ ।

२०५० सालमा प्रकाशित आत्मिक यात्राले आफ्नो २ अंकमा न्युज प्रकाशित गरेको थियो । यो दृश्य के होला नि ? भन्ने शिर्षकमा प्रकाशनमा ल्याएको थियो । विशप गोपाल केसीले कैद गर्नुभएको एक दृश्य हेर्नुहोस्

योे दृश्य काठमाडौंको न्युरोड गेट नजिक छायाङ्न गरिएको थियो । पुरानो जीपमाथि साउण्ड बक्स त्यसको नजिकै एक ठूलो क्रूस राखि नगर परिक्रममा गरिएको थियो ।

नेइम कालोपुलका ए. रुविन प्रधानले वचन पत्रिकालाई दिएको जानकारी अनुसार त्यो बेला स्वर्फतरुपमा समस्त इसाईहरु जम्मा भएर परमेश्वरको महिमा गरेका थियौं । आज पनि त्यही न्यानो संगतिका याद आउछ भन्दै भावविहिल हुनुभएको थियो ।
त्यो बेला कसैले पनि आफ्नो लागि गरेका थिएनौं । त्यो -यालीमा पा. रोवर्ट कार्थकले प्रवचन बाँड्नु भएको थियो भने उहाँका पुत्र पा. सामुएल कार्थकले स्तुतिप्रशंसामा अगुवाई भएको जानकारी प्रधानले गराउनु भयो । हाल आएर सो इस्टर -यालीलाई विभिन्न संस्था र व्यक्तिले विभिन्न रंग दिएकोमा दुःख व्यक्त गर्नुभयो । एकता र प्रेम हामी बीचमा सेलाएर गएको अनुभव भइरहेको छ ।  तर पनि परमेश्वरको राज्य बढिरहेको छ ।

सो सम्बन्धमा उहाँले छोटो भिडियो प्रतिक्रिया यसरी दिनुभयो

इस्टर -याली कुनै संस्था र व्यक्तिहरुका निजी स्वार्थको निम्ति कुनै कार्य गरियो भने त्यो ठूलो भूल हुनेछ । केवल परमेश्वरको महिमाको निम्ति गरेकामा समस्त इसाई समुदायको साथ र सहयोग हुनेमा कुनै दुइ मत छैन । पछिल्लो समयमा देखिएका दृश्यलाई सफा गरि सबैलाई अट्ने बातावरण सृजना गर्नु पर्दछ ।

स्मरण रहोस् आउँदो आइतबार खुल्ला मञ्चमा संयुक्त रुपमा २७औं इस्टर महोत्सव हुँदैछ । सबैलाई सहभागिताको निम्ति अनुरोध गर्दछौं ।

Related Articles

Back to top button