कथा

एकजना बुढालाई आफ्नी बुढीले कान सुन्न छाडी भन्ने चिन्ताले सताउन थालेछ । मैले बोलेको बुढीले कत्तिको सुन्दिरहिछे भनेर बुढाले एकदिन परिक्षण गर्न चाहेछ ।

किचनमा खाना पकाउँदै गरेकी बुढीको निकै परबाट बुढाले ठिक्कको आवाज बनाएर सोधेछ, “बुढी, आज तरकारी के छ ?” बुढीले जवाफ दिईनछ । बुढा अल्ली अगाडी गएर फेरी सोधेछ । बुढीले अझै जवाफ दिईनछ । बुढा झन् नजिक गएर सोधेछ र पनि बुढीले केही जवाफ दिईनछ ।

अब बुढालाई निकै चिन्ता परेछ र बुढीको कानमै गएर भनेछ, “मैले त्यतिपटक तरकारी के छ भनेर सोध्दा पनि तिमी किन नबोलेको ?” बुढीले झर्किंदै जवाफ फर्काइछे, “मैले तीन तीन पटकसम्म तरकारी काउली छ भनेको सुन्नुभएन ?” बुढा झसङ्ग भएछ र आफ्नै कानले पो काम गर्न छाडेको पत्ता लगाएछ ।

मित्रहरू, कतिपटक समस्या हामीभित्र हुन्छन् तर हामी त्यो जान्दैनौं वा जान्न चाहदैनौं । हामी अरूभित्र समस्या देख्न माहिर छौं । जसमा तपाईं समस्या देख्नुहुन्छ, तिनीहरूदेखि टाढा नभाग्नुहोस्, नजिकै जानुहोस् । अरूलाई दोष लगाउनुअघि आफैलाई नियाल्नुहोस् ।

  • Jagadish Pokharel

Related Articles

Back to top button