उहाँ पुनर्जीवित हुनुभएको छ!!!

“हामी अविश्‍वासी छौं भने, उहाँ विश्‍वासयोग्‍य रहनुहुनेछ”

२ तिमोथी २:१३

वचन अध्ययन: यूहन्ना १४:१-१७ “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर। मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?” ६येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।” फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’ १०म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ। ११मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर। १२ “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। १३तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु। १४तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु। १५“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। १६र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। १७यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।

टिप्पणी: पुनरुत्थानको दिन प्रार्थना गरी बिताउने एउटा उत्तम समय पनि हो (लुका २२-२४)। ख्रीष्टले क्रुसलाई आशा र उद्धारको चिन्हमा परिवर्तन गरिदिनुभयो जसलाई सैतानले धेरै समय देखि डर र मृत्यु फैलाउने बस्तुको रुपमा प्रयोग गर्दै आएको थियो। पुनरुत्थान बिलाप गर्ने समय होइन तर आनन्दमय रुपमा स्तुति र आराधना गर्ने समय हो। क्रुसलाई हेर्ने र हाम्रो इच्छाहरुलाई उहाँमा समर्पण गरी उहाँको इच्छालाई पछ्याउने समय हो। क्रुस मात्र आशा र उद्धार पाउने स्थान हो भनि अरुहरुलाई क्रुस तर्फ इंकित गराउने समय पनि पुनारुथानको दिन हो। तर हामीले आफैमा होइन ख्रीष्टतर्फ ध्यान लगाउनु पर्छ। यो हाम्रो बारेमा होइन तर सम्पूर्ण रुपमा उहाँको बारेमा हो! एकछिन विचार गरौँ, तपाईले कस्तो विचार गर्नुहुन्छ होला, यदि तपाईले आफ्नो सन्तानको निम्ति एउटा सुन्दर घर निर्माण गर्नुभयो र कुनै मुल्य नलिईकन उनिहरुलाई उपहार स्वरूप दिनुभयो? यस्तो विचार गर्नुहोस् कि त्यो तपाईको अधिकांश मीहेनत र वचत थियो र त्यसलाई बनाउन धेरै बर्ष लागेको थियो। त्यसपछि सम्झनुहोस् कि ति छोराछोरीहरुले त्यस उपहारको मूल्य ठानेन र केहि मर्मत गर्नुपर्दा मात्रै गुनासो पोख्ने गरे तर सबै ठिकै हुँदा तपाईको कहिल्यै वास्ता गरेनन्। ति अकृतज्ञ सन्तानले तपाईको प्रेम र उपहार प्रति कहिल्यै धन्यवाद प्रकट गरेनन् त्यसको सट्टा अझ झनै रिसाउने गर्यो जब तपाईले मर्मतको निम्ति समय लगाउनुभयो। यस्तो महसुस गर्नुभएको छ होला? हामीले पनि यस्तै व्यवहार परमेश्वरसंग गरेका छौँ होइन र? यदि तपाईले आफ्नो शरीरलाई पनि अद्भुत उपहार र आश्चर्यपूर्ण कलाको उत्पादन हो भनि सम्झनुहुन्न भने त्यस शरीर बिना के गर्नुहुन्छ होला? याद गर्नुहोस् यस शरीरले हामीलाई यति धेरै बर्षसम्म सेवा दिन्छ जति अरु कुनै पनि चिज वा सम्पतिले दिन सक्दैन। विचार गरौँ त हाम्रो शरीर कति जटिल र उत्तम प्रकारले बनेको छ। किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। भजनसंग्रह १३९: १४ अब परमेश्वरले हाम्रो निम्ति स्वर्गमा तयार गर्नुभएको घर र शरीरको बारेमा सोचौं जुन पृथ्वीमा भएका कुराहरु भन्दा अतिनै उत्तम छ र साथै अनन्त छ जुन भ्रष्टचार र पाप मुक्त हुनेछ। हाम्रा परिवार र साथीहरुसंग सिद्ध र अनन्तको सम्बन्धमा रहनु र अझै बढी हाम्रा प्रभुसंग रहनु जहाँ कुनै मृत्यु वा बिमारी वा शरीर चाउरी पर्नेछैन। हामी आफ्नो घुंडा टेकी हात उचाल्दै र स्वर उचाली स्तुति आराधना नगर्ने त? हामी वरपर हेर्छौ तर उहाँको विश्वासयोग्यता र उपस्तिथि चाहिं किन देख्न सक्दैनौं? के बसन्त ऋतुको समयलाई परमेश्वरले निस्तारको दिनको निम्ति चुन्नुभएको कुरालाई दुर्घटना भन्नुहुन्छ? के त्यसैगरी पुनरुत्थान को समयलाई पनि दुर्घटना भन्नुहुन्छ? म ढुक्क साथ भन्छु कि उहाँले दुवै समयको निम्ति बसन्त ऋतु छनोट गर्नुभएको हो। बसन्त ऋतु पुनरुत्थानको समय हो। जाडो मौसमको मृत्यु सरह समयलाई पुनरुत्थानको बसन्त ऋतुले नयाँ बाटो प्रदान गर्दछ। बसन्त ऋतुले हाम्रो वरपरबाट मृत्युको बीचमा चर्को स्वरमा जीवनको आवाज कराउँदछ। यो पुनरुत्थानको महिनामा केहि समय लिई बसन्त ऋतुको मौसमलाई आनन्द मनाउनुहोस् र परमेश्वरलाई धन्यवाद दिनुहोस्। उहाँले गर्नुभएका सबै कार्यहरुको निम्ति धन्यवाद दिनुहोस र विशेषगरी उहाँले क्रुसमा तपाई र मेरो निम्ति चुकाउनु भएको मुल्यको निम्ति धन्यवाद दिऔं।

 

याद गरौँ, ख्रीष्ट संसारमा आउनु अघिनै उहाँलाई उहाँको भविष्य क्रुस हो भनि थाहा थियो। सारा संसार बन्नु अघिनै उहाँलाई त्यो कुरा थाहा थियो। आदम र हब्बा बन्नु अघिनै उहाँलाई थाहा थियो। हामीलाई बनाउनु अघिनै थाहा थियो तर पनि परमेश्वरले हामीलाई शृष्टि गर्नुभयो।

 

उहाँले तपाई र मलाई औधी प्रेम गरि शृष्टि गर्नुभयो, हाम्रो उद्दारको निम्ति उहाँले चुकाउनुपर्ने मुल्य थाहा हुँदाहुँदै पनि शृष्टि गर्नुभयो।  यो पुनरुत्थानको महिना उहाँलाई दिनुपर्ने प्रसंसा र आदर दिऔं, हामीले चाहेको जस्तो नहुँदा गुनासो मात्र गर्ने होइन। हाम्रो कष्ट र बिमारी र गरिबी संग तुलना गरेता पनि उहाँले हाम्रो निम्ति जे सहनुभयो त्यो तुलना गर्नेयोग्य छैन। तर हामीले भोग्ने दुखमा हामीलाई बलियो र स्वस्थय हुन र उहाँ जस्तै हुन हामीलाई निर्देशित गर्नुहुँदछ। के यहि कुरानै हाम्रो निम्ति महत्वपूर्ण होइन र?

 

 

Written By: Don McDaniel

Translated By: Lomas Shrestha

Related Articles

Back to top button