अचम्मको प्रेम

ख्रीष्टले आफ्नो प्राण दिइरहनुभएको बेलामा हामी प्रति रहेको उहाँको प्रेम जति सचेत थियो उहाँको कष्ट भोगाइ पनि त्यति नै जानी बुझी गरिएको कार्य थियो । “यसैबाट पे्रम के हो हामी थाहा पाउँछौ, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो” (१ यूहन्ना ३ः१६) । यदि उहाँले जानी बुझीकनै आफ्नो प्राण दिइरहनुभएको थियो भने पनि, त्यो चाहिँ हामीहरूका निम्ति नै थियो । त्यो चाहिँ पे्रम थियो ।” यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जातिलाई पे्रम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै पे्रम गर्नुभयो” (यूहन्ना १३ः१) । कलवरीको बाटोमा चालिएका हरेक कदमको अर्थ थियो, “म तिमीलाई पे्रम गर्छु ।”

त्यसैकारणले गर्दा, ख्रीष्टले आफ्नो प्राण दिइरहनुभएको बेलामा रहेको उहाँको पे्रमलाई महसुस गर्नुले नै, यो देख्नलाई मद्दत पुग्दछ कि त्यो चाहिँ कतिसम्मको पूर्णरूपले जानी बुझी गरिएको कार्य थियो । हाम्रो निम्ति आफ्नो प्राण दिइरहनु हुँदाखेरि रहेको ख्रीष्टको उद्देश्यलाई देख्नको लागि यी पाँच तरिकाहरूलाई ध्यान दिनुहोस् ।

पहिलो, हेर्नुहोस् त्यस हिंसात्मक क्षणको ठीक पछि येशूले के भन्नुभयो जब पत्रुसले सेवकको खप्पर नै फुटाउने प्रयास गरेको थियो तर उसको कानमात्र छिनाइदियो ।

तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन् । तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरून्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र ? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्म–शास्त्रमा लेखिएको कुरा कसरी पुरा हुने ?” –मत्ती २६ः५२–५४)

पुरानो करारमा येशूको मृत्युको विस्तृत विवरण नै भविष्यवाणी गरिएको थियो भन्नु चाहिँ एउटा कुरा हो तर येशू स्वयंले धर्मशास्त्रका वचनहरू पुरा भएको हेर्नलाई सुनिश्चित तवरले आफ्नो रोजाइलाई व्यक्त गरिरहनुभएको थियो भन्नु चाहिँ एकदमै अधिक कुरा नै हो ।

मत्ती २६ः५४ मा येशूले भन्नुभएको कुरा त्यही नै थियो जुन उहाँले गरिरहनुभएको थियो ः “तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने ?” मैले अप्नाउन सक्ने कुनै पनि अरू उपायलाई रोज्ने कार्य मैले गरिरहेको छैन किनभने म धर्मशास्त्रका वचनहरू जान्दछु । के घटित हुनुपर्दछ म जान्दछु । मेरो निम्ति परमेश्वरको वचनमा जे जति कुरा भविष्यवाणी गरिएको छ, ती सबैलाई पुरा गर्नु नै मेरो रोजाइ हो ।

यस उद्देश्यलाई देखिने दोस्रो तरिका चाँि यरूशलेमतिर—सिंहको ठीक साँगुरो मुखतिर पस्न जानु भन्ने दोहरिएको कथनमा छ ः “उहाँहरू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, र येशू तिनीरूका अगि अगि हिँडिरहनुभएको थियो । चेलाहरू अचम्मित थिए, र अरू पछि पछि आउनेहरू भयभीत थिए । तब उहाँले बाहै्र चेलाहरूलाई फेरि एकतिर लगेर आपूmमाथि परि आउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो । उहाँले भन्नुभयो, “हेर हामी यरूशलेमतिर जाँदैछौं । त्यहाँ मानिसको पुत्रलाई मुख्य पुजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्, र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन् । अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र उसलाई मार्नेछन् । तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ” (मर्वूmस १०ः३२–३४) ।

येशूसँग सम्पूर्णरूपले नियन्त्रित एउटा लक्ष्य ः धर्मशास्त्रका वचनहरू अनुसार नै मर्ने लक्ष्य थियो । जब समय नजीकै आइपुगेको थियो उहाँलाई त्यो कुरा थाहै थियो र उहाँले दृढ अठोट गर्नुभयो ः “उहाँको स्वर्गारोहणको दिन नजीकै आइपुग्दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो” (लूका ९ः५१)

हाम्रो निम्ति येशूले कष्ट भोग्नुभएको उद्देश्यलाई हामीले देख्ने तेस्रो तरिका चाहिँ यी शब्दहरूमा छन् जुन उहाँले अगमवक्ताको मुखबाट भएर बोल्नुभयो ः मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ । ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ” (यशैया ५०ः९) ।

यसको लागि फलामभैm कस्तो कठोरता आवश्यक छ भन्ने कुरालाई मेरो सामुन्ने राख्नलाई मैले त मेरो कल्पनामा कठीन परिश्रम नै गर्नुपर्ने हुन्छ । मानवहरू कष्ट भोगाइबाट त पछि हट्दछन् । हामीहरू त्यस्तो कष्ट भोगाइबाट त झन् सयौं गुणा नै पछि हट्न पुग्छौं जुन कष्ट चाहिँ अन्यायी, कुरूप, कपटी कुराकानी गर्ने, इज्जतहीन, अहंकारी मानिसहरूका कारण आएको हुन्छ । पीडा र अपमानका हरेक क्षणमा, येशूले तुरून्त न्याय गर्दा जे कुरा गरिनुपर्दथ्यो त्यसलाई रोज्नुभएन । उहाँले हिर्काउनेलाई आफ्नो पीठ थापिदिनुभयो । उहाँले थप्पड हान्नेहरूलाई आफ्नो गाला थाप्नुभयो । र उहाँल त्यो सबै ठीक त्यही व्यक्तिहरूका निम्ति नै गरिरहनुभएको थियो जसले त्यस पीडालाई उहाँमाथि ल्याइरहेका थिए ।

येशूले कष्ट भोगाइको उद्देश्यलाई हामीले देख्ने चौथो तरिका चाहिँ पत्रुसले यो कसरी सम्भव भएको थियो भन्ने वर्णन गरिएको तरिकामा छ । तिनी भन्दछन्, “तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन । दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन । तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो” (१ पत्रुस २ः२३) ।

येशूले त्यो सबै अन्यायलाई “ठीकै छ नि अन्याय भएपनि केही छैन” भन्दै त्यसलाई सामना गर्ने काम गर्नुभएन, तर उहाँले “उचित न्याय गर्नुहुनेमाथि” आपूmले गर्नुभएको भरोसाको कारणले नै त्यसो गर्नुभएको हो । परमेश्वरले न्याय गर्ने कार्यलाई हेर्नुहुन्छ । कलवरीमा येशूको बोलावट बदला लिनको लागि भएको थिएन नता हामीलाई अहिले त्यस कार्यको लागि उच्च बोलावट भइरहेको छ ः “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ (रोमी १२ः१९) ।

पाचौं चाहिँ येशूले उहाँ मर्नका निम्ति रहेको आफ्नो निजी उद्देश्यको बारेमा बताउनलाई भन्नुभएको कथन नै सम्भवतः सबैभन्दा स्पष्ट कथन हो जुन यूहन्ना १०ः१७–१८ मा रहेको छ ः “पिताले मलाई यसैकारण पे्रम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु । कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु । आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिका पनि मसित छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”

येशूले यी वचनहरूमा औंल्याउनुभएको कुरा चाहिँ यही हो कि उहाँले पूर्णतया नै आफ्नै इच्छाले कार्य गरिरहनुभएको छ । उहाँ कुनै सीमावद्व मानवबाट कुनै बाध्यतामुनि परिनुभएको छैन । परिस्थितिहरूले उछिनेर गएको छैन । अन्यायको क्षणसँगै उहाँ बढारिएर लगिनुभएको छैन । नियन्त्रण गर्ने काममा उहाँ नै हुनुहुन्छ ।

त्यसैकारणले गर्दा, जब यूहन्नाले भन्दछन्, “यसैबाट पे्रम के हो हामी थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो” (१ यूहन्ना ३ः१६), हामीले हाम्रो निम्ति रहेको उहाँको पे्रमको प्रगाढता त्यस हदसम्म महसुस गरेको हुनुपर्दछ जुन हामीले उहाँको कष्ट भोगाइ र मृत्यु हँुदाखेरिको उहाँको उद्देश्यमा देख्दछौं । म प्रार्थना गर्छु कि तपाईंले यसलाई एकदमै गहिरोरूपले नै महसुस गर्नुहुनेछ । र ख्रीष्टद्वारा पे्रम गरिएको हुने त्यस गहिरो अनुभवले तपाईंमाथि यो प्रभाव पार्न सकोस् ः “ख्रीष्टको पे्रमले हामीलाई बाध्य गराउँछ… उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो” (२ कोरिन्थी ५ः१४–१५) ।

Related Articles

Back to top button