बैशाख १ गतेका दिन युवा जागृति सम्मेलन

पछिल्लो समयमा नेपाली ख्रीष्टियन युवा मञ्चले इसाई समुदायमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ । खुल्ला बहसबाट युवा एक्रिकृत भई कलम अधिकारीको नेतृत्वमा सो मञ्चले निरन्तररुपमा कार्य गरिरहेको छ ।

यसै सिलसिलामा बैशाख १ गते शनिवारको दिन दिउँसो २ बजे बेथशालोम पुतलीसडक चर्चमा एक भब्य कार्यक्रम हुँदैछ । सो कार्यक्रममा बरिष्ठ पाष्टर डा. मंगलमान महर्जनले विशेष वचन बोल्दै हुुनुहुन्छ । यस्तै भुवन देवकोटा र समयकुमारले युवाको बारेमा सिकाउदै हुनुहुन्छ ।
राष्ट्रिय गायिका अन्जु पन्तले आफ्नो विशेष प्रस्तुति दिदै हुनुहुन्छ । यस्तै गायक राजेश राई, माइकल सिन्हा, सुस्मिता राईकोे प्रस्तुति हुनेछ । विभिन्न लोक तथा आधुनिक नृत्य र हास्य प्रस्तुति रहनेछ । इम्प्याक्ट ब्याण्डले स्तुति प्रशंसामा अगुवाई गर्दै छन् ।

सो मञ्चले युवाहरूको वर्तमान चुनौतीहरूलाई बुझ्दै उनीहरूलाई परमेश्वरप्रति समर्पित भई समस्या र चुनौतीमाथी विजय प्राप्त गर्न, परमेश्वरको राज्य विस्तारका लागि उत्प्रेरित गर्न सहीमार्ग निर्देशन प्रदान गर्न, परामर्श, प्रार्थना, बाइबलीय शिक्षा, दान वरदानको अभ्यास, सवाङ्गिण विकास र रुपान्तरणका लागि संसारभरी छरिएर रहेका सम्पुर्ण नेपाली ख्रीष्टियन युवाहरुको प्रतिनिधित्व गर्ने एउटा साझा मञ्च अत्यावश्यक भएकोले सोको लागि अन्तर साम्प्रदायिक एक साझा नेपाली ख्रीष्टियान युवा मञ्च स्थापना गरी विस्वभरका नेपाली युवाहरुलाई एकताबद्ध गरि परिचालन गर्ने अवधारणा अनुरुप नेपाली ख्रीष्टियन युवा मञ्चको स्थापना भएको कुरा एक पत्रमा उद्धत गरिएको छ ।

सो कार्यक्रमा विभिन्न मण्डलीहरुको युवाहरुलाई सहभागिता हुनको लागि सो मञ्चका महासचिव तुलसी श्रेष्ठले आग्रह गर्नुभएको छ ।

Related Articles

Back to top button