आत्मिक क्षमता अभिवृद्धि सेमिनार सम्पन्न

तस्बिर : सुनिल राज लामा
तस्बिर : सुनिल राज लामा

२६ चैत्र, ललितपुर । सुन्दर नेपाल सरसफाई अभियानले राजधानीमा आयोजना गरेको दुई दिने आत्मिक क्षमता अभिवृद्धि सेमिनार भव्यताका साथ सम्पन्न भएको छ ।
आत्मिक क्षमता अभिवृद्धि शिक्षा दिने र राष्ट्र निर्माण साथै मण्डलीमा टेवा पु-याउने उदेश्यका साथ दिइएको तालिममा उपत्यकाका विभिन्न मण्डली चर्च समुह र संघसंस्थाबाट २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
दुई दिने सेमिनारका प्रमुख प्रखर वक्ता नर्वेली नागरिक रेभ. मेरी फेल्डेले “नयाँ करारद्वारा परमेश्वरको महिमामा जिउनु” भन्ने विषयमा केन्द्रित रहेर शिक्षा दिनुभएको उक्त सेमिनारको अन्तमा अभियानका कार्यकारी निर्देशक वीर बहादुर तामाङ्गले सहभागी सबैलाई सुन्दर नेपाल सरसफाई अभियानको सदस्यता र प्रमाण पत्र वितरण गरिएको थियो ।

Related Articles

Back to top button