नेपाल ख्रीष्टियन युथ कमिसनको शिखर

चैत्र २६, ललितपुर

नेपाल ख्रीष्टियन युथ कमिसनको शिखर सम्मेलन सुरु भएको छ । ललितपुर सानेपा स्थित आराधना चर्चमा आोजना गरिँदैगरिएको उक्त शिखर सम्मेलनमा मुख्यत नेपाल, लगायत अष्ट्रेलिया, अमेरिका, संयुक्त अधिराज्य, इण्डोनेशिया, स्विट्जल्र्याण्ड, जापान, भारत लगायत बीसभन्दा बढी राष्ट्रका युवा अगुवा तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

आज सुरुवातको समयमा अन्तराष्ट्रिय आराधना झुण्डले आराधना लिड गरेको थियो भने स्थानीय चर्चका पास्टर हनोक तामाङले सुरुवाती प्रार्थना गर्नुभएको थियो । शुभकानमा तथा उत्साहको वचन नेइम ज्ञनेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकले बाँड्नुभएको थियो । उहाँले दौड सुरु गर्नुमात्र होइन तर त्यसलाई अनुशासित ढँगले दौडेर पूरा पनि गर्नका लागि परमेश्वरले हामीलाई बोलाउनुभएको छ भनी उदाहरणसहित उत्साह दिनुभयो ।

सञ्चालन एनसिवाइसीका सदस्य सपना कुमालले गर्नुभएको थियो भने कलाकार नीलिमा कोइराला विष्टलले दुईवटा गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

भक्तपुर इसाई समाजका अध्यक्ष प्रकाश श्रेष्ठ, एनसिएसका महासचिव डिल्ली राम पौडेल, उपाध्यक्ष टंक सुवेदी, केन्द्रिय सदस्य बिपी खनाल, सचिव मुकुन्द शर्मा आदि तथा पत्रकार र शुभचिन्तकहरुको उपस्थितिमा सुरुभएको सम्मेलनमा नेपाल ख्रीष्टियन युथ कमिसनका संयोजक मदन शाहले यो सम्मेलनको लक्ष्य के हो र यसबाट हामीले के उपलब्धि गर्न चाहेका हाँै भन्ने बारेमा युथ कमिसनको दर्शन समेत बताउँदै यसका बारेमा चिन्तन गर्न सहभागीहरुलाई चुनौती दिनुभएको थियो । नेपाली र अंग्रेजी दुवै भाषमा अनुवाद सहितका प्रस्तुतिले देश र विदेशका सहभागीहरुलाई सहज गराएको थियो । आज पहिलो दिनको पहिलो प्लेनरी सेसनमा बोल्नुहुँदै अष्ट्रेलिया वाडव्लुएमका प्रतिनिधि कालेब हिलले विश्वास, आशा र संकष्टमा परमेश्वरको साक्षात्कारको बारेमा चुनौतीपूर्ण वचन प्रकाश पार्नुभएको थियो ।

  • Bidur Adhikari

Related Articles

Back to top button