नेपाल ख्रीष्टियन युथ कमिसनको राष्ट्रिय शिखर सम्मेलन सम्पन्न

चैत्र २८, ललितपुर

नेपाल ख्रीष्टियन युथ कमिसनको शिखर सम्मेलनको तेस्रो दिन पनि भव्यताका साथ समापन भएको छ । बिहानको अराधनामा एल्डर शेर एसीले परीक्षा, र त्यसको सामनाको बारेमा वचन बाँड्नुभएको थियो ।
पा डिल्ली पौडेलले परिवार, मिडिया, राजनीति, अर्थतन्त्र, शिक्षा, धर्म, खेलकुद र मनोरञ्जन जस्ता सात वटा क्षेत्रमा सबल बनेर सकारात्मक प्रभाव पार्नुपर्ने कुरा बताउनुभएको थियो । आज परिवारमा समस्या अएको, साना कुराले सम्बन्ध विच्छेदमा पुर्याएको दुःखद् यथार्थप्रति संवेदनशील र होसियार बन्दै, सबै समस्या र असहमति लिएर परमेश्वरकहाँ गरएमा समाधान पाइने कुरामा उत्साह दिनुभएको थियो ।

त्यसपछि पा. टंक सुवेदीले नेपालमा धार्मिक स्वतन्त्रताको अवस्था, चुनैती र यसमा धार्मिक चैतारीले खेल्दै आएको भूमिकाको बारेमा प्रकाश पार्नुहुँदै प्यानेल डिस्कसनमा सहजीकरण गर्नुभएको थियो । धार्मिक स्वतन्त्रतालाइ घृणाको संस्कृति उब्जाएर धार्मिक स्वतन्त्रतामाथि प्रहार हुने कुराप्रति सचेत रहनुपर्ने बताउनुभयो ।
Daniel of Barnabas Fund ले भन्नुभयो, There is so severe persecution, that daily about 5 pastors are beaten. To understand what freedom is, we need to understand what persecution… persecution does not start overnight.. Social media is a powerful tool. Cultural hate is a biggest enemy to any religious freedom.. ”

पा. बर्णबास श्रेष्ठ, पा. मुकुन्द शर्माले सम्बन्धित पक्ष, कानुनी प्रावधान र उपचार, स्थानीयदेखि केन्द्रिय स्तरमा सम्बन्ध, सम्पर्क र समवन्वयमा रहनुपर्छ, बुद्धिमन बनेर, कानुन मिचेर होइन यसलाइ उपयोग गरेर सुसमाचारमा लाग्नुपर्छ । त्यति हुँदाहादै पनि सतावट र दण्ड अउँछ भने, सहनुपर्छ भनी बताउनुभयो ।

पा. बि. पी. खनालले सम्विधान, र मुलुकी एनको जनकारी राख्नु प्रत्येक नागरिकक कर्तव्य भएको बताउँदै, इसाइले पढ्नुपर्ने लेखोटमा, बाइबलभन्दा पछाडिको महत्वपूर्ण लेखोट देशको संविधान हो भन्नुहुँदै चनाखो, समझदार र कानुनी उपचार सदुपयोग गर्न तयार रहनुपर्छ भन्नुभयो । उहाँले सुसमाचार कसरी प्रचार गर्ने मात्र होइन तर कसरी प्रचार नगर्ने तालिम पनि अवश्यक रहेको बताउँदै त्यो लगायत अन्य कानुनी प्रावधानको बारेमा जानकारी दिने पुस्तक, निर्देशिका र तालिम चाँडै उपलब्ध हुन लागेको जानकारी समेत दिनुभयो ।

गायक राजेश राइले उत्साहको केही शब्द बाँड्दै केही गीतहरू गाएर सबैलाइ जागृत गराउनुभएको थियो ।

वाइडव्लुएम नेपालका निर्देशक नर लामाले सर्वाङ्गिण सेवा कार्य विषयमा अफ्नै जीवनबाट गवाही दिनुहुँदै परमेश्वरले हामीलाइ सबै क्षेत्रमा अशिष दिन चाहनुहुन्छ भन्ने बताउनुभयो । साथै ४-४ जनाको समूहमा रोचक समूह विधिमार्फत व्यावहारिक रूपमा सिकाउनु पनि भयो । लूका २:५२ अनुसार शरीरमा, अत्मामा, परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्नुभएझैँ, हामी पनि सबै क्षेत्रमा वृद्धि हुनुपर्छ भनी स्मरण गराउनुभयो ।
त्यसपछि सिलास शाही बिपी खनालले १ मिनेटमा जीवन गवाही दिने र त्यही गवाहीद्वारा कसरी सुसमाचार प्रचार गर्ने भन्ने सम्बन्धमा तालिम सहजीकरण गर्नुभयो ।

त्यसपछि नवगठित राष्ट्रिय समितिका विदुर अधिकारीले युवा शिखर सम्मेलनको घोषणा पत्र वाचन गर्नुभएको थियो, भने राष्ट्रिय समितिका संयोजक मदन शाहले सम्मेलनपछि फर्केर जाँदा प्रादेशिक स्तरमा गर्नुपर्ने कार्यका बारेमा फेरि स्मरण गराउनुभएको थियो । बन्द सत्रमा सदस्यहरूको सहमतिबाट सदस्यहरूलाइ विभिन्न विभाग र सेवा कार्यका जिम्मेवारी तोकिएको थियो र पछि सोको घोषणा गरिएको थियो।

अन्त्यमा, डेभिड किङले नेपालको लागि विशेष प्रार्थना, म्यापिङ प्रेयरमा अगुवाइ गर्नुभयो जसमा नेपालको विशाल नक्शालाइ बिचमा राखी वरिपरि रहेर हात फैलाइ, घुँडा टेकी विलाप गर्दै यो देशमा सम्वृद्ध, विकाश र सुशासन तथा पूर्ण उद्धारका लागि सबैले गम्भिर प्रार्थना गरेका थिए भने सम्मेलनमा लागेको खर्चका लागि अपूग रकम संकलनका लागि भेटी समेत दिन सकिने व्यवस्था गरिएको थियो ।
स्मरण रहोस्, उक्त सम्मेल एकैपटक स्वयंसवकहरूको समेत सहभागित गरी अन्तराष्ट्रिय सम्मेलनको रूपमा अायोजना गरिएको थियो, जुन अाफैँमा एक रोचक, उत्साहप्नद तथा प्रभावकारी र हरेक पक्षमा मितव्ययी समेत रहन पुग्यो ।

  • Bidur Adhikari

Related Articles

Back to top button