युवा जागृति सम्मेलन सम्पन्न

१ बैशाख २०१८

नेपाली ख्रीष्टियन युवा मञ्चको आयोजनामा बैशाख १ गते, नयाँ वर्ष २०७५ सालको अवसर पारेर उपत्यकामा भब्य युवा जागृति सम्मेलन सम्पन्न भएको छ । ५ महिना अघि युवा एक्रिकृत भई कमल अधिकारीको नेतृत्वमा युवा मञ्च गठन भएको हो । सो मञ्चले राष्ट्रियस्तरको सम्मेलनमा शुरुको प्रार्थना पा. रोहित ढकालले गर्नुभएको थियो भने स्तुतिप्रशंसामा गायक राजेश राईले अगुवाई गर्नुभएको थियो । गायक राईले गर्भ पतनको बारेमा आमा… बोलको गीतले धेरैको आँखा रसाएको थियो ।
गायिका सविना सुनुवारले हे युवा…. गीत गाएर सबैलाई उत्साहित पार्नुभएको थियो । सो कार्यक्रम कुमार अब्राहामले संचालन गर्नुभएको थियो ।
उपाध्यक्ष समय कुमारले युवा मञ्चको बारेमा बोल्दै युवाहरु मण्डलीका खम्बाहरु हुन भन्दै युवाहरुलाई उत्साह दिनुभएको थियो ।

विनिता मगरले नृत्य प्रस्तुति दिनुभएको थियो । यस्तै मोर प्रेयर मोर पावर ग्रुपले आफ्नो दमदार प्रस्तुति पस्कनु भएको थियो साथै विवोइङ डान्स ग्रुपको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो ।

डा. पा. मंगलमान महर्जनले परमेश्वरको वचनबाट सिकाउनु भएको थियो । युवाहरुले कसरी विश्वासलाई विभिन्न क्षेत्रमा जोगाउने विषयमा सरल प्रकारले सिकाउनु भएको थियो । यस्तै चर्चित गायीका अन्जु पन्तले आफ्नो व्यस्तताको कारणले प्रतिनिधिको रुपमा उहाँको छोरी परितोसिका पन्तलाई शुभकामना दिनको लागि पठाउनु भएको थियो ।

सह–अध्यक्ष भुवन देवकोटाले युवाहरु ७ क्षेत्रमा कसरी कार्य गर्नु पर्दछ भन्ने बारेमा सरल प्रकारले सिकाउनु भएको थियो । हामी येशूका अनुयायी युवाहरु कसरी नून र ज्योति बन्ने भन्ने बारेमा विभिन्न ७ क्षेत्र अन्तगर्त व्यापार, प्रशासन, संचार, कला–साहित्य, शिक्षा, परिवार र धर्मको बारेमा विस्तृत रुपमा सिकाउनु भएको थियो ।

युवा मञ्चका महासचिव तुलसी श्रेष्ठले बक्ता मंगलमान महर्जनलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा १ सयभन्दा वढी चर्चहरुबाट ५ सयभन्दा वढीको सहभागिता रहेको थियो ।

अन्तमा विश्वास थापाले धन्यवाद दिइ सो कार्यक्रम सम्पन्न भएको थियो ।

युवा मञ्चले उपत्यकाव्यापी हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु गर्दै जानकारी प्राप्त भएको छ ।

Related Articles

Back to top button