एकपटक हेर्ने पर्ने जीवन रायमाझीको डकुमेन्ट्री चलचित्र प्रदर्शन

ललितपुरलाई आफ्नो अड्डा बनाएर गुन्डा गर्दी गर्ने जीवन रायमाझी आजभोली प्रेम र शान्ति लागेका छन् । त्यो प्रेम र शान्ति येशूबाट प्राप्त गरेको गवाही दिन कुनै पनि कसुर राख्दैन ।

हिजो, भनिमण्डलस्थित वेभ होटलमा एक पत्रकार भेटघाटको आफ्नो जीवनको यात्रा चलचित्र देखाइएको थियो । सो चलचित्रमा कसरी उनी जेलमा पुगे, जेलमा जस्तो अवस्थामा थिए । परमेश्वरको वचन सुनेपछि कसरी परिवर्तन भए । जेलमा रहदा कसरी पवित्र विवाह गरे । परमेश्वर र सरकारको निगाह पाई २० वर्षको सजाय १० वर्षमै कसरी बाहिर निस्कन सफल भए सो घटनाहरुलाई उनको टिमले भिडियोमा समेटेर चलचित्र निर्माण गर्न सफल भएको छ ।
सो कार्यक्रमलाई कुमार अब्राहमले संचालन गर्नुभएको थियो भने पा. मंगलमान महर्जनले क्लिक गरि उदघाटन गर्नुभएको थियो । शुरुको प्रार्थना उद्धव चिमोरियाले गर्नुभएको थियो ।
जीवन रायमाझीले आफ्नो अनुभवहरु पनि बाड्नु भएको थियो । परमेश्वरको प्रेमले देशमा सामाजिक क्षेत्रबाट योगदान दिने बताउनु भयो । विशेष गरि बेचिएका दिदीबहिनी र शोषित दिदीबहिनीको बीचमा कार्य गरिएको बताउनु भयो । यस्ता कार्यलाई सहायता गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ । सो चलचित्रका निर्देशक जमन विष्टले आफ्नो अनुभव उपस्थित मिडियाकर्मी र उपस्थित दर्शनहरुलाई बाँड्नु भएको थियो ।

 

Related Articles

Back to top button