विभिन्न सञ्चारका माध्यमहरुमा धर्म परिवर्तनका विषयमा धेरै टीका टिप्पणी

यी दिनहरुमा विभिन्न सञ्चारका माध्यमहरुमा धर्म परिवर्तनका विषयमा धेरै टीका टिप्पणी भएका छन् । धर्म एक आस्था भएको हुनाले कसले यस बारेमा बताउन सक्छ र स्वीकार गर्न सक्छ भन्ने बारेको तर्क नै न्यायसंगत छैन । यो कुनै पनि अन्य आस्थाजस्तै भएको हुनाले यस विषयमा बताउने र यसलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने कुरा व्यक्तगत निर्णय हो । धर्म परिवर्तन गर्न पाउने वा नपाउने भन्ने विषय ऐतिहासिक रूपमा हेर्दा स्पष्ट छ । हिन्दू धर्मको कर्मकाण्डको विधि शुरू हुनुभन्दा पहिले यसका अनुयायीहरू सबै प्रकृति पूजकहरू थिए । त्यसपछि प्रकृति पूजन धर्मका व्यक्तिहरूलाई नै कर्मकाण्ड र जुनी र कर्मजस्ता विषयहरू सिकाइयो र यो हिन्दू वा सनातन धर्मका रूपमा स्थापित भयो । यस हिन्दू धर्मको विरूद्धमा जैन धर्म र बौद्ध धर्म शुरू भएका थिए भन्ने इतिहासलाई बिर्सनुहुन्न । हिन्दूहरु नै जैन मार्गीहरू र बौद्ध मार्गीहरू बनेका थिए । यहाँ पनि धर्म परिवर्तन गर्ने अभ्यास भएको पाइन्छ । विश्वका अरू स्थानहरुमा पनि मानिसहरूले आफ्ना धार्मिक आस्थालाई परिवर्तन गरेका छन् जुन आस्थाले उनीहरूका आत्मिक लगायत अन्य क्षेत्रहरुमा सकारात्मक प्रभाव पारेको हुन्छ र यसो गर्ने सक्ने नैसर्गिक अधिकार प्रत्येक मानवका लागि छ र हुनुपर्छ । नेपालमा मल्ल राजाहरू र पृथ्वी नारायण शाहले ख्रीष्टियानहरूलाई स्थान दिएका थिए । कारणवस असमझदारीका कारण पृथ्वी नारायण शाहले नेपाली ख्रीष्टियानहरूलाई देश निकाला गरे पनि त्यसपछि पनि रण वहादुर शाह र बहादुर शाहले ख्रीष्टियान क्रियाकलापलाई स्थान दिएका थिए । अंग्रेजहरुका कठपुतली राणाहरुले नै नेपालमा ख्रीष्टियान क्रियाकलापहरूलाई पूर्ण रुपमा बन्देज गरेका थिए । वास्तवमा जसले जे भने पनि इस्ट इण्डिया कम्पनीको नीति भनेको ख्रीष्टियान क्रियाकलापमा बन्देज लगाउनु हो र राणाहरूले उनीहरुको निर्देशनलाई पालना गरेका थिए । राणा शासनको बेलामा नेपालमा ख्रीष्टियान क्रियाकलापमा पूर्ण बन्देज लगाइयो । बि स २००७ पछि नेपालमा ख्रीष्टियान विश्वासले प्रवेश पायो र राजा महेन्द्रले पञ्चायत शासन शुरू गर्नुभन्दा पहिले २००७ देखि २०१७ सम्म नेपाल एक अघोषित धर्म निरपेक्ष देश थियो भन्ने कुरालाई हामीले हेक्का राख्नुपर्छ । नेपालका राजनेताहरूले बुझ्नुपर्ने एक यथार्थचाहिँ राणा काल र पञ्चायत कालमा पनि उनीहरुका आस्थामाथि बन्देज लगाइएको थियो । बिस २०४६ मा पञ्चायतको पतन भएपछि राजनीतिक नेताहरुले आस्थाका बन्दीका रूपमा उनीहरूमाथि गरिएको अत्याचारबाट छुटकारा पाए र अहिले आफ्नाो राजनीतिक आस्थाको स्वतन्त्रता पूर्वक अभ्यास गरिरेहा छन् । बिस २०४६ मा ख्रीष्टियान आस्थामाथि लगाइएको बन्देज पनि खारेज भयो र आस्थाको सम्मान भयो । आज फेरि संविधान सभाबाट निर्माण भएको संविधानले यसको मूल मर्मलाई बेवस्ता गरी विभिन्न कानूनहरु निर्माण गरिरहेको छ सो आस्थाको अभ्यासको विपरीत छ । कुनै पनि धर्मालम्बीले आफ्नो धार्मिक आस्थाको प्रचार प्रसार गर्न पाउनुको साथसाथै आफ्नो धार्मिक आस्थालाई एकबाट अर्कोमा परिवर्तन गर्न पाउने अधिकार मानवको नैसर्गिक अधिकार हो भन्ने कुरालाई सबैले हेक्का राख्नुपर्छ । देशका शासकहरुले राम्रोसँग बुद्धि पुर्याउनु आवश्यक छ । मानिसहरूले आज विश्वभरि किन येशूलाई विश्वास गरिरहेका छन् भन्ने कुरालाई पनि ख्रीष्टियानहरुको विरोध गर्नेहरुले बुझ्नुपर्छ । येशूमाथि विश्वास गर्नेहरुले नयाँ जीवन पाएका छन् जीवनको उद्देश्य प्राप्त गरेका छन् । उनीहरूले किन येशूमाथि विश्वास गरे भन्ने कुरा ख्रीष्टियानहरुलाई सोध्नुपर्छ । अन्दाजमा उनीहरुका बारेमा बोल्नुुहुँदैन । येशूमा विश्वास गर्नेहरुले उहाँले दिनुहुने विजयका लागि उहाँमाथि भरोसा राख्नुपर्छ र हाम्रो प्रार्थना र प्रेमले विरोध गर्ने मानिसहरुको ह्रदय र जीवन परिवर्तन हुनेछ । यो देशको सेवा र मानिसहरुको जीवन परिवर्तन लागि ख्रीष्टियानरुले प्रार्थना र कार्य गरिरहेका छन् र यो देश समृद्ध होस् भन्ने प्रार्थनाको सुनुवाइ हुनेछ । परमेश्वरले येशूमा सबैलाई आशिर्वाद दिनुभएको होस ।

Related Articles

Back to top button